धादिङ, चैत्र-१३ अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ। दुर्घटनामा तीन महिला र एक पुरुषको मृत्यु भएको हो। मृत्यु हुने चरै जनाको पहिचान भएको छ । मृत्यु हुनेहरूमा बुटवल उपमहानगरपालिका–८ की ५५ वर्षीया जमुना वस्याल, नवलपरासी पश्चिम भुमहीकी ४५ वर्षीया उमा न्यौपाने, न्यौपानेकी ६५ वर्षीया सासु आमा (नाम नखुलेको) र पश्चिम बर्दघाटका ५० वर्षीय बस चालक मदन कुमार विक रहेका छन्। शितगंगा नगरपालिका–२, भुवनपाटामा मंगलबार भएको दुर्घटनामा २७ जना घाइते भएका थिए। इलाका प्रहरी कार्यालय ठाडाका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। दुर्घटनामा परेको लु २ ख…
Category: Trends
नवनियुक्त कार्यकारी निर्देशक शाक्य पनि सर्वोच्च अदालतमा
धादिङ,चैत्र-१३ नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि निवेदन लिएर सर्वोच्च अदालत पुग्नुभएको छ। उहाँको यसअघिको कार्यकालको सेवा सुविधाका विषयमा निवेदन लिएर सर्वोच्च पुग्नुभएको हो। उहाँको निवेदन ढिलो पेश भएकाले अध्ययन भैनसकेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। बिहीबार निवेदनबारे अध्ययनपछि दर्ता हुने बताइएको छ। शाक्यलाई यसअघिको सरकारले कार्यकारी निर्देशकको पदबाट हटाएर कुलमान घिसिङलाई नियुक्त गरेको थियो।
बर्खास्ती पछि घिसिङ सर्वोच्च अदालतमा
धादिङ,चैत्र-१३ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुग्नुभएको छ । बुधबार अपराह्नमा घिसिङको तर्फबाट लोकमणि पोखरेलले रिट लिएर सर्वोच्च पुग्नुभएको हो । उहाँले नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरणलाई विपक्ष बनाउनुभएको छ । उहाँको रिट भने दर्ता हुन बाँकी छ। बुधबार रिट ढिला आएकोले दर्ता नभएको अदालतले जनाएको छ। बिहीबार रिटको बारेमा हेरिने बताइएको छ।
दक्षिण कोरियाको जंगलमा लागेको आगोमा ऐतिहासिक बौद्ध मन्दिर जलेको छ
धादिङ,चैत्र-१३ दक्षिण कोरियाको जंगलमा लागेको आगोमा ऐतिहासिक बौद्ध मन्दिर जलेको छ । राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपूर्वको उइसोङको पहाडको जङ्गलमा गत शुक्रबारदेखि आगो डढेलो लागेको थियो । डढेलोले त्यहाँ निकै बिनाश गरिरहेको छ । उइसोङ शहरमा लागेको आगोले ६१८ ईस्वीमा निर्मित बैद्ध मन्दिर गौन्सालाई जलाएको छ । जुन उइसोङ प्रान्तको सबैभन्दा ठूलो मन्दिरहरू मध्ये एक थियो । यससँगै धेरै सम्पदा, सांस्कृतिक स्थलहरू आगलागीबाट प्रभावित भएका छन्। डढेलोले १८ जनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् भने र हजारौंलाई सुरक्षित स्थानमा सारिएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूले ऐतिहासिक…
यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरु: प्रधानमन्त्री ओली
धादिङ,चैत्र-१३ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलहरूलाई उत्ताउलो नहुन आग्रह गर्नूभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा बुधबार आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले विपक्षीलाई जथाभावी नबोल्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो “यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरु। प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस्। आखिर तपाईँहरु चिसै पानीले नुहाउनुपर्छ। हामी न मात्तिछौँ। न आत्तिन्छौँ। धैर्यपूवर्क अगाडि बढ्छौँ।” प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गर्दै प्रधानमन्त्रीले जवाफ दिइरहनुनपर्ने बताउनु भयो। “प्रधानमन्त्रीले जवाफ दिइसक्यो। एउटा हटायो, अर्काे नियुक्ति गर्यो।…
एसईई दिएर घर फर्केकी एक किशोरीद्वारा आत्महत्या
धादिङ, चैत्र-१३, बझाङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्केकी एक किशोरीले आत्महत्या गरेकी छन् । जिल्लाको केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पूर्ण मल्लकी १७ वर्षीया छोरी आकांक्षा मल्लले मंगलबार बेलुका आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार मल्ल मंगलबार अनिर्वाय विज्ञान विषयको परीक्षा दिएर घर फर्केकी थिइन् । ‘बिहान परीक्षा दिएर फर्केकी उनी बेलुका झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्,’ डीएसपी भण्डारीले भन्नुभयो, ‘सुसाइट नोट पनि फेल परेको छ । त्यसमा अरु कसैको कारणले नभई आफ्नै कारणले आत्महत्या रोजेको…
पश्चिम नवलपरासीको बर्दघाटमा स्कुलबस र यात्रुवाहक बस एक–आपसमा ठोकियो
धादिङ, चैत्र-१३ पश्चिम नवलपरासीको बर्दघाटमा स्कुलबस र यात्रुवाहक बस एक–आपसमा ठक्कर खाँदा २० जना घाइते भएका छन्। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ र ४ को सिमानामा पर्ने चिसापानी सामुदायिक अस्पतालअगाडि भएको दुर्घटनामा १४ विद्यार्थी र ६ अन्य यात्रु घाइते भएको स्थानीयले बताएका छन् । नवलपरासी सुस्ता गाउँपालिकाका प्राविधिक वीरेन्द्र मण्डल चढेको बा.२ब ६५४९ नम्बरको मोटरसाइकलले अचानक सडक पार गरेपछि सुर्खेतबाट पोखरातर्फ जाँदै गरेको ग.२ख १५७४ नम्बरको बसले उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकललाई ठक्कर दिएको उक्त यात्रुवाहक बस अनियन्त्रित भई सडकमा रोकेर विद्यार्थी चढाउँदै गरेको बर्दघाट नगरपालिका– १२ भुताहाको ग्लोबल एकेडेमीको लु.१ख…
पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई ११ रनले हरायो
धादिङ, चैत्र-१३, पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई ११ रनले पराजित गरेको छ। नयाँ कप्तान श्रेयस अय्यरको साथ आईपीएलमा प्रवेश गरेको पञ्जाबले ५ विकेट गुमाउँदै २४३ रन बनाएको थियो। जवाफमा गुजरातले पनि २३२ रन बनायो तर यो स्कोर जितको लागि पर्याप्त भएन। गुजरातले मंगलबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा बलिङ गर्ने निर्णय गरेको थियो। पञ्जाबका लागि श्रेयसले अविजित ९७ रन बनाए भने शशांक सिंहले ४४ र प्रियांश आर्यले ४७ रन बनाए। गुजरातका साई किशोरले ३ विकेट लिए। साई सुदर्शनले ७४, जोस बटलरले ५४, शेरफान रदरफोर्डले ४६ र कप्तान शुभमन गिलले ३३ रन बनाए।…
कुलमान घिसिङलाई पदबाट हटाएको बिरोधमा धादिङमा मसाल जुलुस
धादिङ, चैत्र-१३ नेपाल बिद्युत प्राधिकरणका निबर्तमान निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको बिरोधमा मंगलवार धादिङमा मसाल जुलुस निकालिएको छ। सरकारले अपमानित ढंगले जनताको साहरा बनेका कर्मचारिलाई हटाएकोले पुर्नवहालिको माग गर्दै जुलुस निकालिएको हो । मंगलबार धादिङ जिल्ला सदरमुकाममा अखिल क्रान्तिकारि, वाई.सि.एल. धादिङ र तामाङमुक्ति मोर्चा द्वारा संयुक्त रुपमा मसाल जुलुस निकालेको हो । जुलुस पस्चात कोण सभालाई सम्बोधन गर्दै निलकण्ठ नगर कमिटीका अध्यक्ष अमृत तामाङले सरकारले जनताका हितमा काम गरिरहेका ब्यक्तिलाई बिचौलियाको निर्देशन र आर्थिक लोभमा हटाइएको बताउनु भएको थियो । सोमवार मन्त्रि परिष्द्को बैठक बसेर घिसिङलाई हटाउने निर्णय भएको थियो…
अखिल क्रान्तिकारीद्वारा बागबजारमा राँके जुलुस प्रदर्शन
माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार साँझ बागबजारमा राँके जुलुस निकालेको छ । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको भन्दै अखिल क्रान्तिकारीले तत्काल पदमा फर्काउन माग गर्दै राँके जुलुस निकालेको हो । उनीहरूले राँके जुलुससँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाएका हुन् । प्रधानमन्त्री ओलीको पुत्ला जलाउन लाग्दा प्रहरीले विद्यार्थीहरूबाट मसाल खोसेको थियो । विद्यार्थीहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई पदबाट हटाउने निर्णय गरेपछि देशभर सरकार विरोधि आन्दोलन भइरहेको छ ।
