धादिङ,चैत्र-१३
नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि निवेदन लिएर सर्वोच्च अदालत पुग्नुभएको छ।
उहाँको यसअघिको कार्यकालको सेवा सुविधाका विषयमा निवेदन लिएर सर्वोच्च पुग्नुभएको हो।
उहाँको निवेदन ढिलो पेश भएकाले अध्ययन भैनसकेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। बिहीबार निवेदनबारे अध्ययनपछि दर्ता हुने बताइएको छ।
शाक्यलाई यसअघिको सरकारले कार्यकारी निर्देशकको पदबाट हटाएर कुलमान घिसिङलाई नियुक्त गरेको थियो।
