धादिङ २५ माघ धादिङको थाक्रे गाउँपालिका स्थित पृथ्वी राजमार्गको १० किला नजिक दुई वटा बस एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ। दाङबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश नं. ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट रसुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२०८ नम्बरको बस आपसमा ठोक्किएर सडक छेउमा रहेको एक घरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ठोक्किएको घरभित्र रहेका एक जना गम्भीर घाइते भएका छन्। घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनापछि केही समय पृथ्वी…
Category: स्वास्थ्य
चुनौती र सम्भावनाको दोबाटोमा नेपाली क्रिकेट
नेपाली क्रिकेट टोलीले T20 विश्वकप 2026 लाई लक्ष्य गर्दै आफ्नो तयारीलाई क्रमशः तीव्र बनाउँदै लगेको छ। पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय T20 क्रिकेटमा देखाएको प्रदर्शनका कारण नेपाललाई अब केवल सहभागिता जनाउने टोलीका रूपमा मात्र होइन, प्रतिस्पर्धी टिमका रूपमा समेत हेरिन थालिएको छ। युवा कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीमा अनुभव र नयाँ जोशको सन्तुलित मिश्रण देखिन्छ। दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा जस्ता अलराउन्डरहरूको उपस्थितिले नेपाललाई छोटो फर्म्याटमा लचिलो र खतरनाक बनाएको छ। विशेषगरी दबाबको क्षणमा खेल पल्टाउने क्षमताका कारण यी खेलाडीहरू टोलीका मुख्य आधार बनेका छन्। नेपालको बलियो पक्षका रूपमा…
वडा अध्यक्षद्वारा थाक्रे गाउँपालिका को स्वास्थ्य शाखामा तालाबन्दी
पौष ३० धादिङ धादिङको थाक्रे गाउँपालिकाअन्तर्गत वडा नम्बर ६ स्थित महादेवबेसी स्वास्थ्य चौकीमा लामो समयदेखि आवश्यक नर्सिङ कर्मचारी नपठाइएपछि वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष हीरा बहादुर थापा (राजेन्द्र) ले गाउँपालिका को स्वास्थ्य शाखामा तालाबन्दी गरेका छन्। विगतका वर्षहरूमा वार्षिक ७० देखि ८० जनासम्म सुत्केरी हुने उक्त स्वास्थ्य चौकीमा नर्सिङ कर्मचारीको अभावका कारण प्रसूति सेवा (बर्थिङ सेवा) गम्भीर रूपमा प्रभावित भएको जनाइएको छ। पटक–पटक सुत्केरी सेवा सञ्चालनका लागि कर्मचारी माग गर्दा पनि स्वास्थ्य शाखाले आवश्यक जनशक्ति नपठाउँदा सेवा पूर्ण रूपमा अवरुद्ध भएको र यसबाट विशेषगरी गर्भवती तथा सुत्केरी…
AI प्रयोग बढ्दै जाँदा मानव सोचको क्षमतामाथि प्रश्न
आजको डिजिटल युगमा कृत्रिम बुद्धिमत्ता AI को प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। लेखन, अध्ययन, अनुसन्धानदेखि दैनिक निर्णयसम्म AI को पहुँच फैलिँदै जाँदा यसले मानिसको सोच्ने क्षमतामा कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयमा बहस सुरु भएको छ। प्रविधि विज्ञहरूका अनुसार AI आफैंले मानिसको सोच्ने शक्ति घटाउने होइन। तर सोचविचार नगरी AI मा पूर्ण रूपमा निर्भर हुँदा मानिसको विश्लेषणात्मक क्षमता कमजोर हुन सक्ने उनीहरूको भनाइ छ। कुनै प्रश्न वा समस्याको समाधान तुरुन्तै AI बाट खोज्ने बानीले आफैं सोच्ने अभ्यास घट्दै गएको देखिन्छ। विशेषज्ञहरू भन्छन्, सजिलो समाधानमा अभ्यस्त हुँदा मानिसले गल्ती गरेर…
धादिङको त्रिपुरा सुन्दरीमा छोराद्वारा आमाको हत्या
धादिङ, २०– असोजधादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५, थापाकठेरीमा गएराति एक जनाले आफ्नै आमाको हत्या गरेका छन्। ३० वर्षीय यमबहादुर कँडेलले धारिलो हतियार प्रयोग गरी ६३ वर्षीया आमा राममाया कँडेलको निर्मम हत्या गरेका हुन्। घटनास्थलमै पुगेका प्रहरीका अनुसार यमबहादुरले आमामाथि धारिलो हतियार प्रहार गरी शरीर टुक्रा हुनेगरी हत्या गरेका थिए। हत्या पछि घटनास्थलमै उपस्थित प्रहरी टोलीले उनलाई आत्मसमर्पण गर्न आग्रह गरेको र उनले आफ्नै हातमा रहेको हतियार भुइँमा राखेर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घटनापछि सल्यानकोट प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई पक्राउ गरी आइतबार राति नै जिल्ला प्रहरी कार्यालय धादिङ…
वाइसियल गजुरी गाउँ समितिद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ३३ जनाले गरे रक्तदान
धादिङ, १२—साउन वाइसियल गजुरीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी धादिङको प्राविधिक सहयोगमा गजुरी गाउँपालिका वडा नं. ७ स्थित सहिद शान्ति पार्कमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाजमा रगतको अभावलाई केही हदसम्म पुरा गर्ने उद्देश्यले आयोजित कार्यक्रममा एक महिला र ३२ पुरुष गरी जम्मा ३३ जना स्वयंसेवकले रक्तदान गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले रक्तदाता युवाहरूलाई प्रमाणपत्र प्रदान गर्दै यस्ता सामाजिक कार्यमा सबैको सक्रियता आवश्यक रहेको बताए । उनले स्थानीय तथा युवाको उत्साहजनक सहभागिताले कार्यक्रम थप सफल बनेको धारणा राखे । वाइसियल गजुरी गाउँ…
देशभर मनसुन सक्रिय, भारी वर्षाको सम्भावना
धादिङ, ९–असार देशभर मनसुन प्रणाली सक्रिय रहेकाले अधिकांश स्थानहरूमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिनसम्म देशका विभिन्न भागहरूमा हल्कादेखि मध्यम तथा केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ। विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ। साथै केही स्थानहरूमा चट्याङ, हावाहुरीसहितको वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। धादिङबेशिमा हाल बर्षा भइरहेको छ । अधिकतम तापक्रम २८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ भने न्यूनतम तापक्रम २० डिग्रीको आसपास रहनेछ। मौसम विभागले दिएको बाढी, पहिरो…
वृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
धादिङ १५ जेष्ठ गणतन्त्र दिवस मूल समारोह समितिको आयोजना र नेपाल रेडक्रस सोसाइटी धादिङको सहकार्यमा आयोजित वृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ३२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति दुर्लभ तामाङले बताउनु भयो । सभापति तामाङका अनुसार रक्तदान कार्यक्रममा ८ जना महिला र २४ जना पुरुषले स्वेच्छिक रूपमा रक्तदान गरेका हुन् । उहाँले रक्तदानजस्तो महान् मानव सेवा कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
ससाहमा बालिकालाई ठक्कर दिई फरार भएका मोटरसाईकल चालक बालाजुबाट पक्राउ
धादिङ बैशाख-५धादिङ को नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा बालिकालाई ठक्कर दिई फरार भएका मोटरसाईकल चालक बालाजुबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर २ नलाङका खेमलाल श्रेष्ठ रहेका छन् । फरार भएका श्रेष्ठलाई काठमाण्डौंको बालाजुबाट बा ७७ प ३३९१ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो । सोमबार बिहान घरबाट स्कुल जाँदै गरेकी ससाह ज्यामिरे निवासी सात वर्षिय दिपिका वि.क मोटरसाईकलको ठक्करबाट सडकमा लडिरहेको अवस्थामा स्थानियले फेला पारेका थिए । घाइते बालिकालाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि…
धादिङमा एक वृद्धमाथि खुकुरी प्रहार, घाईतेको अवस्था अवस्था गम्भिर
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर -९मा एक वृद्धमाथि खुकुरी प्रहार भएको छ । धादिङको नीलकण्ठ नगरपालिका–९ नियालपानीका ८८ वर्षीय जगनाथ लम्सालमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले बताउनुभयो । जगनाथ लम्साल माथि सोही ठाउँ बस्ने करिब ६२ वर्षीय बाबुकाजी लम्सालले खुकुरी प्रहार गरेको प्रहरी निरीक्षक सिलवालले जानकारी दिनुभयो । अनुहारमा चोट लागेका लम्साललाई उपचारका लागि जिल्ला अस्पताल धादिङबेंसी लगिएको थियो । तर अवस्था गम्भीर बनेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको छ । खुकुरी प्रहार गर्ने व्यक्ति बाबुकाजीलाई नियन्त्रणमा लिएर घटनाबारे…
