धादिङ १९ माघ नेत्रावती डब्जोङ गाउँपालिकामा प्रथम ऐतिहासिक डब्जोङ दरबार मेला–२०८२ तथा २८६२औँ सोनाम ल्होसार (त ल्हो) को अवसरमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शनिबार नेत्रावती डब्जोङ स्थित सेमजोङ मा सम्पन्न कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाल सरकारका आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री दिलमान पाख्रिन सहभागी रहेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष मेगनाथ रिजाल , उपाध्यक्ष सितामया चोदेन , वडा नं ३ का अधक्ष्य सुरेश वाइबा लगायतको विशेष आतिथ्यता रहेको थियो । डब्जोङ दरबार संरक्षण तथा प्रवद्र्धन समितिका अध्यक्ष टीकाराम वाइबाको सभापतित्वमा सम्पन्न कार्यक्रम धनबहादुर तामाङले सञ्चालन गरेका…
Category: मनोरञ्जन
मनोरञ्जन
वेनीघाट वाइसीएलद्वारा तिहार विशेष उपहार कार्यक्रम सम्पन्न
धादिङ, ०२-कात्तिक तिहारको अवसरमा वेनीघाट रोराङ गाउँपालिका वाइसीएल धादिङद्वारा आयोजित तिहार विशेष शुभकामना तथा उपहार कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सामुदायिक एकता, सांस्कृतिक संरक्षण र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यका साथ वेनीघाट रोराङ गाउँपालिका–७ घार्टीमा आयोजना गरिएको कार्यक्रममा उत्साहपूर्ण सहभागिता देखिएको थियो। कार्यक्रमका प्रमुख अतिथि वेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) रहेका थिए। कार्यक्रममा वाइसीएल वेनीघाट रोराङ अध्यक्ष रामसरन बराम, वाइसीएल धादिङ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष राजन लामा, वाइसीएल धादिङ सचिव सन्तोष रेग्मी लगायत स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मनोरञ्जनात्मक सांस्कृतिक…
तीज संस्कृतिलाई विकृति बनाउँदै नेपाली समाज
तीज –केवल एउटा पर्व होइन, यो नेपाली महिलाको मनको गहिराइमा बस्ने भावना हो । शिव–पार्वतीको अटल प्रेम र त्यागको सम्झनामा गरिने यो व्रत, अतीतदेखि वर्तमानसम्म, महिलाको आस्था, श्रद्धा र स्नेहको अद्भुत प्रतीक रहँदै आएको छ। बिहानको शुद्ध स्नान, रातो सारीमा सजिएकी आमा–दिदी–बहिनीहरूको रमाइलो भीड, आँगनमा गाइने भक्ति–गीत र पूजाको शान्त वातावरण–यी सबैले तीजलाई एउटा आध्यात्मिक सौन्दर्य दिन्थे । तर आज त्यो सौन्दर्य धुमिल बन्दै छ। तीजको नाममा हुने होहल्ला, भड्किला गीत, फेशन प्रदर्शन र महँगो भोज–भतेरले त्यो पवित्र भावनालाई क्रमशः विस्थापित गर्दैछन्। पहिले जहाँ भक्ति र संकल्पको स्वर गुञ्जिन्थ्यो, अहिले…
साहित्यकार सौगात रिजालका गजलहरु
एकोहोरो मायामा नहोउ तल्लिन घर बिग्रन्छ । अप्ठ्यारो पर्छ ,आगामी दिन घर बिग्रन्छ ।। तिमी पो एक्ली छौ अप्ठ्यारो क्यै नहोला । मेरो श्रीमती छिन् छोरी छिन् घर बिग्रन्छ।। आफ्नै श्रीमती लाई भान्छे र धोबि सम्झेर । श्रीमान बन्दा ज्यादा सौखिन घर बिग्रन्छ ।। छोरो विदेशमा छ बुहारीको निको चाला छैन । बाबू आइजो बुहारी अन्त जालिन घर बिग्रन्छ ।। बा भन्नुहुन्छ छोरा दुख पाउलास् पछुताउलास् । बुहारीलाई नदेखा “यत्तिका रिन घर बिग्रन्छ ।। बा हेर्नुस् त हजुरको हातमा ठेला खुट्टामा खत छ । हुनदेउ छोरा हामी किसानीको यहि त…
गलौदी खेलमैदानमा “तेस्रो धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव-२०८१” हुने
गजुरी गाउँपालिका-५, गलौदी खेलमैदानमा “तेस्रो धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार महोत्सव-२०८१” हुने भएको छ। यहि चैत १४ गते देखि २४ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव जिल्ला होटल संघ धादिङको आयोजनामा हुने छ भने महोत्सवको संरक्षक गजुरी गाउँपालिकाको कार्यालय रहनेछ। गजुरी गाउँपालिका भित्रका विभिन्न संघसंस्था,आमा समुह, युवा क्लब, लगायतको उपस्थितमा झाकी र्याली सहित कार्यक्रम उद्घाटन गरिने कार्यक्रमका ब्यबस्थापक भरत बराकोटीले जानकारी दिनुभयो । महोत्सवमा रैथाने खानाका परिकारहरू, कृषि उत्पादन, घरेलु तथा हस्तकला प्रवर्द्धनका गतिविधिहरू, मनोरञ्जन पार्क, सस्तो बजार र खाना पकाउने प्रतियोगिता प्रमुख आकर्षण हुनेछन् । साथै,परम्परागत बाजा प्रदर्शन…
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । गाउँपालिकाले सुचना जारी गर्दै गाउँपालिका अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आ.व.२०८१ /०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला शसक्तिकरणमा स्थानीय सरकारको भूमिका शिर्षकमा आधारित रहेर वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । यहि फागुन २४ गते गाउँपालिकाको सभाहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा भाग लिने आमा तथा महिला समुहहरुले महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा सम्पर्क गर्न गाउँपालिकाले सुचना मार्फत जानकारी दिएको छ । गाउँपालिकाले…
धादिङमा बागमती प्रदेश स्तरीय पहिलो साहित्य महोत्सव सुरु
धादिङमा बागमती प्रदेश स्तरीय पहिलो साहित्य महोत्सव सुरु भएको छ । शुक्रबार बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीको अध्यक्षतामा सुरु भएको उक्त महोत्सवको बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले उद्घाटन गर्नुभएको हो । बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना र नीलकण्ठ प्रज्ञा प्रतिष्ठान र नीलकण्ठ नगरपालिका सहआयोजना तथा स्थानीय स्तरका सामाजिक संघसंस्थाहरुको सहजीकरणमा दुई दिने बागमति प्रदेश स्तरीय साहित्य महोत्सबको शुक्रबार उद्घाटन गरिएको हो । महोत्सवको उद्धघाटन समारोहलाई सम्बोधन गर्नुहुदै बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले साहित्य मानव समाजको ऐना भएकोले न्याय, चेतना परिवर्तन र…
सिर्जना प्रतिष्ठानको १४ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न
धादिङ सिर्जना प्रतिष्ठानको १४ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ । विहिबार सम्पन्न भएको उक्त अधिवेशनले काशिका अर्याल(सृजना) को अध्यक्षतामा १५ सदस्यिय नयां कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा नवराज सापकोटा, सचिवमा रोशन कोईराला(अविरल), सह–सचिवमा शिरिषा बस्नेत र कोषाध्यक्षमा प्रगती अर्याल चयन हुनुभएको छ । त्यसै गरि सदस्यहरुमा प्रविन घिमिरे, राम प्रसाद अर्याल, रोजिना ढकाल, प्रतिमा अर्याल, अञ्जना सिलवाल, शरण रेग्मी, गौरी ढुङ्गाना, प्रकाश सापकोटा, अमृत अधिकारी, र सम्झना नेपाल कोईराला चयन हुनुभएको छ । धादिङ सिर्जना प्रतिष्ठानको निवर्तमान अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा…
बागमती साहित्यिक महोत्सव–२०८१ को तयारी तीव्र
सदरमुकाम धादिङबेसीमा फागुन १६ र १७ गते हुने बागमती साहित्यिक महोत्सव–२०८१ को तयारी तीव्र पारिएको छ । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा हुने साहित्यिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले बताउनु भयो । “साहित्य, कला र संस्कृतिको प्रवर्धन, बागमती सभ्यताको सम्बर्धन” भन्ने मूल नारा सहित हुन लागेको बागमती साहित्य महोत्सवले सिंगो प्रदेशको साहित्यिक विकासमा उल्लेख्य योगदान पुग्ने अपेक्षा राखिएको पनि सचिव सुबेदीले बताउनु भयो । महोत्सव तयारीका क्रममा सञ्चालन हुने विभिन्न विधाका समूह छलफल, काव्य सन्ध्या, गजल साँझ र गजल प्रशिक्षणका लागि अतिथिहरुलाई निमन्त्रणा…
धादिङ लोक सांस्कृतिक महोत्सव २०८१ भव्यताका साथ सम्पन्न
धादिङ लोक सांस्कृतिक महोत्सव २०८१ आज समापन भएको छ।कार्यक्रमको क्रममा नीलकण्ठ नगरपालिका तथा नगरपालिका सङ्घका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भीमप्रसाद ढुङ्गानाले कार्यक्रमको समापन भएको घोषणा गर्नुभएको हो।माघको १० गतेबाट सुरु भएको लोक तथा सांस्कृतिक महोत्सव २० गतेसम्म सञ्चालन हुने भनिए तापनि दुई दिन थप गर्दै २२ गतेसम्म चलेको थियो।कार्यक्रममा विभिन्न लोक तथा दोहोरी गायक गायिका तथा नेपाली संगीत क्षेत्रका विभिन्न कलाकारहरूको बेजोड प्रस्तुतिका सँगै अन्तरपालिका स्तरीय लोक दोहोरी प्रतियोगिता समेत सम्पन्न भएको थियो।कार्यक्रमको समापन समारोहमा बोल्नुहुँदै अतिथि ढुंगानाले यी र यस्तै कार्यक्रमहरूले जनताहरूमा थप ऊर्जा र मनोरञ्जनको क्रियाकलापहरु थप…
