पिप्ले–हाँडिखोला पुल निर्माण प्रक्रिया सुरु, ३.२२ करोडको टेन्डर आह्वान

धादिङ,३–चैत्र, धादिङको नीलकण्ठ नगरपालिका वडा नं। ७ अन्तर्गत तल्लोवेसी लगायतका स्थानीय बासिन्दाको लामो समयदेखिको आवश्यकता पूरा हुने भएको छ। पिप्ले–हाँडिखोला (ओडारे ढल्केवर) मा पुल निर्माण प्रक्रिया अगाडि बढेसँगै अब निर्माण कार्य सुनिश्चित भएको छ। नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा को योजना माग सिफारिसमा बागमती प्रदेशका पुर्व मुख्यमन्त्री शालिकराम जमरकटेल प्रदेश सदस्य गोविन्द लम्सालको विशेष पहलपछि बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०८२/८३ का लागि उक्त पुल निर्माण योजना अघि बढाएको हो। ‘पिप्ले–हाँडिखोला पुल (ओडारे–ढल्केवर सहित) नीलकण्ठ–७’ शीर्षकमा सुरुमा विनियोजन गरिएको ५० लाख रुपैयाँ बजेटलाई बहुवर्षीय ठेक्का प्रक्रियामा लैजान स्रोत सुनिश्चित गरिएको छ।…

रफ्तार गाडीमै ‘दर्शन’—भक्तलाई स्वघोषित भगवानको झलक

धादिङ ।काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा प्रतिनिधि सभा उमेद्वार बालेन शाह धादिङमा गर्दा गाडी नरोकी अघि बढेका छन्। सडकछेउमा उभिएका समर्थक तथा स्थानीय नागरिकहरूका लागि उनको उपस्थिति रफ्तार गाडीमै सिमित रह्यो। गाडी रोकेर सर्वसाधारणसँग भेटघाट हुने अपेक्षा गरिए पनि शाहले त्यस्तो कुनै गतिविधि नगरेको स्थानीयको गुनासो छ । उनका समर्थकहरू बाटोछेउ उभिएर हात हल्लाउँदै अभिवादन गरिरहेका देखिए पनि उनि भने सुरक्षा घेरामै गाडीभित्रै अघि बढेका थिए । यस घटनापछि सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रतिक्रिया आएका छन् । केही प्रयोगकर्ताले ‘जनतासँग दूरी बढ्दै गएको’ टिप्पणी गरेका छन् भने केहीले व्यंग्यात्मक शैलीमा…

रामबहादुर भण्डारीको जित: धादिङ–२ मा न्याय र समावेशिताको आशा

आगामी प्रतिनिधि सभा निर्वाचनमा नेकपा तर्फका उम्मेदवार रामबहादुर भण्डारी ले जित हासिल गर्नु पर्नेमा स्थानीय जनता र समर्थकहरू आशावादी छन् । स्थानीय बृद्ध–बृद्धा, युवा र विभिन्न समुदायका प्रतिनिधिहरूले भन्छन्, “रामबहादुर भण्डारीले जीवत शहीदको अनुभव र बलिदान देखाएका छन् । उहाँको नेतृत्वमा धादिङमा अब न्याय, पारदर्शिता र समावेशिता सुनिश्चित हुन्छ । भण्डारीको राजनीतिक जीवन जनयुद्धकालीन संघर्ष र व्यक्तिगत बलिदानसँग जोडिएको छ । उनका परिवारका सदस्यहरूले जनयुद्धमा ठूलो बलिदान दिएका थिए, जसका कारण स्थानीय समुदायले उनलाई ‘जिउँदो शहिद’ को उपनाम दिएका छन् । मतदाताहरू भन्छन्, “उहाँको जितले मात्र धादिङ–२ का नागरिकले न्याय…

प्रयोग होइन, अनुभवको आवश्यकता: उपयुक्त विकल्प रामबहादुर भण्डारी

धादिङ क्षेत्र नं. २ अहिले निर्णायक मोडमा उभिएको छ । पटक–पटकका राजनीतिक प्रयोग, अधुरा प्रतिबद्धता र कार्यान्वयनको कमजोरीले यहाँका जनतामा निराशा बढ्दै गएको छ । यही अवस्थाबीच अब मतदाताले भावनाभन्दा विवेक, नाराभन्दा भरोसा र प्रयोगभन्दा अनुभव रोज्नुपर्ने समय आएको छ । रामबहादुर भण्डारी धादिङका लागि नयाँ नाम होइनन् । उनी स्थानीय राजनीति, संगठन निर्माण र जनसम्पर्कमा लामो समयदेखि सक्रिय रहँदै आएका नेता हुन् । नियमित रूपमा जनताबीच रहने र स्थानीय समस्यालाई नजिकबाट बुझ्ने नेताका रूपमा परिचित भण्डारीले कहिलै लाभ र लोभको राजनिती गरेनन् । यही निरन्तरताले उनलाई जनविश्वासको पात्र बनाएको…

भ्रम छर्दै रास्वपा, बालेन प्रधानमन्त्रि बनाउन जेनजि आन्दोलन ?

धादिङ १९– माघ, पछिल्लो समय जेनजि आन्दोलनसँग जोडिएका युवाहरूले बालेन्द्र शाह (बालेन) ले आफूहरूलाई धोका दिएको आरोप सार्वजनिक रूपमा लगाउन थालेका छन्। परिवर्तन, प्रतिरोध र प्रणाली सुधारको प्रतीक मानिएका बालेन निर्णायक घडीमा मौन बसेको र आन्दोलनलाई भर्‍याङ बनाएर आफुलाई प्रधानमन्त्रि बनाउन लागेको भन्दै युवामाझ असन्तुष्टि चर्किँदै गएको हो। जेनजि आन्दोलनका सहभागीहरूका अनुसार सडकदेखि सामाजिक सञ्जालसम्म चलेको संघर्षमा बालेनको नाम प्रयोग भयो, तर आन्दोलनलाई संस्थागत दबाबमा रूपान्तरण गर्ने बेला उनी पछि हटे। “आशा देखाइयो, तर साथ दिइएन” भन्ने भावनाले अहिले युवामाझ नेतृत्वप्रतिको अविश्वास गहिरिँदै गएको देखिन्छ। यही कारण बालेनमाथि ‘धोका’को आरोप…

चुनौती र सम्भावनाको दोबाटोमा नेपाली क्रिकेट

नेपाली क्रिकेट टोलीले T20 विश्वकप 2026 लाई लक्ष्य गर्दै आफ्नो तयारीलाई क्रमशः तीव्र बनाउँदै लगेको छ। पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय T20 क्रिकेटमा देखाएको प्रदर्शनका कारण नेपाललाई अब केवल सहभागिता जनाउने टोलीका रूपमा मात्र होइन, प्रतिस्पर्धी टिमका रूपमा समेत हेरिन थालिएको छ। युवा कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीमा अनुभव र नयाँ जोशको सन्तुलित मिश्रण देखिन्छ। दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा जस्ता अलराउन्डरहरूको उपस्थितिले नेपाललाई छोटो फर्म्याटमा लचिलो र खतरनाक बनाएको छ। विशेषगरी दबाबको क्षणमा खेल पल्टाउने क्षमताका कारण यी खेलाडीहरू टोलीका मुख्य आधार बनेका छन्। नेपालको बलियो पक्षका रूपमा…

स्थानीय मुद्दा, अनुभव र संगठनात्मक क्षमता मुख्य आधार– रामबहादुर भण्डारी

धादिङ १८–माघधादिङ क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपाका उम्मेदवार रामबहादुर भण्डारीको उम्मेदवारीलाई स्थानीय मुद्दा, राजनीतिक अनुभव र संगठनात्मक क्षमताका आधारमा अर्थपूर्ण रूपमा हेरिएको छ। जनआन्दोलन र पार्टी संघर्षमा लामो योगदान दिएका भण्डारीलाई धेरैले “जिउँदो सहिद” का रूपमा पनि बुझ्ने गरेका छन्। कम्युनिष्ट आन्दोलनका क्रममा निरन्तर संघर्ष, त्याग र प्रतिबद्धता देखाएका भण्डारीले व्यक्तिगत लाभभन्दा विचार र जनताको पक्षलाई प्राथमिकता दिँदै आएको स्थानीय नेताहरूको भनाइ छ। आन्दोलनका कठिन कालखण्डमा भोगेका पीडा र योगदानकै कारण उनी जनताबीच ‘जिउँदो सहिद’को रूपमा सम्मानित रहेका छन् । भण्डारी पार्टी संगठन निर्माण, जनआन्दोलन तथा…

नेकपा नीलकण्ठ नगर कमिटी धादिङद्वारा ३५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

धादिङ, १८-माघनेपाली कम्युनिष्ट पार्टी (नेकपा) नीलकण्ठ नगर कमिटी धादिङले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ का लागि निर्वाचन परिचालन समितिको विस्तारित बैठक सम्पन्न गरेको छ। आइतबार जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा मनराज भण्डारीको संयोजकत्वमा ३५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको नगर सचिव हरिकृष्ण लम्सालले जानकारी दिनुभयो। उक्त समितिले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी संगठनात्मक तथा प्रचारात्मक गतिविधि सञ्चालन गर्नेछ। नगरका १४ वटै वडामा निर्वाचन कमाण्डर तोकिएको छ भने आर्थिक, प्रचार–प्रसार, युवा परिचालन तथा सम्पर्क–समन्वय उपसमितिहरू समेत गठन गरिएको छ। नगर कमिटीका अनुसार आगामी माघ २५ गते वडा कमिटी बैठक, माघ २५…

नेपाली कम्युनिष्ट पार्टीमा युवाको बढ्दो आकर्षण र ‘जेन–जी’ आन्दोलन

नेपाली राजनीतिमा पछिल्ला वर्षहरूमा युवाको सक्रियता र आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। विशेषगरी नेपाली कम्युनिष्ट आन्दोलन र त्यससँग सम्बन्धित दलहरूतर्फ युवाको झुकाव केवल संगठनात्मक सहभागितामा सीमित नभई सामाजिक न्याय, समानता र परिवर्तनको चाहनासँग गाँसिएको देखिन्छ। बेरोजगारी, भ्रष्टाचार, असमानता र अवसरको अभावले आजको पुस्तालाई राजनीतिक रूपमा सचेत बनाएको छ।यसै सन्दर्भमा पछिल्ला दिनहरूमा देखिएको ‘जेन–जी (Gen Z) आन्दोलन’ ले राजनीतिमा नयाँ तरंग ल्याएको छ। सामाजिक सञ्जाल, सडक आन्दोलन र वैचारिक बहसमा सक्रिय जेन–जी पुस्ता परम्परागत राजनीति भन्दा फरक शैलीमा प्रश्न उठाइरहेको छ। सुशासन, पारदर्शिता, रोजगारी, शिक्षा र समान अवसरको माग गर्दै…

नेपाली काँग्रेसको विभाजनले नेपाली राजनीति कता जाँदैछ ?

नेपाली राजनीति लामो समयदेखि अस्थिरता, सत्ता संघर्ष र दलगत स्वार्थको घेराभित्र घुमिरहेकै छ। त्यसमाथि देशको सबैभन्दा पुरानो र लोकतान्त्रिक आन्दोलनको मुख्य स्तम्भ मानिने नेपाली काँग्रेसभित्र देखिएको विभाजनले राजनीतिक भविष्यप्रति नयाँ प्रश्नचिन्ह खडा गरेको छ। काँग्रेसको आन्तरिक कलह केवल पार्टीको मात्र समस्या नभई समग्र लोकतान्त्रिक प्रणाली र राजनीतिक स्थिरतासँग गाँसिएको विषय बनेको छ। काँग्रेसभित्रको गुटगत राजनीति, नेतृत्वको अहंकार, विचारभन्दा पद र शक्ति प्राथमिकतामा पर्नु तथा पुस्तान्तरणको असफल व्यवस्थापनले विभाजनको अवस्था सिर्जना गरेको देखिन्छ। लोकतान्त्रिक मूल्य, विचार र संगठनात्मक अनुशासनभन्दा व्यक्तिगत स्वार्थ हावी हुँदा पार्टी कमजोर बन्दै गएको छ। यसले कार्यकर्ता मात्र…