तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बन्दुक खोसे

धादिङ,चैत्र-१५ काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी भएको छ । आगो निभाउन पुगेको दमकलमाथि समेत प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । अहिले पनि तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले तीनकुनेको स्थिति नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो ।

तीनकुनेमा राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त

१५ चैत्र, धादिङ काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त बनेको छ । राजावादी समर्थकहरू र प्रहरीबीच झडपको अवस्था सिर्जना भएपछि सुरक्षाकर्मीले बल प्रयोग गर्नुपरेको छ। दुर्गा प्रसाईं समर्थित एक गाडीले प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि स्थिति तनाबपूर्ण बनेको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिन ५ राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ। त्यहाँ समर्थकहरूले तीन व्यक्तिका घर पनि तोडफोड गरेका छन् । व्यक्तिका घरबाट प्रहरीले अश्रुग्यास प्रहार गरेको भन्दै उनीहरूले ढुंगा र इँटा हानेका हुन् । पहिलो घेरामा झडप भएपछि अहिले दोस्रो घेरा उच्च सतर्कतासहित कायम गरिएको छ।

काठमांडौमा आज राजावादी–गणतन्त्रवादी प्रदर्शन, लाखौँको संख्यामा प्रदर्शनकारी

१५ चैत, धादिङ काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीहरुले अलग अलग प्रदर्शन गर्दै छन् । गणतन्त्रवादीहरुले भृकुटिमण्डप प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्दै छन् । गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् । राजावादीहरुको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । तर आजको प्रदर्शनको ‘कमाण्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईं हुने छन् । समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्नका लागी प्रदर्शन गर्न लागेको जनाएको छ । यसैगरी राजावादीहरुले संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि प्रदर्शन गर्न लागिएको जनाएका…

प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दु गणतन्त्रको निम्ति जोडबल गरे: पूर्वमन्त्री सुदन किराती

धादिङ, चैत्र-१४ नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दु गणतन्त्रको निम्ति जोडबल गरिराखेको टिप्पणी गर्नुभएको छ । आज (बिहीबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रधानमन्त्री ओलीको विगत र वर्तमानको गतिविधिले उनी हिन्दु गणतन्त्रको पक्षमा रहेको पुष्टि गर्ने बताउनु भएको हो। प्रधानमन्त्री ओली, उनको दल एमाले र नेपाली कांग्रेसको पछिल्ला गतिविधिले राजतन्त्रवादीको अराजकतामा मलजल गरिरहेको नेता किरातीको दाबी छ । प्रधानमन्त्री ओलीले अझ सडकमा अराजकता बढोस् भन्ने चाहना राखेको पनि उहाँको आशंका छ । ‘उहाँ (ओली) हिन्दु गणतन्त्रको पक्षमा जानको निम्ति…

संयुक्त जनआन्दोलन समितिको कमाण्डर दुर्गा प्रसाई

धादिङ, चैत्र-१४ राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईलाई दिईएको छ। समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै संवैधानिक राजसंस्थाको पुनस्र्थापनाका लागि निरन्तर आन्दोलन गर्ने जनाएको छ ।  समितिले संवैधानिक राजसंस्थाको पुनस्र्थापना,सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि निरन्तर आन्दोलन गर्ने जनाएको हो । चैत्र १५ गते काठमाडौंमा प्रदर्शन गरेपछि चैत्र १७ गतदेखि आन्दोलनका थप कार्यक्रमलाई अघि बढाइने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जनकारी दिनुभयो। उहाँले २०४७ को संविधानलाई आधार मानेर ७२ को संविधानका सकारात्मक प्रावधानलाई समेट्दै प्रमुख राजनीतिक पक्षहरूबीच सहमतिको बाटो बनोस…

खुकरी प्रहार गरी हत्या

धादिङ, चैत्र-१४ हेटौँडामा आफ्नै देवरले भाउजुको खुकरी प्रहार गरी हत्या गरेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोलमा २२ वर्षीय राहुल दासले बुधबार आफ्नै जेठी भाउजुको खुकरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाका अनुसार राहुलले ३५ वर्षीया भाउजु गुडिया दासलाई बुधबार दिउँसो खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।  यस्तै राहुलको आक्रमणबाट माइला दाजु रुपेश दास घाइते भएका छन् । गम्भिर अवस्थाका रुपेशको हेटौँडास्थित मकवानपुर सहकारीमा उपचार भइरहेको छ । उनको टाउको, ढाड र शरिरका विभिन्न भागमा चोट…

 संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

धादिङ, चैत्र-१४  संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ् ।  नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि बुधबारको प्रतिनिधि सभा बैठक आज बिहान ११ बस्ने गरी स्थगित गरिएको हो ।  विपक्षीको अवरोधकै कारण राष्ट्रिय सभाको बैठक पनि आज मध्यान्ह सवा १२ बजेका लागि आब्हान गरिएको छ । कुलमानलाई बर्खास्त गरेको बारेमा प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद चल्न नदिने प्रतिपक्षको अडान छ ।   आज प्रतिनिधिसभाको बैठकमा प्रश्नोत्तरको कार्यक्रम रहेको छ । अर्थ मन्त्रालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति,…

कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८ विकेटले हरायो

धादिङ, चैत्र-१४ इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ । कोलकाताको यो दोस्रो खेलमा पहिलो जीत हो । यसअघि पहिलो खेलमा कोलकाता रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित भएको थियो । हिजोको खेलमा राजस्थानले दिएको १ सय ५२ रनको लक्ष्य कोलकाताले  १७ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्‍याे । कोलकाताको जीतमा क्विन्टन डि ककले अर्धशतकीय इनिङ खेले । डि ककले अविजित रहँदै सर्वाधिक ९७ रन बनाए । राजस्थानलका लागि वानिन्दु हसरंगाले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित…

विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु

धादिङ, चैत्र १३ गुल्मीको पल्लाटारमा बाँदर धपाउन राखेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका–७, पल्लाटार निवासी ६० वर्षीया चन्द्रकला कुमालको विद्युतीय पासोमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। जंगली जनावरबाट अन्नबाली जोगाउन आफ्नै बारीमा थापेको विद्युतको तारबाट करेन्ट लागेर कुमाल गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

बुधबार साँझ ५.५ म्याग्निच्युडको भूकम्प गयो

धादिङ, चैत्र-१३चीनको तिब्बत क्षेत्रमा बुधबार साँझ ५.५ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार, नेपाली समयअनुसार साँझ ६ः२७ बजे भूकम्प आएको हो। यो भूकम्प सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टीलाई केन्द्र बनाएर आएको थियो, जुन नेपालको उत्तरपूर्वी सीमानजिकै रहेको छ। भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो।