बर्खास्ती पछि घिसिङ सर्वोच्च अदालतमा

धादिङ,चैत्र-१३

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुग्नुभएको छ ।

बुधबार अपराह्नमा घिसिङको तर्फबाट लोकमणि पोखरेलले रिट लिएर सर्वोच्च पुग्नुभएको हो ।

उहाँले नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरणलाई विपक्ष बनाउनुभएको छ ।

उहाँको रिट भने दर्ता हुन बाँकी छ। बुधबार रिट ढिला आएकोले दर्ता नभएको अदालतले जनाएको छ। बिहीबार  रिटको बारेमा हेरिने बताइएको छ।  

Related posts

Leave a Comment