चुनौती र सम्भावनाको दोबाटोमा नेपाली क्रिकेट

नेपाली क्रिकेट टोलीले T20 विश्वकप 2026 लाई लक्ष्य गर्दै आफ्नो तयारीलाई क्रमशः तीव्र बनाउँदै लगेको छ। पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय T20 क्रिकेटमा देखाएको प्रदर्शनका कारण नेपाललाई अब केवल सहभागिता जनाउने टोलीका रूपमा मात्र होइन, प्रतिस्पर्धी टिमका रूपमा समेत हेरिन थालिएको छ। युवा कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीमा अनुभव र नयाँ जोशको सन्तुलित मिश्रण देखिन्छ। दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा जस्ता अलराउन्डरहरूको उपस्थितिले नेपाललाई छोटो फर्म्याटमा लचिलो र खतरनाक बनाएको छ। विशेषगरी दबाबको क्षणमा खेल पल्टाउने क्षमताका कारण यी खेलाडीहरू टोलीका मुख्य आधार बनेका छन्। नेपालको बलियो पक्षका रूपमा…

स्थानीय मुद्दा, अनुभव र संगठनात्मक क्षमता मुख्य आधार– रामबहादुर भण्डारी

धादिङ १८–माघधादिङ क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपाका उम्मेदवार रामबहादुर भण्डारीको उम्मेदवारीलाई स्थानीय मुद्दा, राजनीतिक अनुभव र संगठनात्मक क्षमताका आधारमा अर्थपूर्ण रूपमा हेरिएको छ। जनआन्दोलन र पार्टी संघर्षमा लामो योगदान दिएका भण्डारीलाई धेरैले “जिउँदो सहिद” का रूपमा पनि बुझ्ने गरेका छन्। कम्युनिष्ट आन्दोलनका क्रममा निरन्तर संघर्ष, त्याग र प्रतिबद्धता देखाएका भण्डारीले व्यक्तिगत लाभभन्दा विचार र जनताको पक्षलाई प्राथमिकता दिँदै आएको स्थानीय नेताहरूको भनाइ छ। आन्दोलनका कठिन कालखण्डमा भोगेका पीडा र योगदानकै कारण उनी जनताबीच ‘जिउँदो सहिद’को रूपमा सम्मानित रहेका छन् । भण्डारी पार्टी संगठन निर्माण, जनआन्दोलन तथा…

नेकपा नीलकण्ठ नगर कमिटी धादिङद्वारा ३५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

धादिङ, १८-माघनेपाली कम्युनिष्ट पार्टी (नेकपा) नीलकण्ठ नगर कमिटी धादिङले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ का लागि निर्वाचन परिचालन समितिको विस्तारित बैठक सम्पन्न गरेको छ। आइतबार जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा मनराज भण्डारीको संयोजकत्वमा ३५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको नगर सचिव हरिकृष्ण लम्सालले जानकारी दिनुभयो। उक्त समितिले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी संगठनात्मक तथा प्रचारात्मक गतिविधि सञ्चालन गर्नेछ। नगरका १४ वटै वडामा निर्वाचन कमाण्डर तोकिएको छ भने आर्थिक, प्रचार–प्रसार, युवा परिचालन तथा सम्पर्क–समन्वय उपसमितिहरू समेत गठन गरिएको छ। नगर कमिटीका अनुसार आगामी माघ २५ गते वडा कमिटी बैठक, माघ २५…