रफ्तार गाडीमै ‘दर्शन’—भक्तलाई स्वघोषित भगवानको झलक

धादिङ ।काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा प्रतिनिधि सभा उमेद्वार बालेन शाह धादिङमा गर्दा गाडी नरोकी अघि बढेका छन्। सडकछेउमा उभिएका समर्थक तथा स्थानीय नागरिकहरूका लागि उनको उपस्थिति रफ्तार गाडीमै सिमित रह्यो। गाडी रोकेर सर्वसाधारणसँग भेटघाट हुने अपेक्षा गरिए पनि शाहले त्यस्तो कुनै गतिविधि नगरेको स्थानीयको गुनासो छ । उनका समर्थकहरू बाटोछेउ उभिएर हात हल्लाउँदै अभिवादन गरिरहेका देखिए पनि उनि भने सुरक्षा घेरामै गाडीभित्रै अघि बढेका थिए । यस घटनापछि सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रतिक्रिया आएका छन् । केही प्रयोगकर्ताले ‘जनतासँग दूरी बढ्दै गएको’ टिप्पणी गरेका छन् भने केहीले व्यंग्यात्मक शैलीमा…

रामबहादुर भण्डारीको जित: धादिङ–२ मा न्याय र समावेशिताको आशा

आगामी प्रतिनिधि सभा निर्वाचनमा नेकपा तर्फका उम्मेदवार रामबहादुर भण्डारी ले जित हासिल गर्नु पर्नेमा स्थानीय जनता र समर्थकहरू आशावादी छन् । स्थानीय बृद्ध–बृद्धा, युवा र विभिन्न समुदायका प्रतिनिधिहरूले भन्छन्, “रामबहादुर भण्डारीले जीवत शहीदको अनुभव र बलिदान देखाएका छन् । उहाँको नेतृत्वमा धादिङमा अब न्याय, पारदर्शिता र समावेशिता सुनिश्चित हुन्छ । भण्डारीको राजनीतिक जीवन जनयुद्धकालीन संघर्ष र व्यक्तिगत बलिदानसँग जोडिएको छ । उनका परिवारका सदस्यहरूले जनयुद्धमा ठूलो बलिदान दिएका थिए, जसका कारण स्थानीय समुदायले उनलाई ‘जिउँदो शहिद’ को उपनाम दिएका छन् । मतदाताहरू भन्छन्, “उहाँको जितले मात्र धादिङ–२ का नागरिकले न्याय…