चुनौती र सम्भावनाको दोबाटोमा नेपाली क्रिकेट

नेपाली क्रिकेट टोलीले T20 विश्वकप 2026 लाई लक्ष्य गर्दै आफ्नो तयारीलाई क्रमशः तीव्र बनाउँदै लगेको छ। पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय T20 क्रिकेटमा देखाएको प्रदर्शनका कारण नेपाललाई अब केवल सहभागिता जनाउने टोलीका रूपमा मात्र होइन, प्रतिस्पर्धी टिमका रूपमा समेत हेरिन थालिएको छ। युवा कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीमा अनुभव र नयाँ जोशको सन्तुलित मिश्रण देखिन्छ। दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा जस्ता अलराउन्डरहरूको उपस्थितिले नेपाललाई छोटो फर्म्याटमा लचिलो र खतरनाक बनाएको छ। विशेषगरी दबाबको क्षणमा खेल पल्टाउने क्षमताका कारण यी खेलाडीहरू टोलीका मुख्य आधार बनेका छन्। नेपालको बलियो पक्षका रूपमा…

नेपाल क्रिकेट संघ CAN ले आगामी विश्वकप का लागि २४ खेलाडी बन्द प्रशिक्षणमा बोलायो

धादिङ- ०६, पुष नेपाल क्रिकेट संघ CAN ले आगामी ICC Men’s T20 World Cup 2026 को तयारिको लागि २४ खेलाडी लाई बन्द प्रशिक्षणमा बोलाएको हो । प्रतियोगिता ७ फेब्रुअरीदेखि ८ मार्च २०२६ सम्म भारत र श्रीलङ्कामा आयोजना हुनेछ। CANका प्रवक्ता छुब्बी लामाले जानकारी दिए अनुसार, २४ खेलाडीको टिमले २०७२ पौष ७ देखि तयारी अभ्यास सुरु गर्नेछ। घोषित टोलीमा प्रमुख खेलाडीहरूमा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, सन्दीप जौरा, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, ललित राजवंशी, आदिल अन्सारी, कारण के सी लगायत अन्य २४ खेलाडी समावेश छन्। यसै सुची…

कुवेतविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

धादिङ, २२– असोज आइसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आफ्नो महत्वपूर्ण खेलमा नेपालले कुवेतविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ। ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा आज भएको टसमा कुवेतका कप्तानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन्। यो निर्णयसँगै नेपालले अब केही बेरमा ब्याटिङ सुरु गर्नेछ। विश्वकपमा स्थान बनाउने लक्ष्यका साथ छनोट प्रतियोगिता खेलिरहेको नेपालका लागि आजको खेल निकै महत्वपूर्ण मानिएको छ। नेपाली टोली बलियो ब्याटिङ प्रदर्शन गर्दै कुवेतसामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्ने दाउमा छ। खेल केही बेरमा सुरु हुँदैछ।

किन खनिए सन्दीप कान्तिपुर TV HD माथि

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार लेग स्पिनर सन्दीप लामिछानेले कान्तिपुर टिभी एचडीमाथि सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन्। उनका अनुसार, युनिटी कपको पहिलो टी-२० खेलको समाचारमा स्रोत पुष्टि नगरी हावाको भरमा रिपोर्टिङ गरिएको थियो। समाचारमा भनिएको थियो कि सन्दीपले राष्ट्रिय टिमको मुख्य प्रायोजक नासा सेक्युरिटीको जर्सी लगाउन अस्वीकार गरेका हुन्। तर, सन्दीपले यो व्यक्तिगत मामला भएको र अष्ट्रेलियाको सिरिजमा पनि त्यही लोगो भएको जर्सी लगाइसकेको बताएका छन्। सन्दीपले सञ्चारमाध्यमलाई सम्मान गर्ने तर भविष्यमा यस्ता अपुष्ट समाचार नदोहोर्याउन आग्रह गरेका छन्। उक्त विवादका बावजुद नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै…

नेपालद्वारा वेस्ट इन्डिज सामु १४९ रनको लक्ष्य प्रस्तुत

धादिङ,११–असोज नेपालले वेस्ट इन्डिजलाई १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ। युनिटी कपअन्तर्ग युएईको शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको हो। नेपालका लागि कप्तान कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए। उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे। कुशल भुर्तेलले ६ र आसिफ शेखले ३ रन बनाउँदै पेभेलियन फर्किएका हुन्। त्यसअघि नेपालले पावरप्लेमा २ विकेट गुमाउँदै ३४ रन बनाएको थियो। १० ओभर सकिँदा नेपालले २ विकेटको क्षतीमा ६८ रनको स्थितीमा थियो । ओपनरद्वय कुशल भुर्तेल र…

आईसीसी पुरुष टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा

धादिङ, २६–असार आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया र पूर्वी एसिया–प्रशान्त क्षेत्रीय संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अनुसार नेपालले समूह ‘बी’मा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै समूह ‘ए’मा युएई, मलेसिया र कतार रहेका छन् भने समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। १० दिनसम्म चल्ने प्रतियोगिता ८ देखि १० अक्टोबरसम्म हुनेछ। नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको हो। प्रत्येक समूहमा तीन टिम रहेका छन्। प्रत्येक समूहबाट शीर्ष दुई टोली ‘सुपर सिक्स’चरणमा पुग्नेछन्। सुपर सिक्सका खेल जुन १२ देखि…

दिपेन्द्र सिंह ऐरीले प्रहरीको सहायक हवल्दार पदबाट राजीनामा दिए

धादिङ, ११–असार नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी दिपेन्द्र सिंह ऐरीले नेपाल प्रहरीको सहायक हवल्दार पदबाट राजीनामा दिएका छन्। प्रहरी संगठनबाट राजीनामा दिएपछि उनी अब पूर्णरूपमा क्रिकेटमै केन्द्रित हुने बताएका छन्। नेपाल प्रहरीमा लामो समयदेखि कार्यरत ऐरीलाई सन् २०२३ मा क्रिकेटमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा सहायक हवल्दारमा पदोन्नति दिइएको थियो। तर, पछिल्ला दिनमा अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्तता बढेसँगै प्रहरी सेवामा समय दिन नसक्ने भएकाले उनले राजीनामा दिने निर्णय गरेका हुन्। राजीनामा पत्रमा उनले लेखेका छन्, ूदेशको सुरक्षामा योगदान दिन पाएकोमा म गौरवान्वित छु। तर अब समयले मलाई पूर्णरूपमा क्रिकेटमा केन्द्रित हुन…

नेदरल्यान्ड्समाथि नेपालको जित

धादिङ,जेष्ठ–२८ नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको छ। आइसीसी लिग २ अन्तर्गत स्कटल्यान्डमा मंगलबार भएको खेलमा नेपालले तेस्रो जित निकालेको हो। डुन्डीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २३६ रन बनाएको थियो। तर, पेनाल्टीका कारण १० रन नेदरल्यान्ड्सलाई उपहार दिँदा पनि नेदरल्यान्ड्सले २२७ रन मात्र बनाउनुपर्ने थियो। तर, नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रन बनाउँदै अलआउट भयो।   नेदरल्यान्ड्सका लागि विस्ले वारेसीले सर्वाधिक ३६ रन बनाए। भने स्कर्ट एडवर्डले ३० रन जोडे । नेदरल्यान्डलाई सस्तैमा समेट्न सन्दीप लामिछाने र नन्दन यादवले ३–३ विकेट लिए भने  ललित राजवंशीले २ तथा करण…

स्कटल्यान्डसँगको खेलमा नेपाल पराजित

विश्वकप लिग टु अन्तर्गतको खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको छ। टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २३ रन बनाएको थियो । स्कटल्यान्डका लागि कप्तान रेसिल ब्रेङ्कनले सर्वाधिक १ सय २ रन १ सय १४ बल खेल्दै बनाए । त्यसैगरी मिकचेल लिक्स र चार्ली टियरले क्रमश ९६ र ६८ रन बनाए । बलिङतर्फ नेपालका करण केसी र दिपेन्द्र सिंह एरीले समान दुईदुई विकेट लिए भने ललित राजबंशीले एक विकेट हात पारे । ३ सय२४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल ५० ओभरमा…

आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

धादिङ, जेष्ठ–२१ आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार आज दिउँसो ३ः४५ मा सुरु हुने छ । लिग टुको आफ्नो चौथो चरणअन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले पराजित गर्दै विजयी भएको थियो । नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच एकदविसीय अन्तरराष्ट्रिय खेल भएका छन् । जसमा नेदरल्यान्ड्सले तीन खेलमा जित हासिल गर्दा नेपालले दुई खेलमा जित हासिल गरेको छ । विश्वकप लिग–२ मा २० खेल खेलेको नेदरल्यान्ड्स २६ अंकका…