वेनीघाट वाइसीएलद्वारा तिहार विशेष उपहार कार्यक्रम सम्पन्न

धादिङ, ०२-कात्तिक तिहारको अवसरमा वेनीघाट रोराङ गाउँपालिका वाइसीएल धादिङद्वारा आयोजित तिहार विशेष शुभकामना तथा उपहार कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सामुदायिक एकता, सांस्कृतिक संरक्षण र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यका साथ वेनीघाट रोराङ गाउँपालिका–७ घार्टीमा आयोजना गरिएको कार्यक्रममा उत्साहपूर्ण सहभागिता देखिएको थियो। कार्यक्रमका प्रमुख अतिथि वेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) रहेका थिए। कार्यक्रममा वाइसीएल वेनीघाट रोराङ अध्यक्ष रामसरन बराम, वाइसीएल धादिङ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष राजन लामा, वाइसीएल धादिङ सचिव सन्तोष रेग्मी लगायत स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मनोरञ्जनात्मक सांस्कृतिक…

धादिङको त्रिपुरा सुन्दरीमा छोराद्वारा आमाको हत्या

धादिङ, २०– असोजधादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५, थापाकठेरीमा गएराति एक जनाले आफ्नै आमाको हत्या गरेका छन्। ३० वर्षीय यमबहादुर कँडेलले धारिलो हतियार प्रयोग गरी ६३ वर्षीया आमा राममाया कँडेलको निर्मम हत्या गरेका हुन्। घटनास्थलमै पुगेका प्रहरीका अनुसार यमबहादुरले आमामाथि धारिलो हतियार प्रहार गरी शरीर टुक्रा हुनेगरी हत्या गरेका थिए। हत्या पछि घटनास्थलमै उपस्थित प्रहरी टोलीले उनलाई आत्मसमर्पण गर्न आग्रह गरेको र उनले आफ्नै हातमा रहेको हतियार भुइँमा राखेर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घटनापछि सल्यानकोट प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई पक्राउ गरी आइतबार राति नै जिल्ला प्रहरी कार्यालय धादिङ…

जेन जीको आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या २०पुग्यो

धादिङ,२३–भदौ देशभरको जेन जीको आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।   काठमाडौंमा १८ जना तथा इटहरीमा दुईसहित २० जनाको ज्यान गएको हो । दुई सय ५६ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ ।   जेन जीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि ज्यान गुमाएकामध्ये तीन जनाको परिचय खुलेको छ ।   जसमा ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षका श्रीथाम चौलागाइ, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ तथा कीर्तिपुर निवासी ४२ वर्षका बुद्धि तामाङ रहेको प्रहरीले जनाएको छ ।   जेनजी प्रदर्शनका काठमाडौंका विभिन्न अस्पतालमा उपचाररतमध्ये…

वाइसियल नेपाल बेनिघाट रोराङ गाउँपालिकाद्वारा बृक्षरोपण कार्यक्रम सम्पन्न

धादिङ, ८ –भदौ, योङ्ग कम्युनिस्ट लिग (वाइसियल) नेपाल बेनिघाट रोराङ गाउँपालिकाको आयोजनामा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिकाको वडा नम्बर ३ मलेखु ताल्ति सडक खण्डमा सयौँ बिरुवा रोपिएको वाइसियल बेनिघाटले जनाएको छ। कार्यक्रमको उद्देश्य वातावरण संरक्षण, हरित क्षेत्र विस्तार र जलवायु परिवर्तनको असर न्यूनिकरण गर्ने रहेको वाइसियल बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष राम सरण बरामले बताए। उनले यस्तो अभियानले गाउँपालिकालाई हराभरा बनाउन ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे। साथै वाइसियल नेपालका जिल्ला इन्चार्ज सन्तोष अधिकारिले वाइसियल नेपाल जनताको भएको र जनताको हितको लागि सदैव लागि पर्ने समेत बताए । बेनिघाट…

श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै

धादिङ, ३१–साउन, आज देशभर श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा, विश्वास र भक्तिपूर्वक मनाइँदै छ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन भगवान् विष्णुको आठौँ अवतार श्रीकृष्णको जन्मोत्सवका रूपमा यो पर्व मनाइने परम्परा छ । भक्तजनहरूले उपवास बस्ने, मध्यरातमा पूजा–आराधना गर्ने, श्रीकृष्णको लीला सम्झेर भजन–कीर्तन गर्ने परम्परा रहेको छ । विशेष गरी मन्दिरहरूमा झाँकी, नाटक र धार्मिक कार्यक्रमहरू आयोजना भइरहेका छन् । पुराणका अनुसार द्वापर युगमा भगवान् विष्णु दुष्ट शक्ति कंसको अत्याचार अन्त्य गर्न श्रीकृष्णका रूपमा अवतरित भएका थिए । महाभारतकलामा अर्जुनलाई सुनाइएको भगवद्गीतामा श्रीकृष्णले “कर्म नै धर्म हो” भन्ने सन्देश दिएका…

तीज संस्कृतिलाई विकृति बनाउँदै नेपाली समाज

तीज –केवल एउटा पर्व होइन, यो नेपाली महिलाको मनको गहिराइमा बस्ने भावना हो । शिव–पार्वतीको अटल प्रेम र त्यागको सम्झनामा गरिने यो व्रत, अतीतदेखि वर्तमानसम्म, महिलाको आस्था, श्रद्धा र स्नेहको अद्भुत प्रतीक रहँदै आएको छ। बिहानको शुद्ध स्नान, रातो सारीमा सजिएकी आमा–दिदी–बहिनीहरूको रमाइलो भीड, आँगनमा गाइने भक्ति–गीत र पूजाको शान्त वातावरण–यी सबैले तीजलाई एउटा आध्यात्मिक सौन्दर्य दिन्थे । तर आज त्यो सौन्दर्य धुमिल बन्दै छ। तीजको नाममा हुने होहल्ला, भड्किला गीत, फेशन प्रदर्शन र महँगो भोज–भतेरले त्यो पवित्र भावनालाई क्रमशः विस्थापित गर्दैछन्। पहिले जहाँ भक्ति र संकल्पको स्वर गुञ्जिन्थ्यो, अहिले…

१२ बर्षिय अंकित अझै वेपत्ता, खोजी कार्य जारी

जिल्ला सदरमुकाम धादिङबेसीबाट साउन २५ गते आइतबारदेखि हराइरहेका ज्वालामुखी गाउँपालिका–४ का १२ बर्षिय बालक अंकित श्रेष्ठ अझै वेपत्ता । करिव दिउँसो २ वजे पौडी खेल्ने क्रममा अंकितलाई अरुङ खोलाले बगाएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । ‘वेपत्ता भएको खवर पाउने वित्तिकै खोजी कार्य सुरु गरिएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी, जनपथ प्रहरी, स्थानीयको सहयोगमा खोजी कार्य भइ रहेको छ’ उनले भने– ‘बगाएको आशंका भएको अरुङ खोला आसपासदेखि थोपलको बुङचुङसम्म खोजी कार्य गरि सकेका छौं । आज वुङचुङबाट त्रिशुली जोडिएको ठाउँसम्म खोजी कार्य…

अखिल क्रान्तिकारी नीलकण्ठ नगर समितिद्वारा SEE उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान

धादिङ २६ असार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नीलकण्ठ नगर समिति, धादिङद्वारा आयोजित SEE उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । क्भ्भ् परीक्षा २०८१ मा सफल भएका विद्यार्थीहरूलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अखिल क्रान्तिकारी नीलकण्ठ नगर समितीले जनाएको छ । उक्त सम्मान कार्यक्रममा SEE उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाण पत्र र मेडल प्रदान गरि शैक्षिक जीवनको बधाई तथा शुभकामना सहित सम्मान गरिएको थियो । “सम्पूर्ण वामपन्थी प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरू एकजुट होऔं” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्र प्रदेश तथा…

गुरु पूर्णिमा तथा नेपाल निवृत्त शिक्षक समाजको ११औँ स्थापना दिवस भव्यताका साथ सम्पन्न

धादिङ, २६–असार नेपाल निवृत्त शिक्षक समाज, जिल्ला कार्य समिति धादिङको आयोजनामा गुरु पूर्णिमा तथा संस्थाको ११औँ स्थापना दिवसको अवसरमा शिक्षक सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ । कार्यक्रम नेपाल निवृत्त शिक्षक समाज धादिङका अध्यक्ष केसरि प्रसाद पन्तको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निवृत्त शिक्षकहरूलाई सम्मान गरिएको थियो भने योगदान पुर्याएका शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल निवृत्त शिक्षक समाजका केद्रिय समिति उपाध्यक्ष गुणराज गौतमले शिक्षकहरू सेवा वाट निवृत्त भए पनि अनुभवबाट कहिले पनि निवृत्त नहुने बत्ताउँदै हालसम्मका उपलब्धिहरूको समीक्षा र  शिक्षामा योगदान पुर्याउने…

नीलकण्ठ–९ का दलित युवाहरूलाई पञ्चेबाजा वितरण

धादिङ, ११–असार दलित समुदायको सीप प्रवर्द्धन र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले नीलकण्ठ नगरपालिकाले वडा नं–९ का दलित युवाहरूलाई पञ्चेबाजा वितरण गरिएको छ। नीलकण्ठ नगरपालिकाको विपन्न दलित सशक्तीकरण कार्यक्रम अन्तर्गत ज्येष्ठ २८ गते देखि असार ११ गते सम्म सञ्चालन भएको १५ दिने पञ्चेबाजा बजाउने तालिममा सहभागिता युवाहरूलाई तालिम पश्चात् बाजा वितरण गरिएको हो। कार्यक्रमको प्रमुख अतिथि तथा नगर प्रमुख भीम प्रसाद ढुङ्गानाले  पञ्चेबाजा हस्तान्तरण गर्दै दलित युवाहरूको सीप र संस्कृति संरक्षणमा सहयोग पुर्‍याउने खालका कार्यक्रमहरूमा नगरपालिका सदैव अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे। सिप सिके पछि आत्मनिर्भर बन्ने तथा आफ्नो ठाउँको विकासमा…