धादिङ,८–साउन नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको हो । बुधबार प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज २४ सय रुपैयाँले घटेर १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला २३३५ रुपैयाँमा कारोबार भईरहेको नेपाल महासंघले जनाएको छ।
Category: अर्थ
अर्थ
नेपालमा डिजिटल प्रविधिबाट मात्र कारोबार सम्भव होला ?
धादिङ,१–साउनहाल विश्वभर नै कारोबार प्रणाली डिजिटल प्रविधितर्फ उन्मुख भइरहेको अवस्थामा नेपाल पनि तीव्र गतिमा डिजिटल कारोबारको दिशामा अगाडि बढिरहेको छ । मोबाइल वालेट, अनलाइन बैंकिङ, ई–कमर्स र क्युआर कोडमार्फत भुक्तानीजस्ता प्रविधिहरू लोकप्रिय बन्दै गइरहेका छन् । यस्ता विकासहरूले डिजिटल प्रविधिबाट कारोबारको सम्भावना उजागर गरिरहेका छन् । हाल ई–सेवा, खल्ति, आइएमइ पे, नमस्ते पे जस्ता डिजिटल वालेटहरू देशभर लोकप्रिय हुँदै गइरहेका छन् । सरकारी सेवाहरू पनि क्रमशः अनलाइन हुँदै गइरहेका छन् । कर तिर्ने, नागरिकता फारम भर्ने, परीक्षा आवेदन दिने, बीमा भुक्तानी गर्नेजस्ता धेरै सेवा डिजिटल माध्यमबाट सहज रूपमा लिन सकिने…
नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ, जिल्ला शाखा धादिङ धर्नामा
धादिङ, २२–असार, नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ, जिल्ला शाखा धादिङको आयोजनामा आज जिल्ला प्रशासन कार्यालय, धादिङ अगाडि विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम सम्पन्न गरिएको छ । सरकारद्वारा आर्थिक वर्ष २०८२ ÷ ८३ को नीति तथा कार्यक्रम बजेटमा सुनचाँदी व्यवसायमा २% बिलासी कर र मूल्य अभिवृद्धि कर (भ्याट) १३% लगाइएको विरोधमा व्यवसायीहरूले प्लेकार्डसहित प्रदर्शन र जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना गरेका हुन् । उनीहरूले “हाम्रो धर्ना जारी छ”, “हाम्रो माग पुरा गर”, “सुनमा बिलासी कर हटाऊ” “सुनमा भन्सार कर ६ प्रतिशत कायम गर”, जस्ता नारा लगाएका थिए । नेपाल सुनचाँदी कला व्यवसायी…
नीलकण्ठ नगरपालिका को १७ औं नगरसभा सम्पन्न, युवा, शिक्षा, कृषि मा जोड
धादिङ ६ असारनगरपालिकाको १७ औं नगरसभा सम्पन्न भएको छ । नगर प्रमुख भिम प्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको नगर सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ । उपप्रमुख दिपक विश्वकर्माले आगामी वर्षका लागि कुल रू. एक अर्ब बाइस करोड त्रियानब्बे लाख पाँच हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ । उक्त बजेट नगरपालिकाको समग्र सामाजिक, भौतिक, आर्थिक र संस्थागत विकासलाई दृष्टिगत गरी तयार पारिएको बताइएको छ । उक्त नीति तथा कार्यक्रमले नगरको समृद्धि, सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला सशक्तिकरण, सामाजिक समावेशिता, पर्यटन…
नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेल
सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेसँगै पौडेल १८ औँ गभर्नर बन्नु भएको हो । उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । आज बसेको सिफारिस समितिको बैठकले विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।
सुनको भाउ फेरी बढ्यो
धादिङ बैशाख २१ आज सुनको भाउ तोलामा छ सय रुपैयाँले बढेर एक लाख ८४ हजार एक सय रुपैयाँ पुगेको छ । शुक्रवार सुन तोलाको एक लाख ८३ हजार पाँच सय रुपैयाँ रहेको थियो । केही दिनयता सुनको भाउमा घटबढ हुँदै आएको छ । यस्तै चाँदीको भाउ भने आज तोलामा २० रुपैयाँले घटेर एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
घट्यो सुनको मुल्य
धादिङ,बैशाख—१० सुनको मूल्य आज तोलामा सात हजार ५०० रुपैयाँले घटेको छ । मंगलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँ पुगेको सुनको मूल्य आज घटेर एक लाख ९० हजार ४०० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी भने प्रतितोला रु पाँचले घटेर एक हजार ९६५ रुपैयाँमा कारोबार भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३ ४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
सुनको भाउमा ह्वात्तै वृद्धि, तोलाकै करिब २ लाख
धादिङ बैशाख ८नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको छ । योसँगै सुनको भाउ तोलाको १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको हो । केही दिनयता स्थिर रहेको चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ ।हिजो तोलाको १ हजार ९ सय ६० रहेको चाँदी आज १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि हुँदा नेपाली बजारमा पनि वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार ४ सय अमेरिकी डलर…
पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो
धादिङ, वैशाख-३ पेट्रोलियम पदार्थको मूल्य घटेको छ । मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा ३/३ रुपैयाँ घटाइएको हो । योसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १६० र मट्टीतेलको १४६ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोलको १५९ र मट्टीतेलको १४५ रुपैयाँ पर्नेछ । त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीगञ्जमा भने पेट्रोलको १५७ रुपैयाँ ५० पैसा र मट्टीतेलको १४३ रुपैयाँ ५० पैसा पर्नेछ ।
अर्कैको जग्गा बैना गरेको भरमा साढे ४५ लाख ठगी गर्ने व्यक्ति पक्राउ
धादिङ चैत्र-२५अरुकै जग्गा बैना गरेर साढे ४५ लाख रुपैयाँ ठगी गरेर फरार भएको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ घर भइ काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने ४३ वर्षीय रामकुमार चौलागाईं रहेका छन् ।चौलागाईँ लाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पुर्याइएको छ । अरुले प्लटिङ गरेको जग्गालाई आफ्नो भन्दै साढे ४५ लाख रुपैयाँ बैना लिई ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए । यो बाहेक उनीविरुद्ध काठमाडौं उपत्यकाकाकै विभिन्न कार्यालयहरुमा ८ वटा ठगी तथा बैंकिङ कसुरको उजुरी परेको…
