धादिङ, चैत्र-१३
नेपाल बिद्युत प्राधिकरणका निबर्तमान निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको बिरोधमा मंगलवार धादिङमा मसाल जुलुस निकालिएको छ। सरकारले अपमानित ढंगले जनताको साहरा बनेका कर्मचारिलाई हटाएकोले पुर्नवहालिको माग गर्दै जुलुस निकालिएको हो ।

मंगलबार धादिङ जिल्ला सदरमुकाममा अखिल क्रान्तिकारि, वाई.सि.एल. धादिङ र तामाङमुक्ति मोर्चा द्वारा संयुक्त रुपमा मसाल जुलुस निकालेको हो । जुलुस पस्चात कोण सभालाई सम्बोधन गर्दै निलकण्ठ नगर कमिटीका अध्यक्ष अमृत तामाङले सरकारले जनताका हितमा काम गरिरहेका ब्यक्तिलाई बिचौलियाको निर्देशन र आर्थिक लोभमा हटाइएको बताउनु भएको थियो ।

सोमवार मन्त्रि परिष्द्को बैठक बसेर घिसिङलाई हटाउने निर्णय भएको थियो । उक्त निर्णय पछि सरकारको चौतर्फि बिरोध भइरहेको छ ।

