दक्षिण कोरियाको जंगलमा लागेको आगोमा ऐतिहासिक बौद्ध मन्दिर जलेको छ 

धादिङ,चैत्र-१३

दक्षिण कोरियाको जंगलमा लागेको आगोमा ऐतिहासिक बौद्ध मन्दिर जलेको छ ।

राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपूर्वको उइसोङको पहाडको जङ्गलमा गत शुक्रबारदेखि आगो डढेलो लागेको थियो । डढेलोले त्यहाँ निकै बिनाश गरिरहेको छ । उइसोङ शहरमा लागेको आगोले ६१८ ईस्वीमा निर्मित बैद्ध मन्दिर गौन्सालाई जलाएको छ ।

जुन उइसोङ प्रान्तको सबैभन्दा ठूलो मन्दिरहरू मध्ये एक थियो । यससँगै  धेरै सम्पदा, सांस्कृतिक स्थलहरू आगलागीबाट प्रभावित भएका छन्। डढेलोले १८ जनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् भने  र हजारौंलाई सुरक्षित स्थानमा सारिएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूले ऐतिहासिक मन्दिर वरिपरि आगो लागेको देखाउँछन्। इतिहासकै सबैभन्दा खराब डढेलो भएको भनाई छ

Related posts

Leave a Comment