नेपाली कम्युनिष्ट पार्टीमा युवाको बढ्दो आकर्षण र ‘जेन–जी’ आन्दोलन

नेपाली राजनीतिमा पछिल्ला वर्षहरूमा युवाको सक्रियता र आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। विशेषगरी नेपाली कम्युनिष्ट आन्दोलन र त्यससँग सम्बन्धित दलहरूतर्फ युवाको झुकाव केवल संगठनात्मक सहभागितामा सीमित नभई सामाजिक न्याय, समानता र परिवर्तनको चाहनासँग गाँसिएको देखिन्छ। बेरोजगारी, भ्रष्टाचार, असमानता र अवसरको अभावले आजको पुस्तालाई राजनीतिक रूपमा सचेत बनाएको छ।यसै सन्दर्भमा पछिल्ला दिनहरूमा देखिएको ‘जेन–जी (Gen Z) आन्दोलन’ ले राजनीतिमा नयाँ तरंग ल्याएको छ। सामाजिक सञ्जाल, सडक आन्दोलन र वैचारिक बहसमा सक्रिय जेन–जी पुस्ता परम्परागत राजनीति भन्दा फरक शैलीमा प्रश्न उठाइरहेको छ। सुशासन, पारदर्शिता, रोजगारी, शिक्षा र समान अवसरको माग गर्दै…

आज हल्कादेखि भारी वर्षाको सम्भावना, मनसुनको प्रभाव घट्दो

देशका केही स्थानमा आज हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा…

गणित शिक्षकहरूको १ दिने क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

धादिङ, १–साउनगणित शिक्षा परिषद धादिङ, प्याब्सन धादिङ र नेशनल प्याब्सन धादिङको संयुक्त आयोजनामा एक दिने गणित शिक्षक क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ। गणित शिक्षा परिषद धादिङ तथा नेशनल प्याब्सन धादिङका अध्यक्ष प्रयास रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धादिङ जिल्लाका विभिन्न विद्यालयहरूबाट आएका ११३ जना माध्यमिक तहका गणित शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले गणित शिक्षा परिषदको यो प्रयास अत्यन्त सान्दर्भिक रहेको उल्लेख गर्दै यसले आगामी शैक्षिक सत्रमा गणितको नतिजामा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे।कार्यक्रममा विशिष्ट अतिथि तथा रूपमा काठमाडौँ विश्वविद्यालयका…

आधारभूत कम्प्युटर तालिम समापन कार्यक्रम सम्पन्न

धादिङ, असार-२८ नीलकण्ठ नगरपालिका वडा नं. ८, रामकोट हटिया चौतारामा सञ्चालित आधारभूत कम्प्युटर तालिमको समापन कार्यक्रम सम्पन्न भएको छ। अनन्त आशा नेपालको आयोजनामा र अनन्त आशा इन्टरनेशनलको आर्थिक सहयोग तथा नीलकण्ठ नगरपालिका र वडा नं. ८ को समन्वयमा सञ्चालन गरिएको उक्त तालिममा ३५ जना सहभागी रहेका थिए। तालिम तीन महिना (९० दिन) सम्म सञ्चालन भएको थियो। कार्यक्रमको अध्यक्षता वडा नं. ८ का अध्यक्ष प्रकाश कुमार श्रेष्ठले गरेका थिए । उनले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई भविष्यमा जीवनोपयोगी बनाउनेतर्फ ध्यान दिन सहभागीहरूलाई सुझाव दिए । कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका प्रमुख…

विकास निर्माण कार्यमा पारदर्शिता र गुणस्तरको ख्याल गर्नुपर्दछ: उप–प्रमुख चोदेन 

धादिङ, ज्येष्ठ–२६ नेत्रावति डबजोङ गाउँपालिकाका उप–प्रमुख सितामाया चोदेनले सोमबार निर्माणाधीन बोलिङजोन गुम्बा मिनी बुद्ध पार्क तथा भोग्टेनी सडक खण्डमा निर्माण भइरहेको सुरक्षा पर्खालको अनुगमन गर्दै विकास निर्माणका काममा गुणस्तर र पारदर्शितामा ध्यान दिनुपर्ने बताइन्। उक्त अनुगमनको क्रममा उप–प्रमुख चोदेनले निर्माणको गुणस्तर, समय सीमा र स्थानीय जनताको अपेक्षाअनुसार योजना कार्यान्वयनमा आउनुपर्ने आवश्यकता औंल्यायिन् । उनले विकास निर्माण कार्यमा पारदर्शिता र गुणस्तरको ख्याल गर्न सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिइन्। मिनी बुद्ध पार्क स्थानीय धार्मिक पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण मानिएको छ भने भोग्टेनी सडक सुरक्षा पर्खालले सवारी आवागमनलाई सुरक्षित र वर्षा याममा हुने सडक…

सूचना प्रविधिले नेपालको अर्थतन्त्र विकासमा पार्न सक्ने प्रभाव: सम्भावना र सरकारको दृष्टिकोण

नेपालको अर्थतन्त्र ऐतिहासिक रूपमा कृषि, पर्यटन र विदेशी रोजगारीमा निर्भर रहेको छ। युवा जनशक्ति, प्राकृतिक सम्पदा र सांस्कृतिक विविधताको धनी भए पनि व्यवस्थापनकोअभाव, उत्पादनशीलतामा कमी र बेरोजगारीको उच्च दरले गर्दा देशले सन्तुलित आर्थिक वृद्धि हासिल गर्न सकेको छैन। यस अवस्थामा, सूचना प्रविधि (IT) ले नेपालको आर्थिक परिवर्तनको नयाँ युग सुरु गर्न सक्ने सम्भावना देखिन्छ। विश्वव्यापी रूपमा डिजिटल अर्थतन्त्रको प्रभाव बढ्दै गएको बेलामा नेपालले आफ्नो युवा शक्ति, सस्तो र गुणस्तरीय मानव श्रम, र प्रविधिमा रहेको रुचिलाई पूँजी बनाउन सक्छ। यसै सन्दर्भमा, नेपाली कांग्रेसका नेता गगन थापाले हालै किर्तिपुरमा गरेको एक चुनावी…

विद्युत सेवा अवरुद्ध हुने

भोली चैत्र २ गते शनिबार धादिङको विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्र धादिङले सुचना जारी गर्दै देविघाट सवस्टेशन देखि रातमाटे सवस्टेशन हुदै धादिङवेशी–जरे– सल्यानटार आएको ३३ के.मि. प्रसारण लाईन अन्तर्गत बेलकोटगढी नगरपालिकामा पोल थप तथा लाईन मर्मत सुधार कार्य हुने भएको भोली शनिबार विहान ११ः०० बजेदेखि ३ः०० बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको हो । सुचनामा धादिङ सवस्टेशन, सल्यानटार सवस्टेशन र जरे सवस्टेशनबाट सञ्चालन हुने सम्पुर्ण एरियाहरु नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका, गजुरी गाउँपालिका, गल्छि गाउँपालिका,…

देशका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय  वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम  सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना  छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने…

पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने

 हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । साथै आज राती कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।  आगामी २४ घण्टासम्म नेपालमा वर्षा÷हिमापत गराउने प्रणाली छैन । साथै मौसम सम्बन्धी अद्यावधिक जानकारी लिएर मात्र योजना बनाउन विभागले अनुरोध गरेको…

नेपाल विद्युत् प्राधिकरणले आज बिजुली कटौती गर्ने

नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौको सतुङ्गल लगायतका क्षेत्रमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोकलगायतका क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धिलगायतका कार्यका लागि बिजुली कटौती हुने जनाएको हो । आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ती ठाउँमा बिजुली काटिने भएको हो । यस्तै मूलपानी सबस्टेशन निर्माण आयोजनाले पनि आज बेलुकीसम्म नै बानेश्वर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र, रत्नपार्क , जोरपाटी, बालाजु र कुलेश्वर वितरण केन्द्रलगायतका क्षेत्रमा बिजुली प्रवाह रोकिने जनाएको छ । निर्माणाधीन सबस्टेशनमा प्राविधिक कामका लागि ती…