पिप्ले–हाँडिखोला पुल निर्माण प्रक्रिया सुरु, ३.२२ करोडको टेन्डर आह्वान
धादिङ,३–चैत्र, धादिङको नीलकण्ठ नगरपालिका वडा नं। ७ अन्तर्गत तल्लोवेसी लगायतका स्थानीय बासिन्दाको लामो समयदेखिको आवश्यकता पूरा हुने भएको छ। पिप्ले–हाँडिखोला (ओडारे ढल्केवर) मा पुल निर्माण प्रक्रिया अगाडि बढेसँगै अब निर्माण कार्य सुनिश्चित भएको छ। नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा को योजना माग सिफारिसमा बागमती प्रदेशका पुर्व मुख्यमन्त्री शालिकराम जमरकटेल...