फ्रान्समा “ब्लक एभ्रिथिङ” आन्दोलन तीव्र : सडकदेखि रेल सेवासम्म प्रभावित

धादिङ २९-भदौ, फ्रान्स सरकारले ल्याएको कठोर बजेट र सार्वजनिक खर्च कटौतीविरुद्ध सुरु भएको “ब्लक एभ्रिथिङ” (Bloquons tout) आन्दोलन तीव्र बनेको छ। आन्दोलनका कारण राजधानी पेरिससहित प्रमुख सहरहरूमा दैनिक जीवन प्रभावित भएको छ। सरकारले प्रस्तुत गरेको नयाँ बजेटमा स्वास्थ्य, सामाजिक सुरक्षा र सार्वजनिक सेवामा खर्च कटौती गर्ने योजना, साथै दुई राष्ट्रिय बिदा खारेज गर्ने प्रस्ताव समावेश छ। यी नीतिहरूविरुद्ध श्रमिक संगठन, ट्रेड युनियन र सर्वसाधारण सडकमा उत्रिएका छन्। पेरिसमा प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै टायर बाल्ने गरेका छन्। रेल र सार्वजनिक यातायात सेवा ठप्प हुँदा यात्रुहरूलाई कठिनाइ भएको छ। एयरपोर्टहरूमा पनि सेवामा…

अमेरिका र इरानबीच बढ्दो तनाव

धादिङ, ९–असार अमेरिका र इरानबीच बढ्दो तनाव अन्ततः खुला युद्धमा परिणत भएको छ। पछिल्ला केही हप्तादेखि भइरहेको सैन्य र कूटनीतिक तनावले आज निर्णायक मोड लिएको हो, जब अमेरिकी सेनाले इरानको एक प्रमुख सैन्य आधारमा हवाई आक्रमण गर्‍यो। इरानले तत्काल जवाफी कारबाही गर्दै अमेरिकी सैन्य प्रतिष्ठानहरूमा मिसाइल आक्रमण गरेको पुष्टि भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रको नाममा सम्बोधन गर्दै भने, ‘हामी शान्ति चाहन्छौं तर हाम्रो सुरक्षामा आँच आउने कुनै पनि प्रयासको जवाफ दिन पछि हट्दैनौं।’ इरानी सर्वोच्च नेता आयतोल्ला अली खामेनीले भने, ‘यो आक्रमण इरानको स्वाभिमानमाथि धावा हो। हामी यसमा…

तत्काल युद्धविराम गर्न भारत र पाकिस्तानको सहमती

धादिङ, बैशाख-२७ भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानले तत्काल र पूर्ण युद्धविराम गर्न सहमति जनाएका बताउनुभएको छ । अमेरिकाको मध्यस्थतामा लामो समयको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका घोषणा गर्न पाउँदा आफूलाई खुशी लागेको ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा लेख्नुभएको छ । सहज बुद्धि र महान् बुद्धिमत्ताको प्रयोग गरेको भन्दै उहाँले दुवै देशलाई बधाई दिनुभएको छ । भारतका विदेश सचिव विक्रम मिश्रीले पनि भारत र पाकिस्तानबीच युद्धविराममा सहमति भएको जानकारी दिनुभएको बीबीसीले जनाएको छ…

रूस–युक्रेन युद्ध अन्त्य गर्न ठोस प्रस्ताव नआए अमेरिका मध्यस्थता प्रक्रियाबाट पछि हट्ने चेतावनी

धादिङ, वैशाख– १७ अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रूस–युक्रेन युद्ध अन्त्य गर्न ठोस प्रस्ताव नआए अमेरिका मध्यस्थता प्रक्रियाबाट पछि हट्ने चेतावनी दिनु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति वार्ता प्राथमिकतामा राखे पनि प्रगति नदेखिएको भन्दै धैर्य सकिँदै गएको संकेत गर्नु भएको छ । ट्रम्पले पुटिन शान्ति चाहन्छन् भन्ने संकेत दिए पनि रुसले तीन दिने युद्धविराम मात्रै प्रस्ताव गरेको छ, भने युक्रेन–समर्थित ३० दिनको युद्धविराम अस्वीकार गरेको छ । अमेरिका भने दीर्घकालीन र स्थायी शान्ति चाहन्छ । कूटनीतिक दबाबस्वरूप अमेरिकाले तयार पारेको प्रारूप युक्रेनका लागि अस्वीकार्य लाग्न सक्छ । ट्रम्पले…

बिहारमा असिना पानीका कारण २५ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लाहरूमा असिना पानीका कारण २५ जनाको मृत्यु भएको छ ।  भारतीय सञ्चार माध्यमका अनुसार बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारलाई ४ लाख भारतीय रुपैयाँ आर्थिक राहत दिने घोषणा गर्नु भएको छ ।   भारतीय मौसम विभागले बिहारका १३ जिल्लामा मौसमसम्बन्धी जोखिमको चेतावनी जारी गर्दै आगामी दुई दिनसम्म सजग रहन स्थानीयहरूलाई निर्देशन जारी गरेको छ । विगत दुई दिनदेखि बिहारमा पानीजन्य प्रकोपका कारण मृतकको सङ्ख्या बढिरहेको समाचारमा उल्लेख छ । 

रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीले हङकङमा हुने टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै

धादिङ, चैत्र २३नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा हुने टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि १४ जना खेलाडीको नाम सार्वजनिक गरेको छ । शृङ्खलाका लागि क्यानले लोकेश बम, साहब आलम र बसिर अहमदलाई लामो समयपछि टोलीमा राखेको जनाएको छ । यस्तै नन्दन यादव पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्दै छन् । क्यनाले रोहित पौडेलको कप्तानीमा आसिफ शेख, कुशल भुर्तेल, लाकेस बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, साहब आलम, नन्दन यादव, रिजन ढकाल र गुल्शनकुमार झासहित १४ सदस्यीय टोली घोषणा गरेको छ । यही चैत २७ गतेदेखि…

प्रधानमन्त्री ओली र शिनावात्राबीच भेटवार्ता, राजासँग साँझमा भेट्दै

धादिङ, चैत्र २०प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच भेटवार्ता भएको छ । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली र समकक्षी शिनावात्राबीविच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीले केहि दिन अगाडि थाइल्याण्डमा गएको ७.७ म्याग्निच्युडको भूकम्पले भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा.युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी छन् । थाइल्यान्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ त्यहाँका राजा महा वजिरालोङ्कोर्नसँग पनि…

दक्षिण कोरियाको जंगलमा लागेको आगोमा ऐतिहासिक बौद्ध मन्दिर जलेको छ 

धादिङ,चैत्र-१३ दक्षिण कोरियाको जंगलमा लागेको आगोमा ऐतिहासिक बौद्ध मन्दिर जलेको छ । राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपूर्वको उइसोङको पहाडको जङ्गलमा गत शुक्रबारदेखि आगो डढेलो लागेको थियो । डढेलोले त्यहाँ निकै बिनाश गरिरहेको छ । उइसोङ शहरमा लागेको आगोले ६१८ ईस्वीमा निर्मित बैद्ध मन्दिर गौन्सालाई जलाएको छ । जुन उइसोङ प्रान्तको सबैभन्दा ठूलो मन्दिरहरू मध्ये एक थियो । यससँगै  धेरै सम्पदा, सांस्कृतिक स्थलहरू आगलागीबाट प्रभावित भएका छन्। डढेलोले १८ जनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् भने  र हजारौंलाई सुरक्षित स्थानमा सारिएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूले ऐतिहासिक…

अमेरिकाले लाखौँ आप्रवासीको कानुनी हैसियत समाप्त गर्ने

अमेरिकाले लाखौँ आप्रवासीको कानुनी हैसियत समाप्त गर्ने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका सबैभन्दा ठुलो निर्वासन अभियान सञ्चालन गर्ने अभियानको अंशको रुपमा लाखौँ आप्रवासीको कानुनी हैसियत खारेज गर्ने घोषणा गरिएको हो । ट्रम्पले मुख्यतः ल्याटिन अमेरिकी मुलुकबाट आउने आप्रवासीलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ट्रम्पको आदेशले अमेरिका पुगेका लगभग पाँच लाख ३२ हजार क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका नागरिकलाई प्रभावित गर्नेछ । अमेरिकी गृह मन्त्रालयको आदेश संघीय रजिस्टरमा प्रकाशित भएको ३० दिनपछि गैरकानुनी रूपमा बसोबास गरेका भनिएका आप्रवासीले आफ्नो कानुनी सुरक्षा गुमाउनेछन् । ति आप्रवासीले अप्रिल २४ सम्ममा संयुक्त राज्य अमेरिका छोड्नुपर्ने…

पुटिनसँग भेट्दै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मंगलबार युक्रेन शान्ति वार्ता गर्ने बताएका छन् । वार्ताका क्रममा जमिन, विद्युत् उत्पादन केन्द्र र केही सम्पत्तिको बाँडफाँटका विषयमा पनि छलफल गरिने ट्रम्पले जनाएका छन्। यस वार्ताले रूस र युक्रेनबीच भइरहेको युद्ध रोक्न पनि पहल गर्ने जनाइएको छ।   रुसले अमेरिका र रूसी नेताहरूबीचको फोन वार्ता योजनाबद्ध रहेको पुष्टि गरेको छ तर उनीहरूले के छलफल गर्नेछन् भन्ने विषयमा भने जानकारी दिएको छैन। यसैबीच युरोपेली संघको विदेश नीति प्रमुख काजा कालासले रूसले शान्ति नचाहेको टिप्पढी गरे। उनले भने, ‘रूस वास्तवमा शान्ति चाहँदैन, किनभने…