पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई ११ रनले हरायो

धादिङ, चैत्र-१३,

पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई ११ रनले पराजित गरेको छ। नयाँ कप्तान श्रेयस अय्यरको साथ आईपीएलमा प्रवेश गरेको पञ्जाबले ५ विकेट गुमाउँदै २४३ रन बनाएको थियो। जवाफमा गुजरातले पनि २३२ रन बनायो तर यो स्कोर जितको लागि पर्याप्त भएन।

गुजरातले मंगलबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा बलिङ गर्ने निर्णय गरेको थियो। पञ्जाबका लागि श्रेयसले अविजित ९७ रन बनाए भने शशांक सिंहले ४४ र प्रियांश आर्यले ४७ रन बनाए। गुजरातका साई किशोरले ३ विकेट लिए। साई सुदर्शनले ७४, जोस बटलरले ५४, शेरफान रदरफोर्डले ४६ र कप्तान शुभमन गिलले ३३ रन बनाए।

टस हारेर पहिले ब्याटिङ पाएको पञ्जाब किंग्सले चौथो ओभरमा आफ्नो पहिलो विकेट गुमाएको थियो। त्येसपछि कप्तान श्रेयस ब्याटिङ गर्न आएका थिए। उनले पहिलो बलमै चौका प्रहार गरे। श्रेयसले ९ छक्का र ५ चौका प्रहार गर्दै ९७ रन बनाए। उनको पारीले नै टोलीलाई ठूलो स्कोरमा पुर्‍याउन मद्दत गर्‍यो।

Related posts

Leave a Comment