पाकिस्तानमा रेल अपहरण

पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित बोलान नजिकै क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेस रेललाई गोलीबारी गरेर अपहरण गरिएको छ। बलुच लिबरेशन आर्मी (बीएलए) ले रेल अपहरण गरी १२० यात्रुलाई बन्धक बनाएको दाबी गरेको छ। आक्रमणमा ६ सैनिकको मृत्यु भएको बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले पुष्टि गरेका छन्।  बलुचिस्तान अलग देश हुनुपर्ने माग गरेर सेनाविरुद्ध संघर्ष गरिरहेको बीएलएले आफ्नो समूहमाथि सैन्य कारबाही भए सबै बन्धकलाई मार्ने चेतावनी दिएको छ। एक सरकारी अधिकारीका अनुसार, ९ कोच भएको यो रेलमा करिब ५०० यात्रु सवार थिए। सुरुङ नम्बर ८ नजिकै हतियारधारी बीएलएले लडाकुले रेल रोकेका थिए।…

बिना कागजात अमेरिकामा बसिरहेका नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदियो

धादिङ बिना कागजात अवैधानिक रुपमा अमेरिकामा बसिरहेका १० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदिएको छ । अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालीहरुलाइ लिएर उडेको बिमान काठमाडौंमा बुधबार बिहान १० बजे अवतरण गरेको थियो । ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ । अमेरिकी सरकारले नेपालीलाई नेपालमै ल्याएर छोडिदिएको यो नै पहिलो घटना हो । विमानले विहिबार नेपालमा रहेका अमेरिकी नागरिक लिएर ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कने छ ।

इजरायल र हमासबीच युद्धविरामको पहिलो चरण सकियो, दोस्रो चरणको वार्ता अझै अनिश्चित

इजरायल र हमास लडाकू समूहबीच युद्धविरामको पहिलो चरण सकिएको छ। तर युद्धविराम सुरक्षित गर्ने अर्को चरणको वार्ता अझै अनिश्चित छ । सन् २०२३ को अक्टोबर ७ तारिखमा हमासले इजरायलमाथि गरेको आक्रमणपछि शुरू भएको १५ महिनाभन्दा लामो युद्धपछि गएको जनवरी १९ तारिखमा युद्धविराम लागू भएको थियो । शुरूको ६ हप्ताको अवधिमा हमासले इजरायली जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीहरूको बदलामा २५ जना जीवित बन्धकलाई मुक्त गर्दा अन्य आठ जनाको शव इजरायललाई फिर्ता गर्‍याे। बदलामा इजरायली सुरक्षा निकायले आफ्नो नियन्त्रणमा रहेका झण्डै एक हजार नौ सय जना कैदीबन्दीको रिहाइ गरेको छ । दोस्रो…

जेलेन्स्की र ट्रम्पबीच मतभेद

महत्त्वपूर्ण खनिज सम्झौताका लागि अमेरिका भ्रमणका रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मतभेद भएको छ । ह्वाइटहाउसमा भइरहेको भेटवार्ताका क्रममा समकक्षी ट्रम्पसँग तिक्तता बढेपछि जेलेन्स्की बाहिर निस्किएका बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आफूमाथि अपमानजनक व्यवहार गरेकाे जेलन्स्कीले आरोप लगाउनुभएको छ । ट्रम्पलाई युक्रेनको खनिज उद्योगमा अमेरिकी सहभागिताको सम्झौतामाथि हस्ताक्षर हुने विश्वास थियो । तर अमेरिकाले रुसलाई समर्थन गरेकोबारे असन्तुष्टि जनाउँदै जेलेन्स्कीले ट्रम्पका विभिन्न प्रस्तावलाई अस्वीकार गर्नुभएको खबरमा उल्लेख छ । ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शान्ति सम्झौता र अरू विभिन्न सम्झौताको पक्षमा रहेको भन्दै रुसको समर्थन…

साउथ अफ्रिकाद्वारा अफगानिस्तानसामु ३१६ रनको लक्ष्य प्रस्तुत

आइसिसी च्याम्पियन्स ट्रफीमा साउथ अफ्रिकाले अफगानिस्तानसामु ३१६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  पाकिस्तानको कँराचीमा टस जितेर पहिला ब्याटिङ गरेको साउथ अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३१५ रनको योगफल तयार पारेको हो ।   ओपनर रिआन रिकेल्टनले १०३ रन बनाएको साउथ अफ्रिकन इनिङ्समा क्याप्टेन टेम्बा बाभुमा, रसी दुसेन र एइडेन मारक्रमले अर्धशतक प्रहार गरे । बाभुमा ५८ र दुसेन ५२ रनमा आउट हुँदा मारक्रम भने ५२ रनमा नटआउट रहे ।   च्याम्पियन्स ट्रफीको आफ्नो डेब्यू म्याचमा मोहमद नाबीले २ तथा फजुल्लाक फरुदी, अज्मातुल्लाह ओमारजाई र नूर अहमदले समान एक…

च्याम्पियनस् ट्रफि अन्तर्गत तेस्रो खेल दक्षिण अफ्रीका र अफगानिस्थान बिच हुँदै

धादिङ, च्याम्पियनस् ट्रफि अन्तर्गत तेस्रो खेल दक्षिण अफ्रीका र अफगानिस्थान बिच आज नेपाली समय अनुसार अपरान्ह २ः४५ बजे कराँचिमा हुँदै छ । च्याम्पियनस् ट्रफि अन्तर्गत समुह ‘ए’ को खेलहरुमा न्यूजिल्यान्ड र भारत बिजयी भएका छन् । आजको खेल समुह ‘बि’ अन्तर्गत हुँदैछ भने समुह ‘बि’ अन्तर्गत कै दोस्रो खेल अष्ट्रेलिया र इङ्ल्यान्ड बिच भोली सोही समयमा हुनेछ । प्रतियोगीताको फाईनल खेल फागुन २५ गते हुनेछ ।

शुभमन गिलको सतकको मद्दतमा बङ्गलादेश बिरुद्ध भारत बिजयी

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । बिहीबार भएको समूह ए को खेलमा बंगलादेशलाई हराउँदै भारतले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । भारतले बंगलादेशलाई ६ विकेटले हराएको हो । बंगलादेशले दिएको २२९ रनको लक्ष्य भारतले ४६.३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । भारतका लागि शुभमन गिलले अविजित शतक बनाए । उनी १०१ रनमा अविजित रहँदा केएल राहुल पनि ४१ रनमा अविजित रहे । कप्तान रोहित शर्माले ४१ रन बनाए । बंगलादेशका लागि रिशाद होसेनले १० ओभरमा ३८ रन दिएर २ विकेट लिए । तास्कन अहमद र मुस्तफिजुर…

आजदेखि पाकिस्तानमा च्याम्पियन्स ट्रफी शुरू हुँदै

आजदेखि पाकिस्तानमा च्याम्पियन्स ट्रफी शुरू हुँदैछ । उद्घाटन खेलमा पाकिस्तान र न्युजिल्यान्ड खेल्नेछन् । यो खेल नेपाली समयअनुसार दिउँसो ३ बजे शुरू हुनेछ । न्युजिल्यान्डका तीव्र गतिका बलर लकी फर्गुसन खुट्टामा चोटका कारण प्रतियोगिताबाट बाहिरिएका र उनको ठाउँमा काइल जेमिसनलाई टोलीमा बोलाइएको छ । १९ दिनसम्म चल्ने यस प्रतियोगितामा विश्वका उत्कृष्ट आठ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा १५ वटा खेल हुनेछन् । भारतका खेल भने दुबईमा हुनेछ । च्याम्पियन्स ट्रफीको फाइनल खेल मार्च ९ मा हुनेछ ।  

४० वर्षको रेकर्ड तोड्दै एकदिवसीय क्रिकेटमा अमेरिकाको कीर्तिमानी जित

 आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकाले कीर्तिमानी जित हासिल गरेको छ । मंगलबार भएको खेलमा अमेरिकाले सबैभन्दा कम योगफल डिफेन्ड गर्दै ‌ओमानलाई हरायो । अमेरिकाले ओमानविरूद्ध १२२ रनको योगफल डिफेन्ड गरेको हो । जवाफी ब्याटिङ गरेको ओमान ६५ रनमै अलआउट भयो । ओमानलाई सस्तैमा समेट्न अमेरिकाका नोसथुस केन्जिगेले ७.२ ओभरमा ११ रन दिएर ५ विकेट लिए । यो एकदिवसीय क्रिकेटमा कुनै पनि ओभर नघटाइकन पूरै ५० ओभरनै खेलिएको खेलमा सबैभन्दा कम योगफल डिफेन्ड भएको कीर्तिमान हो । यसअघि सन् १९८५ मा भारतले पाकिस्तानविरूद्ध रथम्यान्स कपमा १२५ रनको स्कोर डिफेन्ड…

दक्षिण कोरियामा डीपसीक च्याटबोट डाउनलोडमा प्रतिबन्ध

दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबोट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ। सरकारी एजेन्सीका अनुसार यो एआई मोडेल दक्षिण कोरियाका मानिसहरूका लागि त्यतिबेला मात्र उपलब्ध हुनेछ जब उक्त कम्पनीले देशको व्यक्तिगत डाटा संरक्षण कानुनको पालना सुनिश्चित गर्नेछ । बीबीसीका अनुसार पछिल्लो हप्ता डीपसीक दक्षिण कोरियामा निकै चर्चित बनेको थियो। एप स्टोरबाट लाखौंले यसलाई डाउनलोड गरिसकेका छन्। डीपसीक लोकप्रिय भएलगत्तै यो धेरै देशहरूमा अनुसन्धानको दायरामा परेको छ। गोपनीयता र राष्ट्रिय सुरक्षासम्बन्धी चिन्तालाई देखाउँदै विभिन्न स्थानहरूमा यस एपमा प्रतिबन्ध लगाइँदैछ। यसअघि नै दक्षिण कोरियामा एप डाउनलोड गरिसकेकाहरूले आफ्नो फोनबाट यसलाई प्रयोग गर्न…