पुटिनसँग भेट्दै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मंगलबार युक्रेन शान्ति वार्ता गर्ने बताएका छन् । वार्ताका क्रममा जमिन, विद्युत् उत्पादन केन्द्र र केही सम्पत्तिको बाँडफाँटका विषयमा पनि छलफल गरिने ट्रम्पले जनाएका छन्। यस वार्ताले रूस र युक्रेनबीच भइरहेको युद्ध रोक्न पनि पहल गर्ने जनाइएको छ।  

रुसले अमेरिका र रूसी नेताहरूबीचको फोन वार्ता योजनाबद्ध रहेको पुष्टि गरेको छ तर उनीहरूले के छलफल गर्नेछन् भन्ने विषयमा भने जानकारी दिएको छैन। यसैबीच युरोपेली संघको विदेश नीति प्रमुख काजा कालासले रूसले शान्ति नचाहेको टिप्पढी गरे। उनले भने, ‘रूस वास्तवमा शान्ति चाहँदैन, किनभने ब्रसेल्समा युक्रेनको बारेमा वार्ता भइरहेको छ।’

Related posts

Leave a Comment