धादिङ चैत्र १०,
आइतबार सुन चाँदीको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको हो ।
व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा किनबेच भईरहेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेको छ । शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा १ हजार ९ सय ८० रुपैयाँ किनबेच भइरहेको छ ।
