रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीले हङकङमा हुने टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै

धादिङ, चैत्र २३
नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा हुने टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि १४ जना खेलाडीको नाम सार्वजनिक गरेको छ । शृङ्खलाका लागि क्यानले लोकेश बम, साहब आलम र बसिर अहमदलाई लामो समयपछि टोलीमा राखेको जनाएको छ । यस्तै नन्दन यादव पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्दै छन् ।

क्यनाले रोहित पौडेलको कप्तानीमा आसिफ शेख, कुशल भुर्तेल, लाकेस बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, साहब आलम, नन्दन यादव, रिजन ढकाल र गुल्शनकुमार झासहित १४ सदस्यीय टोली घोषणा गरेको छ ।

यही चैत २७ गतेदेखि ३१ गतेसम्म हुने शृङ्खलामा नेपाल र घरेलु टोली हङकङसहित कतार र कुवेतले सहभागिता जनाउने छन् । नेपालले पहिलो दिन कतारसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । दोस्रो खेल २७ गते कुवेत र तेस्रो खेल ३० गते हङकङसँग खेल्नेछ ।

लिग चरणमा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Related posts

Leave a Comment