प्रधानमन्त्री ओली र शिनावात्राबीच भेटवार्ता, राजासँग साँझमा भेट्दै


धादिङ, चैत्र २०
प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच भेटवार्ता भएको छ ।

थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली र समकक्षी शिनावात्राबीविच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओलीले केहि दिन अगाडि थाइल्याण्डमा गएको ७.७ म्याग्निच्युडको भूकम्पले भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा.युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी छन् ।

थाइल्यान्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ त्यहाँका राजा महा वजिरालोङ्कोर्नसँग पनि भेटवार्ता गर्दै हुनुहुन्छ ।

Related posts

Leave a Comment