अमेरिकाले लाखौँ आप्रवासीको कानुनी हैसियत समाप्त गर्ने

अमेरिकाले लाखौँ आप्रवासीको कानुनी हैसियत समाप्त गर्ने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका सबैभन्दा ठुलो निर्वासन अभियान सञ्चालन गर्ने अभियानको अंशको रुपमा लाखौँ आप्रवासीको कानुनी हैसियत खारेज गर्ने घोषणा गरिएको हो ।

ट्रम्पले मुख्यतः ल्याटिन अमेरिकी मुलुकबाट आउने आप्रवासीलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ट्रम्पको आदेशले अमेरिका पुगेका लगभग पाँच लाख ३२ हजार क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका नागरिकलाई प्रभावित गर्नेछ ।

अमेरिकी गृह मन्त्रालयको आदेश संघीय रजिस्टरमा प्रकाशित भएको ३० दिनपछि गैरकानुनी रूपमा बसोबास गरेका भनिएका आप्रवासीले आफ्नो कानुनी सुरक्षा गुमाउनेछन् । ति आप्रवासीले अप्रिल २४ सम्ममा संयुक्त राज्य अमेरिका छोड्नुपर्ने हुन्छ। 

Related posts

Leave a Comment