अन्ततः फुट्यो नेपाली कांग्रेस

धादिङ,३०-पुष नेपाली राजनीतिमा ठूलो हलचल ल्याउने गरी नेपाली कांग्रेस अन्ततः विभाजनको अवस्थामा पुगेको छ। पार्टीभित्र लामो समयदेखि चलिरहेको नेतृत्व विवाद र विशेष महाधिवेशनको विषयलाई लिएर देखिएको टकरावले पार्टी विभाजनको अबस्थामा पुगेको छ । यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा तथा उपमहामन्त्री फरमुल्लाह मन्सुर लाई पार्टीको विधान र अनुशासन उल्लंघन गरेको आरोपमा पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको थियो । यस निर्णयपछि पार्टीभित्रको विवाद झनै चर्किएको छ। निष्कासित नेताहरूले यस निर्णयलाई अस्वीकार गर्दै आफूहरू वैधानिक नेतृत्वधारी भएको दाबी गरेका छन्। संस्थापन पक्षले विशेष महाधिवेशन बोलाउने…

वडा अध्यक्षद्वारा थाक्रे गाउँपालिका को स्वास्थ्य शाखामा तालाबन्दी

पौष ३० धादिङ धादिङको थाक्रे गाउँपालिकाअन्तर्गत वडा नम्बर ६ स्थित महादेवबेसी स्वास्थ्य चौकीमा लामो समयदेखि आवश्यक नर्सिङ कर्मचारी नपठाइएपछि वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष हीरा बहादुर थापा (राजेन्द्र) ले गाउँपालिका को स्वास्थ्य शाखामा तालाबन्दी गरेका छन्। विगतका वर्षहरूमा वार्षिक ७० देखि ८० जनासम्म सुत्केरी हुने उक्त स्वास्थ्य चौकीमा नर्सिङ कर्मचारीको अभावका कारण प्रसूति सेवा (बर्थिङ सेवा) गम्भीर रूपमा प्रभावित भएको जनाइएको छ। पटक–पटक सुत्केरी सेवा सञ्चालनका लागि कर्मचारी माग गर्दा पनि स्वास्थ्य शाखाले आवश्यक जनशक्ति नपठाउँदा सेवा पूर्ण रूपमा अवरुद्ध भएको र यसबाट विशेषगरी गर्भवती तथा सुत्केरी…

स्कटल्यान्डसँगको खेलमा नेपाल पराजित

विश्वकप लिग टु अन्तर्गतको खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको छ। टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २३ रन बनाएको थियो । स्कटल्यान्डका लागि कप्तान रेसिल ब्रेङ्कनले सर्वाधिक १ सय २ रन १ सय १४ बल खेल्दै बनाए । त्यसैगरी मिकचेल लिक्स र चार्ली टियरले क्रमश ९६ र ६८ रन बनाए । बलिङतर्फ नेपालका करण केसी र दिपेन्द्र सिंह एरीले समान दुईदुई विकेट लिए भने ललित राजबंशीले एक विकेट हात पारे । ३ सय२४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल ५० ओभरमा…

जिल्ला स्तरीय एकिकृत पर्यापर्यटन योजना निर्माण गोष्ठी धादिङमा सम्पन्न

धादिङ ३ बैशाख सदरमुकाम धादिङबेसीमा जिल्ला स्तरीय एकिकृत पर्यापर्यटन योजना निर्माण गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय प्रमुख नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रदेश सांसद गोविन्द लम्साल, संविधान सभा सदस्य पुष्प विक्रम मल्ल, गुरु प्रसाद बुर्लाकोटी, खेम लोहनी, रामकुमार अधिकारी विभिन्न नगरपालिकाको नगरप्रमुख, उपप्रमुख, गाउँपालिकाको प्रमुख तथा उपप्रमुखहरु, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधीहरु, विभिन्न पर्यटन विज्ञ तथा व्यवसायीहरु लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नेुहुदै कार्यक्रमको प्रमुख अतिथि कृषि तथा…

नीलकण्ठ नगरपालिका वडा नम्बर १२ र १३ मा दलित सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न

धादिङ चैत्र ३०धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ र १३ मा दलित सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर १३ का वडा अध्यक्ष सोम बहादुर गुरुङ, नीलकण्ठ नगरपालिका सामाजिक विकास शाखा प्रमुख उर्मिला थपलिया, महिला विकास शाखा प्रमुख निर्मला के सी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि विश्वकर्माले दलितले आफ्नो अधिकार र कानुनमा लेखिएको कुराको जानकारी लिनुपर्ने र आफू पनि आर्थिक रुपमा सबल र सक्षम हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दलितहरुको न्यायका…

कमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय लगियो

धादिङ चैत्र २९ तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ । भारतबाट पक्राउ परेका प्रसाईंलाई केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो । त्यहाँ आवश्यक कागजात मिलाएर प्रसाईंलाई अहिले सरकारी वकिलको कार्यालय लगिएको हो । सरकारी वकिलको कार्यालयबाट प्रसाईंलाई केहीबेरमा जिल्ला अदालत काठमाडौं लगिनेछ । उनीविरुद्ध आजै म्याद थप गर्ने तयारी छ ।ज्यान मार्ने उद्योग लगायतका कसुरमा उनीविरुद्ध मुद्दा चलाउने तयारी रहेको प्रहरी स्रोतले बताएको छ । गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनपछि प्रसाईं फरार थिए ।

नवराज सुवेदी घरमै नजरबन्द

ganesh news

धादिङ,चैत्र-१६ प्रहरीले नवराज सुवेदीलाई पनि घरमै नजरबन्द गरेको छ । उहाँ केही दिन अघि राजावादीले गठन गरेको  ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक हुनुहुन्छ ।  गुह्वेश्वरी हाइटस्थित निवासमै प्रहरीले उहाँलाई नजरबन्द गरेको परिवारलाई उदृत गर्दै राप्रपाका प्रवक्ता सगुन लावतीले जानकारी दिनुभयो। सुवेदी तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा शुक्रबार सहभागी हुनुभएको थियो ।  आन्दोलनलाई भड्काएको आरोपमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ पर्नुभएको छ। 

बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको मात्रा उच्च

नेपालमा व्यावसायिक रुपमा बिक्री हुने बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको मात्रा उच्च देखिएको छ । मानव स्वास्थ्य र वातावरणमा यसले गम्भीर असर पार्ने विज्ञहरु बताउँछन् । काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा.विकास अधिकारी, ई.युवराज दाहाल, ई.करुणा गौतम र ई.रशिका पण्डितले गरेको यो अध्ययनको रिपोर्ट प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नल स्प्रिन्गर नेचरमा प्रकाशित छ । अध्ययनका लागि नेपालमा बिक्री हुने ११ ब्रान्डका ५६ वटा नमूना संकलन गरिएको थियो। यी नमूनाहरू नेपालका सातै प्रदेशका विभिन्न जिल्लाबाट संकलन गरिएको थियो। विशेष गरी हिमाल, पहाड र तराईका जिल्ला समेटिने गरी रसुवा, काठमाडौं, चितवन, कास्की, दाङ, सुर्खेत, झापा, पर्सा,…

नीलकण्ठ नगरपालिका भित्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण

धादिङको नीलकण्ठ नगरपालिका भित्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गरिएको छ । नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख दिपक विश्वकर्माको विशेष पहलमा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य विष्णु पुकार श्रेष्ठको साझेदार समन्वयमा गत आईतबार देखि नगरपालिकाको विभिन्न वडामा रहेको विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ । हिजो सोमबार सम्ममा नगरपालिका भित्रका ७ वटा विद्यालयका ११ सय ७२ जना विद्यार्थीहरुलाई झोला, स्टेशनरी, विद्यालय पोशाक तथा सरसफाई सामाग्री वितरण गरिएको थियो । त्यस्तै मंगलबार नीलकण्ठ १२ साङकोष माध्यमिक विद्यालयमा ९१ जना, नीलकण्ठ १४ स्थित सरस्वती माध्यमिक विद्यालयमा १०४, नीलकण्ठ नगरपालिका वडा नम्बर २…

बेनिघाट रोराङ गाउँपालिकामा “पालिकासँग महिलाका कुरा” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ- धादिङको बेनिघाट रोराङ गाउँपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गाउँपालिकासंग महिलाका कुरा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै हरेक वर्ष फागुन २४ गते मनाईने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गाउँपालिकासंग महिलाका कुरा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले सञ्चालन गर्नूभएको कार्यक्रममा बागमती प्रदेशसभाका पूर्व साँसद एवम् नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कञ्चन खनाल , गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरे, विभिन्न राजनैतिक दलका प्रतिनिधि, सम्पुर्ण महिला समुह, सामाजिक अगुवा, शीर्षस्थ नेतृत्व,…