नवराज सुवेदी घरमै नजरबन्द

ganesh news

धादिङ,चैत्र-१६

प्रहरीले नवराज सुवेदीलाई पनि घरमै नजरबन्द गरेको छ । उहाँ केही दिन अघि राजावादीले गठन गरेको  ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक हुनुहुन्छ । 

गुह्वेश्वरी हाइटस्थित निवासमै प्रहरीले उहाँलाई नजरबन्द गरेको परिवारलाई उदृत गर्दै राप्रपाका प्रवक्ता सगुन लावतीले जानकारी दिनुभयो। सुवेदी तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा शुक्रबार सहभागी हुनुभएको थियो । 

आन्दोलनलाई भड्काएको आरोपमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ पर्नुभएको छ। 

Related posts

Leave a Comment