विश्वकप लिग टु अन्तर्गतको खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको छ।
टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २३ रन बनाएको थियो । स्कटल्यान्डका लागि कप्तान रेसिल ब्रेङ्कनले सर्वाधिक १ सय २ रन १ सय १४ बल खेल्दै बनाए । त्यसैगरी मिकचेल लिक्स र चार्ली टियरले क्रमश ९६ र ६८ रन बनाए । बलिङतर्फ नेपालका करण केसी र दिपेन्द्र सिंह एरीले समान दुईदुई विकेट लिए भने ललित राजबंशीले एक विकेट हात पारे ।
३ सय२४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल ५० ओभरमा मात्र ३ सय २१ रनमा समेटियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ७३ रन बनाए भने दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले क्रमश ५६ र ६७ रन बनाए।
अघिल्लोक्रमको ब्याट्सम्यान चल्न नसक्दा आज नेपालले हारबेहोर्नु परेको हो। लिग टुका खेलहरूमा यो नेपालको ११ औँ हार हो।
अङ्कतालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा छ। नेपालभन्दा पछाडि १६ खेल खेलेको युएई ६ अङ्कका साथ पुछारमा छ।
लिग टु को स्कटल्यान्ड भ्रमण सिरिजमा अब अन्तिम खेल नेदरल्यान्डसँग २७ गते खेल्नेछ।
