बेनिघाट रोराङ गाउँपालिकामा “पालिकासँग महिलाका कुरा” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ- धादिङको बेनिघाट रोराङ गाउँपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गाउँपालिकासंग महिलाका कुरा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गर्दै हरेक वर्ष फागुन २४ गते मनाईने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गाउँपालिकासंग महिलाका कुरा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले सञ्चालन गर्नूभएको कार्यक्रममा बागमती प्रदेशसभाका पूर्व साँसद एवम् नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कञ्चन खनाल , गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरे, विभिन्न राजनैतिक दलका प्रतिनिधि, सम्पुर्ण महिला समुह, सामाजिक अगुवा, शीर्षस्थ नेतृत्व, आमा समूह, महिला सहकारी, स्वास्थ्य आमा समूह, गैह्र सरकारी संस्था, राष्ट्रसेवक कर्मचारी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि पुर्व सांसद खनालले कुनै पनि तालिम लिगेर व्यवहारमा लागु नगरे प्रतिफल प्राप्त नहुने बताउनुभयो । उहाँले तालिम प्रदान गर्ने संस्थाले पनि तालिम संचालन पछि बिउ पुँजी छ कि छैन ? र लक्षितवर्गले अवसर पाए कि पाएनन ? भन्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले महिला श्रमिकहरू समाज र राष्ट्र निर्माणका लागि महत्वपूर्ण योगदान दिने भएकाले उनीहरूको हक र अधिकार सुनिश्चित गर्न स्थानीय सरकारलाई  जिम्मेवार बन्न पनि आग्रह गर्नुभयो।

त्यसैगरि कार्यक्रममा सहभागी नेकपा एमालेका प्रतिनिधि हिरा रेग्मी, नेकपा माओवादी केन्द्रका प्रतिनिधि संगिता कँडेल लगायतले महिला श्रमिकहरूले भोग्नुपरेका चुनौती, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा, न्याय, सुरक्षित कार्यस्थल, डिजिटल प्लेटफर्ममा महिलाको पहुँच जस्ता विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

त्यसैगरि गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ,उपाध्यक्ष टाप बहादुर श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरेले अगुवा महिलाहरूसंग सहकार्य गरेर महिला श्रमिकहरूको सशक्तीकरणका लागि विभिन्न कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ का वडा सचिव निरा चेपाङले पठन पाठनबाट काम प्रति हौसला बढ्न सक्ने र महिलाले पनि मौका प्राप्त गर्न सके गर्न सक्छन भन्ने उदाहरण दिन सकिने बताउनुभयो ।

मुख्य गरि उक्त अन्तरक्रिया कार्यक्रममा किशोर किशोरीले पछिल्लो ५ वर्षमा आफ्नो वरिपरि लैङ्गिक सवालमा भोगेका देखेका आफ्ना आफ्ना सकारात्मक भोगाई व्यक्त गरेका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा महिला र बालिकाको हक, अधिकार, समानता र सशक्तीकरण सम्बन्धमा ईच्छुक सहभागीले पालिका र समाजका लागि आफ्ना राय, सुझाव,लैङ्गिक विभेद, सङ्घर्ष झेल्दै जीवनमा सफलता हाँसिल गरेका प्रेरक प्रसंग, सफलताका निजी कथा र प्रेरणात्मक भोगाई, र दलित महिला सदस्यले आफू निर्वाचित भए पश्चात निजी र सामाजिक जीवनमा ल्याउन सकेको सकारात्मक परिवर्तन लगायत विभिन्न विषयमा आधारित मुद्धाहरुबारे चर्चा गरिएको थियो ।

Related posts

Leave a Comment