धादिङ नेपाल आयल निगमले डिजेल/मट्टीतेलको मूल्य घटाएको छ । निगमका अनुसार, डिजेल/मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको छ । निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो । पेट्रोलको मूल्य भने यथावत् राखिएकाे छ ।
Category: Uncategorized
पाकिस्तानद्वारा भारतलाई २४२ रनको लक्ष्य
आइसिसी च्याम्पियन्स ट्रफीमा पाकिस्तानले भारतलाई २४२ रनको लक्ष्य दिएको छ । यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको आयोजक पाकिस्तानले ४९.४ ओभरमा २४१ रनमा अलआउट भएको हो । पाकिस्तानका लागि साउद शकिलले ६२ र क्याप्टेन मोहमद रिजवानले ४६ रन बनाए । ४७ रन जोड्दा २ विकेट गुमाएको स्थिति सम्हाल्दै रिजवान र शकिलले तेस्रो विकेटका लागि १०४ रनको साझेदारी गरेपछि पाकिस्तान सम्मानजनक योगफल तयार पार्न सफल भयो । खुस्दिल शाहले ३८ रन बनाउँदा बाबर आलम २३ रनमा आउट भए । सल्मान आघाले १९ रनको योगदान गरे । बलिङतर्फ…
न्युजिल्याण्डले साविक विजेता पाकिस्तानलाई हराएयो
बुधबारदेखि पाकिस्तानमा सुरु भएको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा न्युजिल्याण्डले विजयी सुरुवात गरेको छ । न्युजिल्याण्डले आयोजक तथा साविक विजेता पाकिस्तानलाई ६० रनले हराएको हो । न्युजिल्याण्डले दिएको ३२१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.२ ओभरमा २६० रनमा समेटियो । खुशदिल शाहले सर्वाधिक ६९ रन बनाए भने बाबर आजमले ६४ रन बनाए । त्यस्तै सलमान आघाले ४२ रन बनाए । न्युजिल्याण्डका विलियम ओ’रोर्केले ९ ओभरमा ४७ रन दिएर ३ विकेट लिए । कप्तान मिचेल सान्टनरले १० ओभरमा ६६ रन दिएर ३ विकेट लिए । म्याट हेनरीले २ तथा नेथन स्मिथले १ विकेट…
त्रिशूली नदीमा बेपत्ता भएका चालक खोज्न गोताखोर परिचालन
फागुन २ धादिङ।नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका चालक खोज्न गोताखोर परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमान्डमा ६ जना गोताखोर टोली खोजीमा जुटेको हो । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार व्यक्ति त्रिशूलीमा खसेका थिए । डीएसपी महतोका अनुसार दुर्घटनास्थलमा लमजुङको साविक चन्द्रेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित…
धादिङमा भोली विद्युत सेवा अवरुद्ध हुने
धादिङमा भोली माघ २६ गते शनिबार विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको धादिङ वितरण केन्द्रले एक सुचना जारी गर्दै शनिबार देविघाट सवस्टेशनदेखि रातमाटे सवस्टेशन हुँदै धादिङवेशी–जरे–सल्यानटार ३३ के.भी. प्रसारण लाइनको दायाँ–बायाँका रुखका हाँगाहरू काट्ने र मर्मत कार्य गर्नुपर्ने भएकोले विद्युत सेवा अवरुद्ध हुने जनाएको हो । उक्त समयमा निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, वेनीघाट रोराङ रोराङगाउँपालिका, गजुरी गाउँपालिका, गल्छी गाउँपालिका, गंगाजमुना गाउँपालिका र गोरखा जिल्लाको आरुघाट फिडर अन्तर्गतका केही स्थानहरूमा विद्युत अवरुद्ध हुने सुचनामा उल्लेख गरिएको छ । विद्युत बिहान ११ बजे देखि…
पाथीभरा केबलकार विवाद: तीन मन्त्रालयको प्रतिनिधिसहित वार्ता समिति बनाइने
गृहमन्त्री रमेश लेखकले वार्तामार्फत पाथीभरा केबलकारको समस्या समाधान गर्ने बताउनुभएको छ। मङ्गलबार (आज) साँझ ताप्लेजुङ, सङ्खुवासभा, इलाम, धनकुटा र पाँचथरका सांसदहरूसँग छलफल गरेर लेखकले यस्तो बताउनु भएको हो । छलफलमा सहभागी ताप्लेजुङकी सांसद उर्मिला थेबेले गृहमन्त्री लेखकलाई उद्धृत गर्दै भन्नु भयो , वार्ता समिति बनाउनुपर्छ र संवादकै माध्यमबाट समस्या समाधान गर्नुपर्छ। सांसद थेबेका अनुसार चाँडै वार्ता समिति बनाउने सहमति भएको छ। समितिमा गृह, पर्यटन र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिसमेत समाहित गरिने उहाँले बताउनु भयो । सांसद थेबेले सबै सांसदहरू केबलकार बनाउनैपर्नेमा देखिएको दाबीसमेत गर्दै योगेश, सुहाङलगायत सबै सबै माननीयहरूले केबलकार…
योगा गुरु बाबा रामदेव र उनको सहयोगी आचार्य बालकृष्णविरुद्ध जमानती पक्राउ पुर्जी जारी
योगा गुरु बाबा रामदेव र उनको सहयोगी आचार्य बालकृष्णविरुद्ध जमानती पक्राउ पुर्जी जारी भएको छ । पतञ्जली आयुर्वेदको स्वास्थ्य सेवा उत्पादनहरूमा भ्रामक विज्ञापनहरू गरेको आरोपमा केरला औषधि नियामकहरूले दायर गरेको उजुरीको आधारमा केरलाको एक अदालतले उनीहरुविरुद्ध जमानती पक्राउ पुर्जी जारी गरेको हो। बिहीबार पलक्कड जिल्ला अदालतले उनीहरुविरुद्ध जमानती पक्राउ पुर्जी जारी गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। केरलाका ओप्थामोलोजिस्ट केभी बाबुले सन् २०२३ को नोभेम्बर उनीहरुविरुद्ध उजुरी दर्ता गरेका थिए । त्यसपछि केरलाको औषधि नियन्त्रण विभागले राज्यका अधिकारीहरूलाई पतञ्जलिविरुद्ध कानुनी कारबाही सुरु गर्न निर्देशन दिएको थियो । कम्पनीमाथि ड्रग एन्ड…
