नीलकण्ठ नगरपालिका भित्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण

धादिङको नीलकण्ठ नगरपालिका भित्रका विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख दिपक विश्वकर्माको विशेष पहलमा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य विष्णु पुकार श्रेष्ठको साझेदार समन्वयमा गत आईतबार देखि नगरपालिकाको विभिन्न वडामा रहेको विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ ।

हिजो सोमबार सम्ममा नगरपालिका भित्रका ७ वटा विद्यालयका ११ सय ७२ जना विद्यार्थीहरुलाई झोला, स्टेशनरी, विद्यालय पोशाक तथा सरसफाई सामाग्री वितरण गरिएको थियो ।

त्यस्तै मंगलबार नीलकण्ठ १२ साङकोष माध्यमिक विद्यालयमा ९१ जना, नीलकण्ठ १४ स्थित सरस्वती माध्यमिक विद्यालयमा १०४, नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित महेन्द्र माध्यमिक विद्यालयका २ सय ५८ जना विद्यार्थीहरुलाई झोला, स्टेशनरी, तथा सरसफाई सामाग्री वितरण गरिएको नगर उपप्रमुख दिपक विश्वकर्माले गणेश न्यूजलाई जानकारी दिनुभयो ।

Global co–opretion for development, China foundation for rural development  र नीलकण्ठ नगरपालिकाको संयुक्त प्रयासमा ४३ लाख १४ हजार ९ सय ४१ मूल्य बराबरको शैक्षिक सामग्री वितरण गरिने भएको हो ।

शिक्षामा सुधार तथा शैक्षिक गुणस्तरियता कायम गर्नका लागि नगरपालिकाका अन्य वडाका विद्यालयहरुमा पनि आवश्यक पहल गरि वितरण गरिने नगर उपप्रमुख विश्वकर्माको भनाई छ ।

Related posts

Leave a Comment