बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको मात्रा उच्च

नेपालमा व्यावसायिक रुपमा बिक्री हुने बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको मात्रा उच्च देखिएको छ ।

मानव स्वास्थ्य र वातावरणमा यसले गम्भीर असर पार्ने विज्ञहरु बताउँछन् । काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा.विकास अधिकारी, ई.युवराज दाहाल, ई.करुणा गौतम र ई.रशिका पण्डितले गरेको यो अध्ययनको रिपोर्ट प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नल स्प्रिन्गर नेचरमा प्रकाशित छ ।

अध्ययनका लागि नेपालमा बिक्री हुने ११ ब्रान्डका ५६ वटा नमूना संकलन गरिएको थियो। यी नमूनाहरू नेपालका सातै प्रदेशका विभिन्न जिल्लाबाट संकलन गरिएको थियो।

विशेष गरी हिमाल, पहाड र तराईका जिल्ला समेटिने गरी रसुवा, काठमाडौं, चितवन, कास्की, दाङ, सुर्खेत, झापा, पर्सा, कैलाली लगायतका जिल्लाहरूबाट नमूना संकलन गरिएको थियो।

Related posts

Leave a Comment