जिल्ला स्तरीय एकिकृत पर्यापर्यटन योजना निर्माण गोष्ठी धादिङमा सम्पन्न


धादिङ ३ बैशाख

सदरमुकाम धादिङबेसीमा जिल्ला स्तरीय एकिकृत पर्यापर्यटन योजना निर्माण गोष्ठी सम्पन्न भएको छ ।

जिल्ला समन्वय प्रमुख नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै प्रदेश सांसद गोविन्द लम्साल, संविधान सभा सदस्य पुष्प विक्रम मल्ल, गुरु प्रसाद बुर्लाकोटी, खेम लोहनी, रामकुमार अधिकारी विभिन्न नगरपालिकाको नगरप्रमुख, उपप्रमुख, गाउँपालिकाको प्रमुख तथा उपप्रमुखहरु, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधीहरु, विभिन्न पर्यटन विज्ञ तथा व्यवसायीहरु लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नेुहुदै कार्यक्रमको प्रमुख अतिथि कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले पर्यटन भित्र्याउनका लागि धादिङ जिल्लामा रहेका विभिन्न जातजातीको संस्कृतिको जगेर्ना गर्नुपर्ने र विषादी रहित अर्गानिक कृषि उपजहरुको उत्पादन बढाउनुपर्ने बताउनुभयो ।

त्यस्तै प्रदेश सांसद गोविन्द लम्सालले पुर्वाधार विकासमा जोड दिनुपर्ने र आपतकालिन समयमा उद्धारका लागि हरेका समय तयार रहन सक्ने गरी योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

संविधान सभा सदस्य पुष्प विक्रम मल्लले बुढीगण्डकी आयोजना लगायतका विकास निर्माणका कार्यहरुमा नेकपा माओवादी लगायत सबै पार्टीहरु सबै मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

Related posts

Leave a Comment