धादिङ, चैत्र-१४ संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ् । नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले अवरोध गरेपछि बुधबारको प्रतिनिधि सभा बैठक आज बिहान ११ बस्ने गरी स्थगित गरिएको हो । विपक्षीको अवरोधकै कारण राष्ट्रिय सभाको बैठक पनि आज मध्यान्ह सवा १२ बजेका लागि आब्हान गरिएको छ । कुलमानलाई बर्खास्त गरेको बारेमा प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद चल्न नदिने प्रतिपक्षको अडान छ । आज प्रतिनिधिसभाको बैठकमा प्रश्नोत्तरको कार्यक्रम रहेको छ । अर्थ मन्त्रालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति,…
Category: राजनीति
Politics
नवनियुक्त कार्यकारी निर्देशक शाक्य पनि सर्वोच्च अदालतमा
धादिङ,चैत्र-१३ नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि निवेदन लिएर सर्वोच्च अदालत पुग्नुभएको छ। उहाँको यसअघिको कार्यकालको सेवा सुविधाका विषयमा निवेदन लिएर सर्वोच्च पुग्नुभएको हो। उहाँको निवेदन ढिलो पेश भएकाले अध्ययन भैनसकेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। बिहीबार निवेदनबारे अध्ययनपछि दर्ता हुने बताइएको छ। शाक्यलाई यसअघिको सरकारले कार्यकारी निर्देशकको पदबाट हटाएर कुलमान घिसिङलाई नियुक्त गरेको थियो।
बर्खास्ती पछि घिसिङ सर्वोच्च अदालतमा
धादिङ,चैत्र-१३ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुग्नुभएको छ । बुधबार अपराह्नमा घिसिङको तर्फबाट लोकमणि पोखरेलले रिट लिएर सर्वोच्च पुग्नुभएको हो । उहाँले नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरणलाई विपक्ष बनाउनुभएको छ । उहाँको रिट भने दर्ता हुन बाँकी छ। बुधबार रिट ढिला आएकोले दर्ता नभएको अदालतले जनाएको छ। बिहीबार रिटको बारेमा हेरिने बताइएको छ।
यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरु: प्रधानमन्त्री ओली
धादिङ,चैत्र-१३ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलहरूलाई उत्ताउलो नहुन आग्रह गर्नूभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा बुधबार आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले विपक्षीलाई जथाभावी नबोल्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो “यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरु। प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस्। आखिर तपाईँहरु चिसै पानीले नुहाउनुपर्छ। हामी न मात्तिछौँ। न आत्तिन्छौँ। धैर्यपूवर्क अगाडि बढ्छौँ।” प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गर्दै प्रधानमन्त्रीले जवाफ दिइरहनुनपर्ने बताउनु भयो। “प्रधानमन्त्रीले जवाफ दिइसक्यो। एउटा हटायो, अर्काे नियुक्ति गर्यो।…
कुलमान घिसिङलाई पदबाट हटाएको बिरोधमा धादिङमा मसाल जुलुस
धादिङ, चैत्र-१३ नेपाल बिद्युत प्राधिकरणका निबर्तमान निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको बिरोधमा मंगलवार धादिङमा मसाल जुलुस निकालिएको छ। सरकारले अपमानित ढंगले जनताको साहरा बनेका कर्मचारिलाई हटाएकोले पुर्नवहालिको माग गर्दै जुलुस निकालिएको हो । मंगलबार धादिङ जिल्ला सदरमुकाममा अखिल क्रान्तिकारि, वाई.सि.एल. धादिङ र तामाङमुक्ति मोर्चा द्वारा संयुक्त रुपमा मसाल जुलुस निकालेको हो । जुलुस पस्चात कोण सभालाई सम्बोधन गर्दै निलकण्ठ नगर कमिटीका अध्यक्ष अमृत तामाङले सरकारले जनताका हितमा काम गरिरहेका ब्यक्तिलाई बिचौलियाको निर्देशन र आर्थिक लोभमा हटाइएको बताउनु भएको थियो । सोमवार मन्त्रि परिष्द्को बैठक बसेर घिसिङलाई हटाउने निर्णय भएको थियो…
अखिल क्रान्तिकारीद्वारा बागबजारमा राँके जुलुस प्रदर्शन
माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार साँझ बागबजारमा राँके जुलुस निकालेको छ । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको भन्दै अखिल क्रान्तिकारीले तत्काल पदमा फर्काउन माग गर्दै राँके जुलुस निकालेको हो । उनीहरूले राँके जुलुससँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाएका हुन् । प्रधानमन्त्री ओलीको पुत्ला जलाउन लाग्दा प्रहरीले विद्यार्थीहरूबाट मसाल खोसेको थियो । विद्यार्थीहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई पदबाट हटाउने निर्णय गरेपछि देशभर सरकार विरोधि आन्दोलन भइरहेको छ ।
विद्युत् प्राधिकरणमा घिसिङलाई बर्खास्तीको पत्र दर्ता
नेपाल विद्युत् प्राधिकरणमा प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्तीको पत्र दर्ता भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार घिसिङलाई पदमुक्त गरिएको पत्र आज साँझ प्राधिकरणमा दर्ता भएको स्रोतले जानकारी दिएको छ । सो पत्र मंगलबार नै इमेलमार्फत घिसिङलाई पठाइने पनि मन्त्रालय स्रोतले बतायो । मन्त्रिपरिषद्ले सोमबार घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । समयमा कार्यसम्पादन मूल्यांकन नगराएका कारण कार्यसम्पादनमा शून्य अंक प्राप्त गरेको, नेपाल सरकार तथा प्राधिकरण सञ्चालक समितिको स्वीकृतिबेगर भारतसँग बिजुलीको भाउ बढाउने सम्झौता गरेको तथा नेपाल सरकारको निर्देशन अवज्ञा गरेको आरोपमा सरकारले उनलाई पदमुक्त गरेको हो । त्यसअघि सरकारले उनलाई…
कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा एकीकृत समाजवादीनिकट जनसंगठनले विरोध प्रदर्शन गरेका छन्। कार्यकारी निर्देशक घिसिङ हटाइएको विरोधमा एकीकृत समाजवादीनिकट युवा संघ, अनेरास्ववियू लगायत जनसंठनका नेताहरूले मंगलबार काठमाडौंको विश्वभाषा क्याम्पसअगाडि विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुतला दहन गर्दै सरकारविरूद्ध नाराबाजीसमेत गरे। घिसिङलाई हटाएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गरेका छन्। सत्तारूढ दलभित्रै पनि घिसिङलाई हटाइएका चर्को असन्तुष्टि छ। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिकरूपमै सरकारको आलोचना गरेका छन्। मन्त्रिपरिषदको सोमबार…
सरकारको दम्भका कारण सफाई कर्मचारिले तलब पाएनन्: बालेन
काठमाण्डौँका मेयर बालेन शाहले सरकारको दम्भका कारण महानगर अन्तर्गतका सफाई कर्मचारिले तलब नपाएको बताउनु भएको छ । सोमवार साँझ फेसबुकमा एक स्टाटस लेख्दै एस्तो बताउनु भएको हो । उहाँ फेसबुकमा लेख्नुहुन्छ ,काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो !!
दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गर्दछु :प्रचण्ड
धादिङ, चैत्र-११ नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयको निन्दा गर्नुभएको छ। यो निर्णय आपत्तिजनक समेत भएको उहाँको भनाई छ। उहाँले फेसबुकमा लेख्नुभएको छ–देशमा जनताले चरम लोडसेडिंगको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिंगलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। ऊनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट ऊज्यालो नेपाल निर्माण गर्न सफल भएको जन–जनमा जानकारी छ। उनै कुलमान घिसिंगलाई बॉकि बक्यौदा जनताको पैसा हो उठाउनुपर्छ भनेको कारणले लामो समय देखि पदबाट हटाउने उद्देश्यका साथ…
