धादिङ, चैत्र ११ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तारुढ दल नेकपा एमालेसँग भएको समझदारीमा पार्टी शत प्रतिशत प्रतिबद्ध रहेको बताउनु भएको छ । सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेसले यसअघि पनि माओवादीसँग सहकार्य गरेको बेलामा एमालेले गरेको प्रस्ताव अस्वीकार गरेको र अहिले पनि आफ्नो बोलीमा प्रतिबद्ध रहेको बताउनु भयो। “एमालेले काँध फेर्न जान्छ, कम्युनिस्ट एकता गर्छ, फेरि मिलौं भनेर जान्छ भने पनि उसको कुरा हो,” उहाँ भन्नुहुन्छ, “हामी काँध फेर्न जाँदैनौं । कांग्रेस जे बोल्छ त्यही हो ।” साथै, महामन्त्री थापाले आफ्नो पार्टी माओवादी केन्द्रसँगको गठबन्धनमा हुँदा पटक–पटक…
Category: राजनीति
Politics
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य
धादिङ, चैत्र-११ सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त पदमा रहेका कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो । कार्यकारी निर्देशक कुलमानलाई सरकारले पटक-पटक स्पष्टीकरण सोध्दै आएको थियो । ऊर्जामन्त्री दीपक खड्काले कुलमानले सरकारलाई नटेरेको भन्दै बयान दिँदै आएका थिए । कुलमानले भने आफूलाई यसअघि सोधिएको स्पष्टीकरण के कति कारण चित्तबुझ्दो भएन ? भन्दै उल्टै सरकारलाई प्रश्न गरेका थिए । स्पष्टीकरणमा आधार र कारण नखुलेकाले थप पुस्ट्याइँ पेस गर्ने अवस्था नरहेको उनको भनाइ थियो गत पुस २८ मा घिसिङले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै मन्त्री खड्काले फागुन…
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाइयो
धादिङ,चैत्र-११ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ । एक मन्त्रीका अनुसार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाइएको बताए । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको एक मन्त्रीले बताए । सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो । ऊर्जामन्त्री दीपक खड्काले घिसिङले सरकारलाई नटेरेको भन्दै बयान दिँदै आएका थिए । कुलमानले भने आफूलाई यसअघि सोधिएको स्पष्टीकरण के कति कारण चित्तबुझ्दो भएन ? भन्दै उल्टै सरकारलाई प्रश्न गरेका थिए । स्पष्टीकरणमा आधार र कारण नखुलेकाले थप पुस्ट्याइँ पेस गर्ने अवस्था नरहेको उनको भनाइ थियो गत पुस २८ मा घिसिङले बुझाएको स्पष्टीकरण…
माओवादी केन्द्र नीलकण्ठ नगर समितिको दोस्रो वैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न
धादिङ, ११-चैत्र, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नीलकण्ठ नगर समितिको दोस्रो वैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । आईतबार धादिङबेसीमा एक कार्यक्रम गर्दै अमृत तामाङको अध्यक्षतामा ३३ सदस्यीय नगर समिति चयन गरेको छ। जसको,उपाध्यक्षमा चन्द्र बहादुर लम्साल, कमला तामाङ, सोम बहादुर रोक्का, सचिवमा हरिकृष्ण लम्साल, सह–सचिवमा बुद्धि प्रसाद पोखरेल र कोषाध्यक्षमा दुर्गा अधिकारी लगायतको ३३ सदस्यीय नगर समिति चयन गरेको हो । गत फागुन १६ गते सम्पन्न नगर सम्मेलनले अमृत तामाङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो भने अन्य पदाधिकारी चयन गर्न दोस्रो बैठक आह्वान गरिएको थियोे । धादिङ…
अनेरास्ववियु र अखिल क्रान्तिकारीले स्ववियु कार्यालयमा तालाबन्दी गरे
धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसमा स्ववियुको कार्यालयमा तालाबन्दी गरिएको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीले स्ववियु कार्यालयमा तालाबन्दी गरेका हुन् । विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम स्वीकार्य नहुने, क्याम्पस प्रशासन कुनै सङ्गठन वा पार्टीको स्वार्थमा चल्न नहुने र २०७९ सालको स्ववियु कार्यसमिति स्वतः विघटन भइसकेको अवस्थामा प्रशासनले त्यसलाई मान्यता दिन नहुने माग राख्दै तालाबन्दी गरेका हुन् । स्ववियु निर्वाचन निर्देशिका २०८१ ले २०७९ सालको स्ववियुको कार्यकाल चैत ४ गतेदेखि स्वतः सकिने उल्लेख छ । तर, कलेज प्रशासनले पुरानै स्ववियुलाई ब्युँताउने काम भएको भन्दै आपत्ति जनाएका हुन् । क्याम्पस…
उज्यालोको नायक कुलमान घिसिङ होइन है
उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको बताउनु भएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य घिसिङले नभई भारत र निजी क्षेत्रले गरेको जिकिर गर्नुभयो । कार्यकारी निर्देशक घिसिङ उद्योगो लाइन काटेर घरमा विद्युत दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको मन्त्री खड्कको आरोप छ । उहाँले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको उल्लेख गर्नुभयो। उहाँले अहिले पनि ८२५ मेगावाट विद्युत आयात गरेर नेपालको आपुर्ति…
विद्यार्थीहरूबिच कुटाकुट
पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरूबिच कुटाकुट भएको छ । फर्जी मत खसेको भन्दै एमालेनिकट अनेरास्ववियुले मतदान रोकेपछि झडप भएको हो । नेविसंघ र अनेरास्ववियुका नेताबीच कुटाकुट हुँदा केही घाइते समेत भएका छन् । फर्जी मत खेसेको भन्दै विवाद भएको थियो। विवाद समाधान गर्न सर्वपक्षीय बैठक बसिरहेका बेला बाहिर नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबिच कुटाकुट भएको हो ।
राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगरियोस् – प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगर्न राजावादीहरूलाई आग्रह गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्र फर्काउने मुर्खता गर्दा त्यसको ठूलो मूल्य चुकाउनुपर्ने जिकिर गर्नुभएको छ । ‘फेरि अर्को मुर्खता नगरियोस् । नत्र त्यसले निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भन्नुभयो। अहिले सुरु भएको डिबेटले जनतालाई अझै चेतनशील बनाउने अवसर हुनसक्ने प्रचण्डले बताउनु भयो। ‘अहिले जुन डिबेट सुरु भएको छ, यसले नेपाली जनतालाई अझै बढी चेतनशील बनाउन, नयाँ विचार र सिद्धान्तको खोजी गर्ने अवसर…
पुटिनसँग भेट्दै ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मंगलबार युक्रेन शान्ति वार्ता गर्ने बताएका छन् । वार्ताका क्रममा जमिन, विद्युत् उत्पादन केन्द्र र केही सम्पत्तिको बाँडफाँटका विषयमा पनि छलफल गरिने ट्रम्पले जनाएका छन्। यस वार्ताले रूस र युक्रेनबीच भइरहेको युद्ध रोक्न पनि पहल गर्ने जनाइएको छ। रुसले अमेरिका र रूसी नेताहरूबीचको फोन वार्ता योजनाबद्ध रहेको पुष्टि गरेको छ तर उनीहरूले के छलफल गर्नेछन् भन्ने विषयमा भने जानकारी दिएको छैन। यसैबीच युरोपेली संघको विदेश नीति प्रमुख काजा कालासले रूसले शान्ति नचाहेको टिप्पढी गरे। उनले भने, ‘रूस वास्तवमा शान्ति चाहँदैन, किनभने…
थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक
नेपाल प्रहरीको ३१ औं महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। थापा १९ भदौ २०५२ मा इन्सपेक्टरबाट प्रहरीमा भर्ना भएका थिए। आगामी १८ भदौसम्म उनी प्रहरी नेतृत्वमा हुनेछन् । एआइजीहरु सुदीप गिरी र टेकबहादुर तामाङपनि आइजिपीको प्रतिस्पर्धामा थिए । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले ३० वर्षे सेवाहदका कारण अवकाश पाएपछि रिक्त भएको पदमा थापा नियुक्त भएका हुन्।
