धादिङमा पत्रकार रजकको शोक सभा तथा विरोध प्रदर्शन सम्पन्न

चैत्र १६,धादिङ राजावादीको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्याको विरोधमा धादिङका पत्रकारहरुले विरोध प्रद्धर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ धादिङ शाखाको आयोजनामा चैत्र १५ गते राजावादीको आन्दोलनका क्रम जिउदै जलाएर हत्या गरिएको पत्रकार रजकको शोक सभा तथा विरोध प्रदर्शन सम्पन्न भएको हो । पत्रकार सुरेश रजकको हत्या तथा संचारमाध्यममा भएको आक्रमण र तोडफोडका विरुद्ध विरोध सभाका आयोजना गरीएको नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारीले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारीले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाही र सञ्चार माध्यम प्रतिको आक्रमणको निन्दा गर्दै…

काठमाडौंमा कर्फ्यु आदेश जारी

धादिङ,चैत्र-१५ राजावादीको आन्दोलन हिंस्रक बनेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालय कर्फ्यु आदेश जारी गरेको छ । अहिले ४ बजेर २५ मिनेटमा जारी भएको कर्फ्यु राति १० बजेसम्म लागू हुनेछ ।  सीडीओ ऋतिराम तिवारीले पुरानो बानेश्वरदेखि नयाँ बानेश्वर, शंखमूल, गौशाला, कोटेश्वर, जडीबुटी चोकसम्मका लागि कर्फ्यु आदेश जारी गरेका हुन् ।

दुर्गा प्रसाईं सम्पर्कविहीन

धादिङ,चैत्र-१५ दुर्गा प्रसाईं सम्पर्कविहीन भएका छन्। उनलाई पक्राउ गर्न भक्तपुरस्थित घरमा खोजी गर्दा प्रहरीले फेला पार्न सकेन। उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली उनको खोजीमा जुटिरहेको छ। प्रहरी अधिकारीहरूका अनुसार प्रसाईंको खोजी तीव्र बनाइएको छ। उनको नेतृत्वमा प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीहरूले तीनकुनेमा अराजकता मच्चाएका थिए।

तीनकुनेको भवनमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनका पत्रकारको मृत्यु

धादिङ,चैत्र-१५ तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । उक्तभवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहनुभएका सुरेश रजकको मृत्यु भएको हो । तीनकुनेमा भएको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन हुनुहुन्थ्यो । एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले भन्नुभयो, ‘रिपोर्टिङमा गएको साथी सम्पर्कविहीन हुनुहुन्छ । अस्पतालतिर पनि भएको जानकारी छैन ।’ एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको बताउनुभयो । अहिले घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार पुग्नुभएको छ ।

प्रहरीको गोली लागी घाईते भएका एकको मृत्यु

१५ चैत्र, धादिङकाठमांडौको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी घाईते भएका एकको उपचारको क्रममा मृत्यु भएको छ ।घाईते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा लगिएका प्रदर्शनकारीको अस्पताल पुर्याउँदा नै मृत्यु भइसकेको अस्पताल निर्देशक प्रा.डा. सुवास आचार्यले बताउनुभयो । प्रहरीको समन्व्यमा मृतकको शव पोस्टमार्टमको लागि फरेन्सिक विभागमा पठाईएको आचार्यले बताउनुभयो । हालसम्म मृतकको विस्तृत परिचय भने खुलिसकेको छैन । आन्दोलनमा प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेतापनि प्रदर्शनकारीहरुले प्रहरीको बन्दुक नै खोसेको र ढुङ्गामूढा सहित आक्रमण गरेकाले रबरको गोली र हवाई फायर समेत भएको थियो । प्रदर्शनकारीले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी…

तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बन्दुक खोसे

धादिङ,चैत्र-१५ काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा तीनकुनेस्थित एक घरमा आगजनी भएको छ । आगो निभाउन पुगेको दमकलमाथि समेत प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । अहिले पनि तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले तीनकुनेको स्थिति नियन्त्रणको प्रयास भइरहेको बताउनुभयो ।

तीनकुनेमा राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त

१५ चैत्र, धादिङ काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त बनेको छ । राजावादी समर्थकहरू र प्रहरीबीच झडपको अवस्था सिर्जना भएपछि सुरक्षाकर्मीले बल प्रयोग गर्नुपरेको छ। दुर्गा प्रसाईं समर्थित एक गाडीले प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि स्थिति तनाबपूर्ण बनेको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिन ५ राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ। त्यहाँ समर्थकहरूले तीन व्यक्तिका घर पनि तोडफोड गरेका छन् । व्यक्तिका घरबाट प्रहरीले अश्रुग्यास प्रहार गरेको भन्दै उनीहरूले ढुंगा र इँटा हानेका हुन् । पहिलो घेरामा झडप भएपछि अहिले दोस्रो घेरा उच्च सतर्कतासहित कायम गरिएको छ।

काठमांडौमा आज राजावादी–गणतन्त्रवादी प्रदर्शन, लाखौँको संख्यामा प्रदर्शनकारी

१५ चैत, धादिङ काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीहरुले अलग अलग प्रदर्शन गर्दै छन् । गणतन्त्रवादीहरुले भृकुटिमण्डप प्रदर्शनीमार्गमा र राजावादीहरुले तिनकुनेमा प्रदर्शन गर्दै छन् । गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् । राजावादीहरुको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । तर आजको प्रदर्शनको ‘कमाण्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईं हुने छन् । समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्नका लागी प्रदर्शन गर्न लागेको जनाएको छ । यसैगरी राजावादीहरुले संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि प्रदर्शन गर्न लागिएको जनाएका…

प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दु गणतन्त्रको निम्ति जोडबल गरे: पूर्वमन्त्री सुदन किराती

धादिङ, चैत्र-१४ नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दु गणतन्त्रको निम्ति जोडबल गरिराखेको टिप्पणी गर्नुभएको छ । आज (बिहीबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रधानमन्त्री ओलीको विगत र वर्तमानको गतिविधिले उनी हिन्दु गणतन्त्रको पक्षमा रहेको पुष्टि गर्ने बताउनु भएको हो। प्रधानमन्त्री ओली, उनको दल एमाले र नेपाली कांग्रेसको पछिल्ला गतिविधिले राजतन्त्रवादीको अराजकतामा मलजल गरिरहेको नेता किरातीको दाबी छ । प्रधानमन्त्री ओलीले अझ सडकमा अराजकता बढोस् भन्ने चाहना राखेको पनि उहाँको आशंका छ । ‘उहाँ (ओली) हिन्दु गणतन्त्रको पक्षमा जानको निम्ति…

संयुक्त जनआन्दोलन समितिको कमाण्डर दुर्गा प्रसाई

धादिङ, चैत्र-१४ राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईलाई दिईएको छ। समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै संवैधानिक राजसंस्थाको पुनस्र्थापनाका लागि निरन्तर आन्दोलन गर्ने जनाएको छ ।  समितिले संवैधानिक राजसंस्थाको पुनस्र्थापना,सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि निरन्तर आन्दोलन गर्ने जनाएको हो । चैत्र १५ गते काठमाडौंमा प्रदर्शन गरेपछि चैत्र १७ गतदेखि आन्दोलनका थप कार्यक्रमलाई अघि बढाइने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जनकारी दिनुभयो। उहाँले २०४७ को संविधानलाई आधार मानेर ७२ को संविधानका सकारात्मक प्रावधानलाई समेट्दै प्रमुख राजनीतिक पक्षहरूबीच सहमतिको बाटो बनोस…