धादिङ, जेष्ठ–२८ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र मा प्रवेश) गरेका छन्। खुमलटारस्थित अध्यक्ष निवासमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ प्रवेशकर्ताहरूलाई पार्टीमा स्वागत गरे। कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरीहरू सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताए। उनले सो अभियानमा यस प्रकारको पार्टी प्रवेश र समायोजनले थप ऊर्जा…
Author: गणेश संवाददाता
नेदरल्यान्ड्समाथि नेपालको जित
धादिङ,जेष्ठ–२८ नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको छ। आइसीसी लिग २ अन्तर्गत स्कटल्यान्डमा मंगलबार भएको खेलमा नेपालले तेस्रो जित निकालेको हो। डुन्डीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २३६ रन बनाएको थियो। तर, पेनाल्टीका कारण १० रन नेदरल्यान्ड्सलाई उपहार दिँदा पनि नेदरल्यान्ड्सले २२७ रन मात्र बनाउनुपर्ने थियो। तर, नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रन बनाउँदै अलआउट भयो। नेदरल्यान्ड्सका लागि विस्ले वारेसीले सर्वाधिक ३६ रन बनाए। भने स्कर्ट एडवर्डले ३० रन जोडे । नेदरल्यान्डलाई सस्तैमा समेट्न सन्दीप लामिछाने र नन्दन यादवले ३–३ विकेट लिए भने ललित राजवंशीले २ तथा करण…
विकास निर्माण कार्यमा पारदर्शिता र गुणस्तरको ख्याल गर्नुपर्दछ: उप–प्रमुख चोदेन
धादिङ, ज्येष्ठ–२६ नेत्रावति डबजोङ गाउँपालिकाका उप–प्रमुख सितामाया चोदेनले सोमबार निर्माणाधीन बोलिङजोन गुम्बा मिनी बुद्ध पार्क तथा भोग्टेनी सडक खण्डमा निर्माण भइरहेको सुरक्षा पर्खालको अनुगमन गर्दै विकास निर्माणका काममा गुणस्तर र पारदर्शितामा ध्यान दिनुपर्ने बताइन्। उक्त अनुगमनको क्रममा उप–प्रमुख चोदेनले निर्माणको गुणस्तर, समय सीमा र स्थानीय जनताको अपेक्षाअनुसार योजना कार्यान्वयनमा आउनुपर्ने आवश्यकता औंल्यायिन् । उनले विकास निर्माण कार्यमा पारदर्शिता र गुणस्तरको ख्याल गर्न सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिइन्। मिनी बुद्ध पार्क स्थानीय धार्मिक पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण मानिएको छ भने भोग्टेनी सडक सुरक्षा पर्खालले सवारी आवागमनलाई सुरक्षित र वर्षा याममा हुने सडक…
स्कटल्यान्डसँगको खेलमा नेपाल पराजित
विश्वकप लिग टु अन्तर्गतको खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको छ। टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २३ रन बनाएको थियो । स्कटल्यान्डका लागि कप्तान रेसिल ब्रेङ्कनले सर्वाधिक १ सय २ रन १ सय १४ बल खेल्दै बनाए । त्यसैगरी मिकचेल लिक्स र चार्ली टियरले क्रमश ९६ र ६८ रन बनाए । बलिङतर्फ नेपालका करण केसी र दिपेन्द्र सिंह एरीले समान दुईदुई विकेट लिए भने ललित राजबंशीले एक विकेट हात पारे । ३ सय२४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल ५० ओभरमा…
वाईसीएलको केन्द्रीय सदस्यमा धादिङका नवराज मजकोटि
धादिङ, २५– जेष्ठ नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को केन्द्रीय सदस्यमा धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर १२ का नवराज मजकोटि खुल्ला तर्फबाट निर्विरोध निर्वाचित भएका छन् । वाइसीएल नेपालको स्थापना कालदेखिनै आबद्ध भइ विभिन्न आन्दोलनमा होमिएका मजकोटिलाई केन्द्रीय कमिटीमा बागमती प्रदेश कमिटीले सिफारिस गरेको थियो । भने धादिङबाट सन्तोष अधिकारी (केन्द्रीय सदस्य, खुल्ला भूगोल) सुदिप अधिकारी ( केन्द्रीय आयोग सदस्य) बनेका छन् । साथै,वाईसीएल नेपालको अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाही निर्विरोध चयन भएका हुन् । त्यस्तै, २२ जना उपाध्यक्ष बनेका छन् । उनीहरू सबै निर्विरोध निर्वाचित…
रुवीभ्याली गाउँपालिकाको दूईदिने शैक्षिक सम्मेलन सम्पन्न
धादिङ, २५–जेष्ठ उत्तरी धादिङको रुवी भ्याली गाउँपालिकामा सञ्चालित दुईदिने शैक्षिक सम्मेलन सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ सेर्तुङस्थित च्याम्रादेवी माद्यमिक बिधालयमा सक्षम शिक्षक, स्तरीय शिक्षा, परिस्कृत सरकार,सार्वजनिक शिक्षा, सवलिकरण सहितको शैक्षिक पूर्वाधार, रुवी भ्याली गाउँपालिकाको आधार’ भन्ने मुल नारा सहित शुक्रबारदेखि सुरु भएको रुवी भ्याली शैक्षिक सुधार वर्ष २०८२ बृहत शैक्षिक सम्मेलन शनिबार सप्पन्न भएको हो। सम्मेलनबाट बिभिन्न सरोकारवाला पक्षबाट ५८ बुँदे प्रतिबद्धतासहित घोषणापत्र जारी गरेको छ। सम्मेलनबाट सामूदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार ल्याउन प्रतिबद्धतासहित घोषणपत्र जारी गरिएको गाउँपालिकाका अध्यक्ष राम सिंह तामाङले बताउनुभयो । समग्र शैक्षिक गुणस्तर…
आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै
धादिङ, जेष्ठ–२१ आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार आज दिउँसो ३ः४५ मा सुरु हुने छ । लिग टुको आफ्नो चौथो चरणअन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले पराजित गर्दै विजयी भएको थियो । नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच एकदविसीय अन्तरराष्ट्रिय खेल भएका छन् । जसमा नेदरल्यान्ड्सले तीन खेलमा जित हासिल गर्दा नेपालले दुई खेलमा जित हासिल गरेको छ । विश्वकप लिग–२ मा २० खेल खेलेको नेदरल्यान्ड्स २६ अंकका…
गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी तथा मूल समारोह कार्यक्रम सम्पन्न
धादिङ १५ जेठधादिङबेसीमा गणतन्त्र स्थापना भएको गौरवपूर्ण दिनको सम्झनामा आज प्रभातफेरी तथा मूल समारोह कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइयो । जिल्ला समन्वय समिति र गणतन्त्र दिवस २०८२ जिल्ला समारोह समितिको आयोजना तथा नीलकण्ठ नगरपालिकाको संयोजनमा प्रभातफेरी तथा मूल समारोह कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमपछि सिटीहलमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले गणतन्त्रले आफुहरुलाई अधिकार मात्र नभई जिम्मेवारी पनि दिएको र अबको अभियान विकास, सुशासन र समावेशितालाई व्यवहारमा उतार्नु रहेको बताउनुभयो । यस्तै जिल्ला…
वृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
धादिङ १५ जेष्ठ गणतन्त्र दिवस मूल समारोह समितिको आयोजना र नेपाल रेडक्रस सोसाइटी धादिङको सहकार्यमा आयोजित वृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ३२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति दुर्लभ तामाङले बताउनु भयो । सभापति तामाङका अनुसार रक्तदान कार्यक्रममा ८ जना महिला र २४ जना पुरुषले स्वेच्छिक रूपमा रक्तदान गरेका हुन् । उहाँले रक्तदानजस्तो महान् मानव सेवा कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
नीलकण्ठ-१२ स्थित पशुपति माध्यमिक विद्यालयमा हस्तलेखन प्रतियोगिता सम्पन्न
धादिङ १५ जेष्ठ १८ औं गणतन्त्र दिवसको अवसरमा नीलकण्ठ–१२ स्थित पशुपति माध्यमिक विद्यालयमा हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका र नगर स्तरीय बाल सञ्जालको संयुक्त आयोजनामा आधारभूत तह (कक्षा १ देखि ५) का विद्यार्थीहरूबीच हस्तलेखन प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगितामा कक्षा १ देखी ३ सम्म अंग्रेजी तर्फ पण्डित चौर आधारभुत विद्यालयका दिल बहादुर तामाङले प्रथम स्थान हासिल गर्न सफल भए भने पञ्चकन्या माध्यमिक विद्यालयका डोल्मा गुरुङ दित्तिय र युकिता गुरुङ तृतिय हुन सफल भए । त्यस्तै कक्षा ४ र ५ काके नेपाली हस्तलेखन प्रतियोगितामा पञ्चकन्या माध्यमिक विद्यालयकी…
