धादिङ १५ जेष्ठ
गणतन्त्र दिवस मूल समारोह समितिको आयोजना र नेपाल रेडक्रस सोसाइटी धादिङको सहकार्यमा आयोजित वृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा ३२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति दुर्लभ तामाङले बताउनु भयो ।

सभापति तामाङका अनुसार रक्तदान कार्यक्रममा ८ जना महिला र २४ जना पुरुषले स्वेच्छिक रूपमा रक्तदान गरेका हुन् ।
उहाँले रक्तदानजस्तो महान् मानव सेवा कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
