धादिङ, २५–जेष्ठ
उत्तरी धादिङको रुवी भ्याली गाउँपालिकामा सञ्चालित दुईदिने शैक्षिक सम्मेलन सम्पन्न भएको छ।
गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ सेर्तुङस्थित च्याम्रादेवी माद्यमिक बिधालयमा सक्षम शिक्षक, स्तरीय शिक्षा, परिस्कृत सरकार,सार्वजनिक शिक्षा, सवलिकरण सहितको शैक्षिक पूर्वाधार, रुवी भ्याली गाउँपालिकाको आधार’ भन्ने मुल नारा सहित शुक्रबारदेखि सुरु भएको रुवी भ्याली शैक्षिक सुधार वर्ष २०८२ बृहत शैक्षिक सम्मेलन शनिबार सप्पन्न भएको हो। सम्मेलनबाट बिभिन्न सरोकारवाला पक्षबाट ५८ बुँदे प्रतिबद्धतासहित घोषणापत्र जारी गरेको छ।

सम्मेलनबाट सामूदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार ल्याउन प्रतिबद्धतासहित घोषणपत्र जारी गरिएको गाउँपालिकाका अध्यक्ष राम सिंह तामाङले बताउनुभयो ।
समग्र शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, राजनितीक दल, जनप्रतिनिधिबीच विचार आदानप्रदान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको अध्यक्ष तामाङले बताउनुभयो ।
सम्मेलनमा सहभागी सबै पक्षको समुहगत छलफल गरेर प्रतिबद्धतासहित घोषणापत्र निमार्ण गरिएको समेत अध्यक्ष तामाङले बताउनुभयो ।
शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्ष गम्भीर हुनुपर्ने भन्दै अध्यक्ष तामाङले समग्र शैक्षिक अवस्थाको विषयमा अब अभिभावकलाई मात्र दोष दिने हैन जनप्रतिनिधि, शिक्षक, कर्मचारी, राजनीतिक दल हामी सबैले चिन्तन गर्नुपर्ने बताउनुभयो।

प्रतिबद्धता पत्र
https://ganeshnews.com/wp-content/uploads/2025/06/Ghoshana-Patra.pdf
