अमेरिका र इरानबीच बढ्दो तनाव

धादिङ, ९–असार अमेरिका र इरानबीच बढ्दो तनाव अन्ततः खुला युद्धमा परिणत भएको छ। पछिल्ला केही हप्तादेखि भइरहेको सैन्य र कूटनीतिक तनावले आज निर्णायक मोड लिएको हो, जब अमेरिकी सेनाले इरानको एक प्रमुख सैन्य आधारमा हवाई आक्रमण गर्‍यो। इरानले तत्काल जवाफी कारबाही गर्दै अमेरिकी सैन्य प्रतिष्ठानहरूमा मिसाइल आक्रमण गरेको पुष्टि भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रको नाममा सम्बोधन गर्दै भने, ‘हामी शान्ति चाहन्छौं तर हाम्रो सुरक्षामा आँच आउने कुनै पनि प्रयासको जवाफ दिन पछि हट्दैनौं।’ इरानी सर्वोच्च नेता आयतोल्ला अली खामेनीले भने, ‘यो आक्रमण इरानको स्वाभिमानमाथि धावा हो। हामी यसमा…

पृथ्वी राजमार्गमा सवरि आवागमन नरोकिने

धादिङ, ८–असार मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आइतबार बिहान सम्पन्न भएको छ। यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो। पृथ्वी राजमार्गको नैबिसे–मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा–मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार बरबाङ्, मोवा, खटौती र गोमती खोलाको पुलमा आरसिसी बिम राख्ने काम सम्पन्न भएको छ। उनले तीमध्ये दुईवटा पुलको ढलान असार मसान्तभित्रमा सक्नेगरी कामअघि बढाइएको बताए। भारतबाट ठूलो क्रेन झिकाएर बाहिर बनाइएको बिम पुलमा…

विपन्न दलित सशक्तिकरण कार्यक्रम अन्तर्गत १५ दिने सिलाई कटाई एडभान्स तालिम सम्पन्न

धादिङ, ८ –असार नीलकण्ठ नगरपालिका–३, धादिङबेसीमा विपन्न दलित सशक्तिकरण कार्यक्रम अन्तर्गत आयोजित १५ दिने सिलाई कटाई एडभान्स तालिम सम्पन्न भएको छ। “समृद्ध नीलकण्ठ नगरको आधार: कृषि, पर्यटन, उद्यमशीलता सहितको पूर्वाधार” भन्ने नाराका साथ संचालन गरिएको उक्त तालिम २०८१ जेठ २१ गतेदेखि सुरु भई २०८१ असार ८ गतेसम्म संचालन गरिएको थियो। तालिम नीलकण्ठ नगरपालिकाको आयोजनामा तथा नगर कार्यपालिकाको कार्यालय, धादिङको सहकार्यमा सम्पन्न भएको हो। साथै, बागमती प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको सामाजिक विकास कार्यान्वयन इकाइको साझेदारीमा तालिम संचालन गरिएको थियो। दलित समुदायका महिलाहरूको सीप अभिवृद्धि र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना…

नीलकण्ठ नगरपालिका को १७ औं नगरसभा सम्पन्न, युवा, शिक्षा, कृषि मा जोड

धादिङ ६ असारनगरपालिकाको १७ औं नगरसभा सम्पन्न भएको छ । नगर प्रमुख भिम प्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको नगर सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ । उपप्रमुख दिपक विश्वकर्माले आगामी वर्षका लागि कुल रू. एक अर्ब बाइस करोड त्रियानब्बे लाख पाँच हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ । उक्त बजेट नगरपालिकाको समग्र सामाजिक, भौतिक, आर्थिक र संस्थागत विकासलाई दृष्टिगत गरी तयार पारिएको बताइएको छ । उक्त नीति तथा कार्यक्रमले नगरको समृद्धि, सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला सशक्तिकरण, सामाजिक समावेशिता, पर्यटन…

नेकपा (माओवादी केन्द्र) नीलकण्ठले नगर प्रमुख समक्ष ध्यानाकर्षण-पत्र बुझायो

धादिङ, ३–असार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नीलकण्ठ नगर समितिले नीलकण्ठ नगरपालिकाको नगर शिक्षा ऐन र विभिन्न बुँदाहरूको संशोधन गर्ने माग राख्दै नगर प्रमुख समक्ष ध्यानाकर्षण-पत्र बुझाएको छ। पार्टीका नीलकण्ठ नगर समिति अध्यक्ष अमृत तामाङ, माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक मनराज भण्डारी, निवर्तमान नगर अध्यक्ष शम्भु कुमार श्रेष्ठ, नगर सचिव हरिकृष्ण लम्साल, वाईसियल जिल्ला अध्यक्ष राजन लम्साल (ज्वाला) अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष श्रीकृष्ण रिजाल, वाइसियल नगर समिति अध्यक्ष कृष्णकुमार श्रेष्ठ लगायतको प्रतिनिधि मण्डलले मङ्गलवार नगर प्रमुख भीम प्रसाद ढुङ्गानालाई नगर कार्यपालिकाको कार्यालयमा भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन। पत्रमा नगरपालिका…

पाठकलाई तत्काल पक्रउ नगर्नु–उच्च अदालत पाटन

धादिङ, २–असार,उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्रउ नगर्न आदेश दिएको छ । न्यायाधीश ऋषि भण्डारीको एकल इजलासले सोमबार पाठकको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । ुपाठकको निषेधाज्ञा निवेदनमाथि अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । कानुनबमोजिमबाहेक धरपकड नगर्नू र नगराउनू भन्ने आदेश भएको छ । साथै असार ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । प्रहरीको साइबर ब्युरोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि पत्रकार पाठकले उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन दिएका थिए । जयवीरसिंह देउवाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले…

वाई.सि.एल नेपाल नीलकण्ठ नगर समितिको पहिलो विस्तारित बैठक सम्पन्न

धादिङ, जेष्ठ-३० नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन योङ कम्युनिष्ट लिग (वाई.सि.एल) नेपाल नीलकण्ठ नगर समितिको पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । शुक्रबार वाई.सि.एल नगर अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति धादिङका संयोजक मनराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि भण्डारीले कार्यक्रममा वाई.सि.एल युवाहरूको सशक्त सङ्गठन भएको उल्लेख गर्दै राष्ट्र निर्माणमा युवाहरूको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले वर्तमान राजनीतिक परिस्थितिमा युवाहरूको सक्रियता अत्यन्तै आवश्यक रहेको र पार्टीको वैचारिक, साङ्गठनिक र राजनीतिक धार सुदृढ बनाउन वाई.सि.एल ले…

धुवाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु

धादिङ, जेष्ठ-३० धादिङको नीलकण्ठ नगरपालिका–१४, धुवाकोटमा करेन्ट लागेर विद्युत प्राधिकरण धादिङका एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका–२ का ४२ वर्षीय भेषराज बोहरा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए। पोलबाट घरमा लाइन जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका बोहराको उपचारको लागि धादिङ अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक हमालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

गल्छीमा दुई माइक्रोबस आपसमा ठोकिदा १२ जना घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा दुई वटा गाडी ठोक्किदा १२ जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत गल्छी गाउँपालिका-७ भल्टारमा लमजुङबाट काठमाडौंतर्फ आउदैँ गरेको बा ४ ख ६९४ नम्बरको बस र विपरीतदिशा तर्फबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७१४१ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । प्रहरी नायव उपरीक्षक हमालका अनुसार दुर्घटनामा परी दुबै सवारी साधनका ६/६ जना घाइते भएका छन् । घाइतेहरूमध्ये केहीलाई गल्छीस्थित अम्बे भरोसा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ट्रमा…

डिभिजन वन कार्यलय धादिङको आबधिक वन ब्यबस्थापन कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम सम्पन्न

डिभिजन वन कार्यालय धादिङले आवधिक योजना सहितको रणनीतिक वन व्यवस्थापन कार्ययोजनाको मसौदा प्रस्तुतिकरण तथा अनुमोदन कार्यक्रम सम्पन्न गरेको छ। वनको दिगो व्यवस्थापन र स्थानीय सहभागितालाई सुनिश्चित गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले रणनीतिक वन व्यवस्थापन कार्ययोजनाले वन स्रोतको संरक्षण, उपयोग, दिगोपन र जैविक विविधताको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । सहभागितामूलक वन व्यवस्थापनले मात्र दीगो विकास सम्भव हुने बताउदै स्थानीय तहको सहकार्य, उपभोक्ता समितिको सक्रियता र वैज्ञानिक आधारमा तयार गरिएका योजनाहरू कार्यान्वयनमा ल्याइनेछ बताउनुभयो ।जिल्ला समन्वय…