सोप्याङ खोला पुल भासियो, सवारी आवागमन ठप्प

पृथ्वी राजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ मा रहेको सोप्याङ खोला माथीको पुलको भाग भासीएपछी दुईतर्फ सवारी अवरुद्ध भएको छ । सोप्याङ खोला पुलको भाग भासीएको प्रहरीले जनाएको छ । 

अखिल नेपाल खेलकुद महासंघ धादिङ शाखाको अध्यक्षमा प्रतापसिंह तामाङ

अखिल नेपाल खेलकुद महासंघ धादिङ शाखाको दोस्रो अधिवेशन प्रतापसिंह तामाङलाई अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको छ। नवगठित समितिमा उपाध्यक्षमा विदुर अर्याल र दीपक तामाङ, सचिवमा ओम लामा, सहसचिवमा पृथ्वी कटुवाल र रोहित श्रेष्ठ निर्वाचित भएका छन्। अधिवेशनमा महासंघका केन्द्रीय महासचिव अञ्जन धमलाको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा माओवादी केन्द्र धादिङका इन्चार्ज पुष्पविक्रम मल्ल, पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल, जिल्ला संयोजक मनराज भण्डारी, तथा महासंघका केन्द्रीय सचिव गोविन्द घिमिरेलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमले स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तार र युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने विषयमा पनि छलफल गरिएको थियो ।

दलित जनप्रतिनिधिहरू समुदायप्रति जिम्मेवार तथा उत्तरदायी हुनुपर्छ : उप–प्रमुख दिपक विश्वकर्मा

धादिङ १० जेष्ठ नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले दलित जनप्रतिनिधिहरूलाई समुदायप्रतिको जिम्मेवार तथा दायित्वलाई सिक्दै बिस्तारै अघि बढ्नुपर्ने बताउनुभयो ।  धादिङको सिरान बजार स्थित सिटी हलमा आयोजित बागमती प्रदेशभित्रका दलित जनप्रतिनिधिहरूको लागि एक दिवसीय अन्तरक्रिया तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै विश्वकर्माले आफूले पाएको जिम्मेवारीलाई इमानदार भएर पुरागर्नु पर्नेमा जोड दिनु भयो ।  जातीय छुवाछुत तथा सामाजिक भेदभाव विरुद्धको ऐन, २०६८ को १४ औँ वार्षिकोत्सवको अवसरमा सम्पन्न भएको बागमती प्रदेशअन्तर्गत रहेका स्थानीय तहका दलित जनप्रतिनिधिहरूको सहभागितामा एक दिवसीय अन्तरक्रिया तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्माको…

नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेल

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेसँगै पौडेल १८ औँ गभर्नर बन्नु भएको हो । उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । आज बसेको सिफारिस समितिको बैठकले विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।

लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाई सुरु

धादिङ, वैशाख–६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सुरु भएको हो । सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेका तर्फबाट दायर भएको मुद्दामा यसअघि पनि पटक पटक पेशी तोकिए पनि सुनुवाइ हुन सकेको थिए ।

धादिङमा एक वृद्धमाथि खुकुरी प्रहार, घाईतेको अवस्था अवस्था गम्भिर

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर -९मा एक वृद्धमाथि खुकुरी प्रहार भएको छ । धादिङको नीलकण्ठ नगरपालिका–९ नियालपानीका ८८ वर्षीय जगनाथ लम्सालमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले बताउनुभयो । जगनाथ लम्साल माथि सोही ठाउँ बस्ने करिब ६२ वर्षीय बाबुकाजी लम्सालले खुकुरी प्रहार गरेको प्रहरी निरीक्षक सिलवालले जानकारी दिनुभयो । अनुहारमा चोट लागेका लम्साललाई उपचारका लागि जिल्ला अस्पताल धादिङबेंसी लगिएको थियो । तर अवस्था गम्भीर बनेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको छ । खुकुरी प्रहार गर्ने व्यक्ति बाबुकाजीलाई नियन्त्रणमा लिएर घटनाबारे…

टिआरसी प्रक्रिया सकारात्मक – माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) ले टिआरसीसम्बन्धी प्रक्रिया सकारात्मक ढंगले अघि बढिरहेको पाएको बताएको छ। सिंहदरबारमा प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै माओवादी उपमहासचिव वर्षमान पुनले यस्तो प्रतिक्रिया दिनुभएको हो । छलफलमा प्रचण्ड र ओलीसँगै पुन र प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल सहभागी हुनुहुन्थ्यो । ‘यो प्रक्रिया सकारात्मक रूपले अघि बढिरहेको हामीले पायौँ। खासगरी यो कहाँ पुग्यो, के भइराखेको छ भन्ने विषयमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई जानकारी गराउनुभयो,’ पुनले भन्नुभयो ।

सुनको भाउ फेरी बढ्यो

धादिङ बैशाख २१ आज सुनको भाउ तोलामा छ सय रुपैयाँले बढेर एक लाख ८४ हजार एक सय रुपैयाँ पुगेको छ । शुक्रवार सुन तोलाको एक लाख ८३ हजार पाँच सय रुपैयाँ रहेको थियो । केही दिनयता सुनको भाउमा घटबढ हुँदै आएको छ । यस्तै चाँदीको भाउ भने आज तोलामा २० रुपैयाँले घटेर एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

रास्वपा खोटेहाङका सभापति माओवादी केन्द्रमा प्रवेश

रास्वपा खोटेहाङका सभापति प्रदीप आचार्यसहितका नेताहरु बिहीबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी खोटेहाङका अध्यक्ष दीपेन थुलुङका अनुसार खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा एमालेबाट निर्वाचित वडा सदस्य किरण राईलगायत ३० जना पनि माओवादीमा समाहित भएका छन् । प्रदीप आचार्य पनि एमालेबाटै खोटेहाङ गाउँपालिका–४ वडकादियालेका वडा सदस्यमा निर्वाचित भएका थिए । केही महिनाअघि मात्र रास्वपा सभापति भएका थिए । त्यस्तै एमाले खोटेहाङ सचिवालय सदस्य प्रकाश कटुवाल, रास्वपा बडकादियाले सभापति रमेश सुवेदी, एमाले वडा उपाध्यक्ष डम्बरबहादुर कार्की लगायत माओवादीमा समाहित भएको थुलुङले बताउनु भएको छ । कार्यक्रममा माओवादी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज…

सुनौला भैरवी आमा समूहको भवन उद्घाटन

धादिङ १९ बैशाख धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ६ मा आमा समूहको भवन उद्घाटन गरिएको छ । शुक्रबार वडाको मौरी डाँडामा रहेको सुनौला भैरवी आमा समूहको भवन उद्घाटन गर्नुका साथै पोसाक, परिचयपत्र वितरण र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरूलाई सम्मान गरिएको हो । उक्त आमा समूहको अध्यक्ष तारा बसेल नेपालीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो भने वडा नम्बर ६ का वडा अध्यक्ष भूपेन्द्र कुमार श्रेष्ठ, कार्यपालिका सदस्य एवम् आर्थिक समिति संयोजक लक्ष्मण रम्तेल र समाजसेवी भेषराज ठकुरी लगायतको उपस्थिति रहेको…