विश्वकप लिग टु अन्तर्गतको खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको छ। टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २३ रन बनाएको थियो । स्कटल्यान्डका लागि कप्तान रेसिल ब्रेङ्कनले सर्वाधिक १ सय २ रन १ सय १४ बल खेल्दै बनाए । त्यसैगरी मिकचेल लिक्स र चार्ली टियरले क्रमश ९६ र ६८ रन बनाए । बलिङतर्फ नेपालका करण केसी र दिपेन्द्र सिंह एरीले समान दुईदुई विकेट लिए भने ललित राजबंशीले एक विकेट हात पारे । ३ सय२४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल ५० ओभरमा…
Day: June 8, 2025
वाईसीएलको केन्द्रीय सदस्यमा धादिङका नवराज मजकोटि
धादिङ, २५– जेष्ठ नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को केन्द्रीय सदस्यमा धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर १२ का नवराज मजकोटि खुल्ला तर्फबाट निर्विरोध निर्वाचित भएका छन् । वाइसीएल नेपालको स्थापना कालदेखिनै आबद्ध भइ विभिन्न आन्दोलनमा होमिएका मजकोटिलाई केन्द्रीय कमिटीमा बागमती प्रदेश कमिटीले सिफारिस गरेको थियो । भने धादिङबाट सन्तोष अधिकारी (केन्द्रीय सदस्य, खुल्ला भूगोल) सुदिप अधिकारी ( केन्द्रीय आयोग सदस्य) बनेका छन् । साथै,वाईसीएल नेपालको अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाही निर्विरोध चयन भएका हुन् । त्यस्तै, २२ जना उपाध्यक्ष बनेका छन् । उनीहरू सबै निर्विरोध निर्वाचित…
रुवीभ्याली गाउँपालिकाको दूईदिने शैक्षिक सम्मेलन सम्पन्न
धादिङ, २५–जेष्ठ उत्तरी धादिङको रुवी भ्याली गाउँपालिकामा सञ्चालित दुईदिने शैक्षिक सम्मेलन सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ सेर्तुङस्थित च्याम्रादेवी माद्यमिक बिधालयमा सक्षम शिक्षक, स्तरीय शिक्षा, परिस्कृत सरकार,सार्वजनिक शिक्षा, सवलिकरण सहितको शैक्षिक पूर्वाधार, रुवी भ्याली गाउँपालिकाको आधार’ भन्ने मुल नारा सहित शुक्रबारदेखि सुरु भएको रुवी भ्याली शैक्षिक सुधार वर्ष २०८२ बृहत शैक्षिक सम्मेलन शनिबार सप्पन्न भएको हो। सम्मेलनबाट बिभिन्न सरोकारवाला पक्षबाट ५८ बुँदे प्रतिबद्धतासहित घोषणापत्र जारी गरेको छ। सम्मेलनबाट सामूदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार ल्याउन प्रतिबद्धतासहित घोषणपत्र जारी गरिएको गाउँपालिकाका अध्यक्ष राम सिंह तामाङले बताउनुभयो । समग्र शैक्षिक गुणस्तर…
