राष्ट्रिय सभाबाट चार प्रतिस्थापन विधेयक पारित

राष्ट्रिय सभाबाट चार प्रतिस्थापन विधेयक पारित भएका छन् ।  सोमबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ती विधेयक बहुमतले पारित गरेको हो । सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पेश गरेको ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पेश गरेको ‘सहकारी सम्बन्धी ऐनलाई संशोधन गर्ने विपधेयक बहुमतले पारित भएको हो ।  यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक र ‘निजिकरण (पहिलो संशोधन) विधेयक बहुमतले पारित…

एमालेको गणतन्त्रको पक्षमा आज देशभर प्रदर्शन

नेकपा एमालेले गणतन्त्रको पक्षमा आज देशभर प्रदर्शन गरिरहेको छ । केही जिल्लामा मोटर साइकल र्‍याली निकालिएको छ भने बाँकी जिल्लाहरूमा प्रदर्शन निकालिएको छ । राजावादी गतिविधि बढेको भन्दै एमालेले व्यवस्थाको पक्षमा यो महिनाभर जनप्रदर्शनको कार्यक्रम राखेको छ । जस अन्तर्गत आज जिल्ला स्तरीय जनप्रदर्शन भइरहेको केन्द्रीय सदस्य रमेशकुमार पौडेलले बताउनु भयो। ‘गणतन्त्रको पक्षमा एमालेको शक्ति प्रदर्शन भइरहेको छ । जनता राजतन्त्रको पक्षमा छैन भन्ने सन्देश दिइरहेका छौं,’ उहाँले बताउनु भयो । जनप्रर्शनका निम्ति महासचिव शंकर पोखरेलले नाराहरू सार्वजनिक गर्नुभएको छ । सार्वजनिक नाराहरूमा ‘दास र रैती बन्न मन्जुर छैन, गणतन्त्र–…

लामिछाने आजदेखि जिम्मेवारीमा फर्कँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आजदेखि पार्टी जिम्मेवारीमा फर्कँदैहुनुहुन्छ । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसमेत मुद्दामा गत कात्तिक २ गते पक्राउ परेपछि उहाँ पार्टीको भूमिकामा निष्क्रिय हुनुहुन्थ्यो । सहकारी ठगी प्रकरणमा कास्की, रूपन्देही, काठमाडौं, चितवन जिल्ला अदालतबाट लामिछाने धरौटीमा छुटे पनि मुद्दा अदालतमा विचाराधीन छ। सभापति लामिछाने सोमबारको बैठकबाट पार्टीको नियमित जिम्मेवारीमा फर्कन लागेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। सोमबार अपराह्न ३ बजे पार्टी केन्द्रीय समितिको बैठक चःमतिस्थित कार्यालयमा बोलाइएको छ। उहाँका अनुसार सोमबारको केन्द्रीय समितिको पहिलो बैठक कार्यवाहक सभापति अर्यालकै अध्यक्षतामा बस्नेछ। त्यो बैठकमा उहाँले…

नीलकण्ठ बहुमुखी क्याम्पसमा अनेरास्ववियू र अनेरास्ववियू अखिल क्रान्तीकारीले लगाएको ताला नेविसंघको भिमढुङ्गाना पक्षका विद्यार्थी नेताहरुले जवरजस्ती खोले

धादिङको सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा अनेरास्ववियू र अनेरास्ववियू अखिल क्रान्तीकारीले लगाएको ताला नेविसंघको भिमढुङ्गाना पक्षका विद्यार्थी नेताहरुले जवरजस्ती खोलेका छन् । निर्वाचनको तयारी नपुगेको भन्दै अनेरास्ववियू र अखिल क्रान्तीकारीले आईतबार क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका थिए । नेपाल विद्यार्थी संघ विचको आन्तरिक द्धन्द्धका कारण निर्धारित मितिमा स्थगित भएको थियो । नेविसंघको एक पक्षले आफुखुशी चैत १९ गतेलाई निर्वाचनको मिति घोषणा गर्दै कार्यतालिका सार्वजनिक गरेसँगै अनेरास्ववियू र अखिल क्रान्तीकारीले आईतबार निर्वाचनको तयारी नपुगेको भन्दै क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका थिए । स्ववियू निर्वाचनको लागि नेपाली कांग्रेस जिल्ला सभापती एवंम…

ईदको अवसरमा सोमबार सार्वजनिक विदा

धादिङ, चैत्र-१७इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) को अवसरमा भोलि सोमबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।ईद पर्वमा सार्वजनिक बिदा दिने नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सोमबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

फेरि हार्‍यो हैदरावाद

धादिङ, चैत्र-१७ ईन्डियन प्रिमियर लिग (आईपीएल)मा आफ्नो तेस्रो खेलमा सन राईजर्स हैदरावादले दोस्रो हार बेहोरेको छ ।  भिषाखापटनममा आइतबार सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै देल्ली ४ अंकमा तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । आफ्नो पहिलो खेलमा देल्लीले लखनउ सुपर जाइन्ट्लाई एक विकेटले हराएको थियो । रोएल च्यालेन्जर्स बेंगलुरुसँग समान चार अंक भएपनि रनरेटमा पछि पर्दै देल्ली दोस्रो स्थानमा रहेको हो । तीन खेलमा २ अंकमात्र भएको हैदरावाद भने सातौं स्थानमा छ ।   हैदरावादले दिएको १६४ रनको लक्ष्य देल्लीले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । उसको जितमा…

‘म भागेको छैन र म भाग्दिन पनि’ : दुर्गा प्रसाईं

गत शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शन गरेको ’संयुक्त जनआन्दोलन समिति’ का ’जनकमान्डर’ दुर्गा प्रसाईंले आफू नभागेको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुक लाइभमा आएर उनले आफूलाई देख्ने बित्तिकै गोली हान्ने प्रधानमन्त्रीको निर्देशन भएकाले सुरक्षित बसेको बताएका हुन्।  प्रसाईंले भने, ‘म भागेको छैन र म भाग्दिन पनि । पुलिस प्रशासनले मलाई खोज्नु पर्दैन । मलाई गोन्जालोज बनाएर यो आन्दोलनलाई दबाउने कोसिस गरिएको छ । म सुरक्षित मात्रै बसेको हो । मलाई भेटेको ठाउँमा गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने सुनेपछि म सुरक्षित ठाउँमा बसेका छु । म नेपाल र नेपालीलाई…

निर्मल निवासले गर्यो महानगरको पत्र अस्वीकार

काठमाण्डौ महानगरपालिकाले पठाएको जरीवाना बारेको पत्र बुझ्न निर्मल निवासले अस्वीकार गरेको छ । शुक्रवार पूर्व राजा ज्ञानेन्द्र शाहको निर्देशनमा काठमाण्डौको तीनकुनेमा भएको राजावादी समूहको आन्दोलनका क्रममा विभिन्न ठाउँमा फोहोर र तोडफोडको मूल्याङ्कन गरी महानगरपालिकाले सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेर पत्र काटेको थियो । पत्र लिएर निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई गेटमा रोकेर त्यहाँबाट फिर्ता पठाइएको हो । निर्मल निवासले जरिवानाको पत्र नबुझेपछि काठमाण्डौ महानगरपालिकाले कानूनी प्रक्रियाबाट अगाडि बढ्ने जनाएको छ । पत्र हुलाकमार्फत पठाउने तयारी भइरहेको पनि महानगरले जनाएको छ ।

एमालेले किन जरिवाना नतिरेको : शाह

बालेन शाहले विष्णु रिमाललाई एमालेले किन जरिवाना नतिरेको भनेर प्रश्न गर्नुभएको छ ।शनिवार काठमाण्डौँ महानगरपालिकाले पुर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना गरिएको भन्दै पत्र पठाएपछि रिमालले पुर्व राजालाई जरिवाना गराउन गणतन्त्रमा मात्र सम्भब हुने भन्दै फेसबुकमा स्टाटस लेख्नु भएको थियो ।महानगरका मेयर शाहले रिमालको पोस्टमा कमेण्ट गर्दै एमालेले किन जरिवाना तिरेन भनेर प्रश्न गर्नुभएको हो । शाहले कमेण्टमा एस्तोे लेख्नुभएको छ, ‘अरू सबै ठीक छ, म चाही सामान्य मान्छे नै हो। मेरो बाउबाजे राजा हो। परिवारको बारेमा बढी नबोल्नु होला, अनि तपाईँहरूले चाही किन नतिरेको पैसा?’

शाहलाई जरिवाना तिराउन पत्र काट्ने काम गणतन्त्रमा मात्र सम्भव रहेको छ : रिमाल

नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउन पत्र काट्ने काम गणतन्त्रमा मात्र सम्भव रहेको बताउनु भएको छ।  शनिबार सामाजिक सञ्जालमा लेख्दै रिमालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको तारिफ गर्दै यस्तो बताउनु भएको हो। उहाँले पूर्वराजा ज्ञानेन्द्रलाई जरिवानाको पत्र काटेको प्रसंगलाई लिएर यस्तो शक्ति दिन सक्ने व्यवस्थाको नाम गणतन्त्र भएको जिकिर गर्नु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका उहाँले लेख्नु भएको छ ‘गणतन्त्रमा मात्र यस्तो सम्भव छ! महोत्तरीको एउटा सामान्य गाउँले परिवारका बालेन्द्र साहले काठमाडौँका सम्भ्रान्त परिवारका सयौं वर्ष अधिनायकी शासन सञ्चालन गर्ने…