बालेन शाहले विष्णु रिमाललाई एमालेले किन जरिवाना नतिरेको भनेर प्रश्न गर्नुभएको छ ।शनिवार काठमाण्डौँ महानगरपालिकाले पुर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना गरिएको भन्दै पत्र पठाएपछि रिमालले पुर्व राजालाई जरिवाना गराउन गणतन्त्रमा मात्र सम्भब हुने भन्दै फेसबुकमा स्टाटस लेख्नु भएको थियो ।महानगरका मेयर शाहले रिमालको पोस्टमा कमेण्ट गर्दै एमालेले किन जरिवाना तिरेन भनेर प्रश्न गर्नुभएको हो । शाहले कमेण्टमा एस्तोे लेख्नुभएको छ, ‘अरू सबै ठीक छ, म चाही सामान्य मान्छे नै हो। मेरो बाउबाजे राजा हो। परिवारको बारेमा बढी नबोल्नु होला, अनि तपाईँहरूले चाही किन नतिरेको पैसा?’
Day: March 29, 2025
शाहलाई जरिवाना तिराउन पत्र काट्ने काम गणतन्त्रमा मात्र सम्भव रहेको छ : रिमाल
नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउन पत्र काट्ने काम गणतन्त्रमा मात्र सम्भव रहेको बताउनु भएको छ। शनिबार सामाजिक सञ्जालमा लेख्दै रिमालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको तारिफ गर्दै यस्तो बताउनु भएको हो। उहाँले पूर्वराजा ज्ञानेन्द्रलाई जरिवानाको पत्र काटेको प्रसंगलाई लिएर यस्तो शक्ति दिन सक्ने व्यवस्थाको नाम गणतन्त्र भएको जिकिर गर्नु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका उहाँले लेख्नु भएको छ ‘गणतन्त्रमा मात्र यस्तो सम्भव छ! महोत्तरीको एउटा सामान्य गाउँले परिवारका बालेन्द्र साहले काठमाडौँका सम्भ्रान्त परिवारका सयौं वर्ष अधिनायकी शासन सञ्चालन गर्ने…
धादिङमा पत्रकार रजकको शोक सभा तथा विरोध प्रदर्शन सम्पन्न
चैत्र १६,धादिङ राजावादीको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्याको विरोधमा धादिङका पत्रकारहरुले विरोध प्रद्धर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ धादिङ शाखाको आयोजनामा चैत्र १५ गते राजावादीको आन्दोलनका क्रम जिउदै जलाएर हत्या गरिएको पत्रकार रजकको शोक सभा तथा विरोध प्रदर्शन सम्पन्न भएको हो । पत्रकार सुरेश रजकको हत्या तथा संचारमाध्यममा भएको आक्रमण र तोडफोडका विरुद्ध विरोध सभाका आयोजना गरीएको नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारीले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारीले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाही र सञ्चार माध्यम प्रतिको आक्रमणको निन्दा गर्दै…
नवराज सुवेदी घरमै नजरबन्द
धादिङ,चैत्र-१६ प्रहरीले नवराज सुवेदीलाई पनि घरमै नजरबन्द गरेको छ । उहाँ केही दिन अघि राजावादीले गठन गरेको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक हुनुहुन्छ । गुह्वेश्वरी हाइटस्थित निवासमै प्रहरीले उहाँलाई नजरबन्द गरेको परिवारलाई उदृत गर्दै राप्रपाका प्रवक्ता सगुन लावतीले जानकारी दिनुभयो। सुवेदी तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा शुक्रबार सहभागी हुनुभएको थियो । आन्दोलनलाई भड्काएको आरोपमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ पर्नुभएको छ।
