धादिङमा पत्रकार रजकको शोक सभा तथा विरोध प्रदर्शन सम्पन्न

चैत्र १६,धादिङ

राजावादीको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्याको विरोधमा धादिङका पत्रकारहरुले विरोध प्रद्धर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघ धादिङ शाखाको आयोजनामा चैत्र १५ गते राजावादीको आन्दोलनका क्रम जिउदै जलाएर हत्या गरिएको पत्रकार रजकको शोक सभा तथा विरोध प्रदर्शन सम्पन्न भएको हो ।

तस्बिरः गणेश संवाददाता

पत्रकार सुरेश रजकको हत्या तथा संचारमाध्यममा भएको आक्रमण र तोडफोडका विरुद्ध विरोध सभाका आयोजना गरीएको नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारीले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारीले पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाही र सञ्चार माध्यम प्रतिको आक्रमणको निन्दा गर्दै त्यस घट्नाको विरोध गर्नुभएको छ । कार्य क्षेत्रमा खटिएका पत्रकारहरुलाई जिउदै जलाएर मार्ने काम निन्दनीय भएको भन्दै उहाँले दोषिलाई कारबाहीको दायरामा ल्याउनको लागि सरकारसँग माग गर्नुभएको छ ।

सभामा महासंघका पुर्व अध्यक्षहरु नवराज छत्कुली, राजाराम शर्मा, सल्लाहकार तथा कान्तिपुर टेलिभिजनका पोषनाथ अधिकारी, पत्रकार तथा प्रेस चौतारीका केशव अधिकारी, प्रेस युनियनका अध्यक्ष, प्रेस चौतारीका अध्यक्ष, प्रेस सेन्टर, समाजवादी प्रेस संगठनका प्रमुख एवं प्रतिनिधि लगायत जिल्लाका विभिन्न सन्चार माध्ययमा काम गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो ।

तस्बिरः गणेश संवाददाता

शुक्रबार भएको राजावादीहरूको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएका थिए । उनको त्यही जलेर मृत्यु भएको थियो ।

Related posts

Leave a Comment