नवनियुक्त कार्यकारी निर्देशक शाक्य पनि सर्वोच्च अदालतमा

धादिङ,चैत्र-१३ नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि निवेदन लिएर सर्वोच्च अदालत पुग्नुभएको छ।   उहाँको यसअघिको कार्यकालको सेवा सुविधाका विषयमा निवेदन लिएर सर्वोच्च पुग्नुभएको हो। उहाँको निवेदन ढिलो पेश भएकाले अध्ययन भैनसकेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। बिहीबार  निवेदनबारे अध्ययनपछि दर्ता हुने बताइएको छ। शाक्यलाई यसअघिको सरकारले कार्यकारी निर्देशकको पदबाट हटाएर कुलमान घिसिङलाई नियुक्त गरेको थियो।

बर्खास्ती पछि घिसिङ सर्वोच्च अदालतमा

धादिङ,चैत्र-१३ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुग्नुभएको छ । बुधबार अपराह्नमा घिसिङको तर्फबाट लोकमणि पोखरेलले रिट लिएर सर्वोच्च पुग्नुभएको हो । उहाँले नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरणलाई विपक्ष बनाउनुभएको छ । उहाँको रिट भने दर्ता हुन बाँकी छ। बुधबार रिट ढिला आएकोले दर्ता नभएको अदालतले जनाएको छ। बिहीबार  रिटको बारेमा हेरिने बताइएको छ।  

दक्षिण कोरियाको जंगलमा लागेको आगोमा ऐतिहासिक बौद्ध मन्दिर जलेको छ 

धादिङ,चैत्र-१३ दक्षिण कोरियाको जंगलमा लागेको आगोमा ऐतिहासिक बौद्ध मन्दिर जलेको छ । राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपूर्वको उइसोङको पहाडको जङ्गलमा गत शुक्रबारदेखि आगो डढेलो लागेको थियो । डढेलोले त्यहाँ निकै बिनाश गरिरहेको छ । उइसोङ शहरमा लागेको आगोले ६१८ ईस्वीमा निर्मित बैद्ध मन्दिर गौन्सालाई जलाएको छ । जुन उइसोङ प्रान्तको सबैभन्दा ठूलो मन्दिरहरू मध्ये एक थियो । यससँगै  धेरै सम्पदा, सांस्कृतिक स्थलहरू आगलागीबाट प्रभावित भएका छन्। डढेलोले १८ जनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् भने  र हजारौंलाई सुरक्षित स्थानमा सारिएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूले ऐतिहासिक…

एसईई दिएर घर फर्केकी एक किशोरीद्वारा आत्महत्या

ganesh news

धादिङ, चैत्र-१३, बझाङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्केकी एक किशोरीले आत्महत्या गरेकी छन् । जिल्लाको केदारस्यूँ गाउँपालिका–१ रायलका शिक्षक तथा साहित्यकार पूर्ण मल्लकी १७ वर्षीया छोरी आकांक्षा मल्लले मंगलबार बेलुका आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार मल्ल मंगलबार अनिर्वाय विज्ञान विषयको परीक्षा दिएर घर फर्केकी थिइन् । ‘बिहान परीक्षा दिएर फर्केकी उनी बेलुका झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्,’ डीएसपी भण्डारीले भन्नुभयो, ‘सुसाइट नोट पनि फेल परेको छ । त्यसमा अरु कसैको कारणले नभई आफ्नै कारणले आत्महत्या रोजेको…

पश्चिम नवलपरासीको बर्दघाटमा स्कुलबस र यात्रुवाहक बस एक–आपसमा ठोकियो

धादिङ, चैत्र-१३ पश्चिम नवलपरासीको बर्दघाटमा स्कुलबस र यात्रुवाहक बस एक–आपसमा ठक्कर खाँदा २० जना  घाइते भएका छन्। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ र ४ को सिमानामा पर्ने चिसापानी सामुदायिक अस्पतालअगाडि भएको दुर्घटनामा १४ विद्यार्थी र ६ अन्य यात्रु घाइते भएको  स्थानीयले बताएका छन् ।  नवलपरासी सुस्ता गाउँपालिकाका प्राविधिक वीरेन्द्र मण्डल चढेको बा.२ब ६५४९ नम्बरको मोटरसाइकलले अचानक सडक पार गरेपछि सुर्खेतबाट पोखरातर्फ जाँदै गरेको ग.२ख १५७४ नम्बरको बसले उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो।  मोटरसाइकललाई ठक्कर दिएको उक्त यात्रुवाहक बस अनियन्त्रित भई सडकमा रोकेर विद्यार्थी चढाउँदै गरेको बर्दघाट नगरपालिका– १२ भुताहाको ग्लोबल एकेडेमीको लु.१ख…

कुलमान घिसिङलाई पदबाट हटाएको बिरोधमा धादिङमा मसाल जुलुस

धादिङ, चैत्र-१३ नेपाल बिद्युत प्राधिकरणका निबर्तमान निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको बिरोधमा मंगलवार धादिङमा मसाल जुलुस निकालिएको छ। सरकारले अपमानित ढंगले जनताको साहरा बनेका कर्मचारिलाई हटाएकोले पुर्नवहालिको माग गर्दै जुलुस निकालिएको हो । मंगलबार धादिङ जिल्ला सदरमुकाममा अखिल क्रान्तिकारि, वाई.सि.एल. धादिङ र तामाङमुक्ति मोर्चा द्वारा संयुक्त रुपमा मसाल जुलुस निकालेको हो । जुलुस पस्चात कोण सभालाई सम्बोधन गर्दै निलकण्ठ नगर कमिटीका अध्यक्ष अमृत तामाङले सरकारले जनताका हितमा काम गरिरहेका ब्यक्तिलाई बिचौलियाको निर्देशन र आर्थिक लोभमा हटाइएको बताउनु भएको थियो । सोमवार मन्त्रि परिष्द्को बैठक बसेर घिसिङलाई हटाउने निर्णय भएको थियो…

मोरङमा आगलागी हुँदा ७ लाख बराबरको क्षति

धादिङ, चैत्र -१३ मोरङको केराबारी गाउँपालिका–९ मा मंगलबार साँझ एक घरमा आगलागी भएको छ।   केराबारी–९ का रामबहादुर गुरुङको घरमा आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको मोरङ प्रहरीले जनाएको छ। इँटाको गाह्रो र टिनको छानो भएको १ तले घरमा खोले पकाउने क्रममा अचानक आगलागी भएको प्रहरीले जनाएको छ। विभिन्न स्थानबाट पुगेको दमकल, प्रहरी र स्थानीयको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा आएको थियो। आगोले घरसहित भित्र रहेका काठपात, लत्ताकपडा, अन्नपातलगायत सबै सामान जलेर नष्ट हुँदा करिब ७ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ।   घटनामा मानवीय तथा…

सरकारको दम्भका कारण सफाई कर्मचारिले तलब पाएनन्: बालेन

काठमाण्डौँका मेयर बालेन शाहले सरकारको दम्भका कारण महानगर अन्तर्गतका सफाई कर्मचारिले तलब नपाएको बताउनु भएको छ । सोमवार साँझ फेसबुकमा एक स्टाटस लेख्दै एस्तो बताउनु भएको हो । उहाँ फेसबुकमा लेख्नुहुन्छ ,काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो !!

काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा चलायो डोजर

धादिङ,चैत्र-११, काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काएको छ । महानगरले गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनालाई डोजर लगाएर भत्काएको हो । लामो समयदेखि गुठी संस्थानको जग्गामा टहरा हालेर बसेकाहरूलाई खाली गर्न सूचना दिँदा पनि अटेर गरेपछि डोजर लगाएर भत्काउनु परेको महानगरले जनाएको छ ।  सो स्थानमा बसेका नागरिकहरले भने कुनै सूचना नदिइ एक्कासी भत्काएको गुनासो गरेका छन् । महानगरले टहरभित्र रहेका सामान निकाल्न नदिइ डोजर लगाएपछि उनीहरू आक्रोशित भएका थिए । त्यसपछि महानगरले बाँकी रहेका टहरबाट तीनदिनभित्र सामान निकाल्न समय दिएको छ ।

माओवादी केन्द्र नीलकण्ठ नगर समितिको दोस्रो वैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

धादिङ, ११-चैत्र, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नीलकण्ठ नगर समितिको दोस्रो वैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । आईतबार धादिङबेसीमा एक कार्यक्रम गर्दै अमृत तामाङको अध्यक्षतामा ३३ सदस्यीय नगर समिति चयन गरेको छ। जसको,उपाध्यक्षमा चन्द्र बहादुर लम्साल, कमला तामाङ, सोम बहादुर रोक्का, सचिवमा हरिकृष्ण लम्साल, सह–सचिवमा बुद्धि प्रसाद पोखरेल र कोषाध्यक्षमा दुर्गा अधिकारी लगायतको ३३ सदस्यीय नगर समिति चयन गरेको हो । गत फागुन १६ गते सम्पन्न नगर सम्मेलनले अमृत तामाङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो भने अन्य पदाधिकारी चयन गर्न दोस्रो बैठक आह्वान गरिएको थियोे । धादिङ…