धादिङ, ११-चैत्र, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नीलकण्ठ नगर समितिको दोस्रो वैठक तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

आईतबार धादिङबेसीमा एक कार्यक्रम गर्दै अमृत तामाङको अध्यक्षतामा ३३ सदस्यीय नगर समिति चयन गरेको छ। जसको,उपाध्यक्षमा चन्द्र बहादुर लम्साल, कमला तामाङ, सोम बहादुर रोक्का, सचिवमा हरिकृष्ण लम्साल, सह–सचिवमा बुद्धि प्रसाद पोखरेल र कोषाध्यक्षमा दुर्गा अधिकारी लगायतको ३३ सदस्यीय नगर समिति चयन गरेको हो । गत फागुन १६ गते सम्पन्न नगर सम्मेलनले अमृत तामाङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो भने अन्य पदाधिकारी चयन गर्न दोस्रो बैठक आह्वान गरिएको थियोे ।

धादिङ जिल्ला इन्चार्ज पुस्प विक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला संयोजक मनराज भाण्डारी शैलेस, नेकपा माओवादी केन्द्र बागमति प्रदेश कमिटी सचिवालय सदस्य तथा नीलकण्ठ नगरपलिका उप-प्रमुख दिपक विश्वकर्मा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
