हेटौँडा सिमेन्ट उद्योगले पाँच महिनापछि गर्यो पुनः उत्पादन शुरु

धादिङ, चैत्र २५झन्डै पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि सिमेन्टको उत्पादन पुनः शुरु गरेको छ । उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युतको अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः शुरु भएको हो । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताउनुभयो । उद्योगलाई आवश्यक पर्ने एक हजार नौ सय मेट्रिक टन कोइला अहिले जगेडामा राखिएको छ । २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगमा तत्कालीन समयमा एक अर्ब ५० करोड रुपैयाँमा लगानी गरिएको थियो । अहिले उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा,…

डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्दा पेट्रोल यथावत्

धादिङ, चैत्र १९ डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक) तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो । अब उपत्यकामा डिजेल र मट्टितेल प्रतिलिटर एकसय ४९, हवाई इन्धन प्रतिकिलोलिटर अमेरिकी डलर नौ सय ५२ कायम भएको छ भने पेट्रोलको मूल्य यथावत् रहेको छ 

साँग्रिला प्लाई उद्योगमा आगलागी

धादिङ, चैत्र-११, दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साँग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गएराति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउने प्रयास जारी छ । जिल्लाका सबै दमकल, ट्यांकर परिचालन गरिएको छ भने बाँके र रुपन्देहीबाट समेत दमकल र ट्याङकर ल्याइएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयले  आगो नियन्त्रण गर्ने प्रयास जारी राखेका छन् ।आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको छ । विद्युत सर्ट भएर…

सुन चाँदीको मूल्य घट्यो

धादिङ चैत्र १०,  आइतबार सुन चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको हो ।  व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  १ लाख ७४ हजार १ सय रुपैयाँमा किनबेच भईरहेको छ । त्यस्तै, आज चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेको छ ।  शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा १ हजार ९ सय ८० रुपैयाँ किनबेच भइरहेको छ । 

आगलागीबाट चार लाख मूल्य बराबरको क्षति

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ३ साउनेपानीमा गएराति भएको आगलागीबाट चार लाख मूल्य बराबरको क्षति भएको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी रबि रावलका अनुसार स्थानीय प्रेमप्रसाद निरौलाको भान्छा घरमा आगलागी भएको हो। आगलागीको कारण खुलेको छैन। आगलागीबाट भाडा वर्तन र लत्ता कपडासहित नस्ट भएका छन् भने केही पशु चौपाया समेत मरेका छन्।

पेट्रोलियम पदार्थको मूल्यमा भारि गिरावट

धादिङ- पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको छ । नेपाल आयल निगमले गएराती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको हो । यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ । काठमाडौँ उपत्यकामा अब पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँ प्रती लिटर कायम भएको छ ।

धादिङमा पनि मनाईयो विश्व उपभोक्ता दिवस

विश्व उपभोक्ता दिवस आज धादिङमा पनि मनाईएको छ । ‘स्वच्छ र प्रतिस्पर्धी बजार उपभोक्ता हित संरक्षणको दिगो आधार’ भन्ने नारा सहित सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाईएको हो । उद्योग तथा वाणिज्य कार्यालय धादिङले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा उपभोक्ताका आठ अधिकारहरु सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको लगायतका अधिकारका विषयमा उद्योग बाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणी पुरीले प्रस्तुती राख्नुभएको थियो । साथै उपभोक्ता हित विपरित कार्य गर्नेलाई सजायको व्यवस्था, नेपालमा उपभोक्ता हित संम्बन्धी भएका कार्य लगायतका विषयमा प्रमुख पुरीले…

शेयर बजार चौथो दिन पनि घट्यो

शेयर बजार लगातार चौथो दिन पनि घटेको छ । यो हप्ताको आइतवार उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से त्यसयता घटिरहेको छ । आज नेप्से २ दशमलव ७० अङ्कले घटेर २ हजार ८ सय १८ दशमलव ४३ विन्दुमा झरेको छ । आज फाइनान्स, होटल, जलविद्युत्, लगानी, बीमा, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज नबिल डिबेन्चर २०८२ को शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज…

डिजेल/मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत्

धादिङ नेपाल आयल निगमले डिजेल/मट्टीतेलको मूल्य घटाएको छ । निगमका अनुसार, डिजेल/मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको छ । निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो । पेट्रोलको मूल्य भने यथावत् राखिएकाे छ । 

पौने ४ किलो सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ

पौने ४ किलो सुनसहित ४ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् । उनीहरु विदेशी नागरिकहरु हुन् ।फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । अध्यागमनको जाँचपास गरेर बाहिर आइसकेपछि उनीहरु पक्राउ परेका हुन् । अध्यागमनको जाँचपास भइसकेपछि प्रहरीको टर्मिनल गेटमा आएका उनीहरुलाई शंका लागेर जाँच गर्दा सुन बरामद भएको हो । विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले उनीहरुमाथि अनसुन्धान भइरहेको जानकारी दिनुभयो। सुरक्षा स्रोतका अनुसार पक्राउ परेकाहरु उज्बेकिस्तानका हुन् । उनीहरुको राहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना…