धादिङ, चैत्र-११,
दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साँग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गएराति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउने प्रयास जारी छ । जिल्लाका सबै दमकल, ट्यांकर परिचालन गरिएको छ भने बाँके र रुपन्देहीबाट समेत दमकल र ट्याङकर ल्याइएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयले आगो नियन्त्रण गर्ने प्रयास जारी राखेका छन् ।आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । क्षतिको विवरण आउन बाँकी रहेको छ । मानवीय क्षति भने भएकाे छैन ।
