धादिङ- पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको छ ।
नेपाल आयल निगमले गएराती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको हो ।
यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ । काठमाडौँ उपत्यकामा अब पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँ प्रती लिटर कायम भएको छ ।
