हेटौँडा सिमेन्ट उद्योगले पाँच महिनापछि गर्यो पुनः उत्पादन शुरु

धादिङ, चैत्र २५
झन्डै पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि सिमेन्टको उत्पादन पुनः शुरु गरेको छ । उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युतको अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः शुरु भएको हो ।

चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताउनुभयो । उद्योगलाई आवश्यक पर्ने एक हजार नौ सय मेट्रिक टन कोइला अहिले जगेडामा राखिएको छ ।

२०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगमा तत्कालीन समयमा एक अर्ब ५० करोड रुपैयाँमा लगानी गरिएको थियो । अहिले उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा, भण्डारण, प्राविधिक र मजदुर कर्मचारी गरी एक सय ९५ जनाले स्थायी रोजगारीको अवसर पाइरहेका छन् । उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादनको क्षमता भए पनि अहिले १२ हजार बोरा मात्र उत्पादन भइरहेको जानकारी दिएको छ ।

Related posts

Leave a Comment